काठमाडौं- संसदीय समितिहरूले छानबिन अगाडि बढाएपछि नेपाल आयल निगमले विराट पेट्रोलियम प्रालिसँग गरेको तेल ठेक्का सम्झौता खारेज गरेको छ। निगमले गैरकानुनी रूपमा विराटलाई २० करोड रुपैयाँ उपलब्ध गराउँदै तेल ल्याउन ठेक्का दिएको थियो। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि विराटसँग मिलेमतो गर्दै विराटलाई सिधै ठेक्का दिएको आरोप लागेको थियो।
नियमविपरीत ठेक्का दिएको विषय सार्वजनिक भएपछि व्यवस्थापिक संसदका सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बद्ध समितिले छुट्टछुट्टै अध्ययन थालेका थिए। संसदीय समितिले छानबिन थाले पनि अन्य कुरा पनि बाहिर आउने भएपछि विराटले हतारहतारमा ठेक्का रद्द गर्न निगमसँग लिखित निवेदन दिएको थियो।
निगमका प्रवक्ता मुकुन्द घिमिरेले ठेक्का सम्झौता रद्द गर्न लिखित रूपमा निवेदन परेपछि खारेज गरिएको बताए। 'अब विराट पेट्रोलियमसँग हाम्रो कुनै सम्बन्ध छैन,' उनले नागरिकसँग भने, 'उसले लगेको अग्रिम भुक्तानीसमेत फिर्ता हुन्छ।'
कम्पनीले शुक्रबार नै आयल निगमलाई पत्र लेखेर तेल ल्याउने सम्झौता रद्द गर्न आग्रह गरेको थियो। निगमका प्रवक्ता घिमिरेका अनुसार महँगो मूल्यमा पेट्रोलियम पदार्थ आयल निगमलाई बेच्ने निर्णय विवादित बनेपछि सम्झौता रद्द गरिएको हो।
खड्काको ठाडो आदेशमा ठेक्का पाएको विराट निगमबाटै मोटो रकम लिएर तेल किन्न सिलिगुडीतर्फ लागेको थियो। यता, विराटको ठेक्का रद्द भए पनि के/कसरी यत्रो रकम दिइयो भन्ने बारेमा दुवै समितिले छानबिन गर्ने जनाएका छन्।
'निगमका कार्यकारी निर्देशकको नियत के हो भन्ने प्रस्ट भएको छ,' समितिका एक सदस्यले भने, 'खड्काले के/कसरी विराटलाई मात्र दिए, त्यसको छानबिन हुन्छ।' स्रोतका अनुसार निगमका उच्च व्यवस्थापन, कम्पनी सञ्चालकसमेत छानबिनको घेरामा तानिने सम्भावना छ।
'विवाद बढ्दै जाँदा निगमको व्यवस्थापनदेखि कम्पनी सञ्चालकसम्म तानिने देखेर सम्झौता रद्द गरिएको हो,' स्रोतले भन्यो, 'यो निर्णय गर्ने व्यक्ति तानिने डर भएपछि कम्पनीलाई सम्झौता रद्द गर्न लगाइएको हो।' यो निर्णयपछि आयल निगमबाट निकासा भएको २० करोड रुपैयाँ समेत फिर्ता हुनेछ।
भारतले नाकाबन्दी लगाएपछि आयल निगमले १५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्ति गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो। त्यसपछि २२ कम्पनीले आवेदन हालेका थिए। तीमध्ये विराटलाई तेल आपूर्तिका लागि अनुमति दिने निर्णय भएको थियो। असोज ३० गते राति २ बजेसम्म बसेर कार्यकारी निर्देशक खड्काले विराटलाई तेल ल्याउन अनुमति दिने निर्णय गरेका थिए।
विराटले काँकडभिट्टामा डिजेल प्रतिलिटर १ सय ८७ र पेट्रोल १ सय ९९ रुपैयाँमा डेलिभरी दिने र त्यही मूल्यमा निगमले किन्ने निर्णय भएको थियो। यो निर्णयपछि खड्काले दसैंको सप्तमीका दिनमा २० करोड रुपैयाँ विराटका नाममा निकासा गरिदिएका थिए।
'भूकम्पको दुःखद बेलामा समेत त्रिपाल काण्डजस्तो अनियमितता भएको छ। अहिले भारतको नाकाबन्दीले देश संकटमा पर्दासमेत अनियमितता गरेर एउटा कम्पनीलाई पोस्ने काम गर्न सक्दिनँ,' खड्काको निर्देशन अस्वीकार गर्दै दीपक बरालले भनेका थिए, 'अनियमित काम गरेर म आफैं र देशलाई लुटाउने काम गर्न सक्दिनँ।'