काठमाडौं- भारतबाट न्यून परिमाणमा आएको पेट्रोलियम पदार्थ व्यापक 'कालोबजारी' भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले सह–सचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा व्यापक कालोबजारी भएको भन्दै मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। सहसचिव जीवराज कोइरालाको नेतृत्वमा गठित समितिले तीन दिनभित्र प्रारम्भिक अध्ययन सक्ने मन्त्री गणेशमान पुनले बताए।
जनतालाई आहत, ठूला र पहुँचवालालाई मात्र राहत मिलेपछि पुनको अग्रसरतामा समिति गठन भएको हो। भारतबाट आएको इन्धन के, कसरी वितरण गरिएको छ त्यसबारे समितिले गहिरो अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री पुनले बताए। 'मन्त्रीदेखि तल्लो निकायका कर्मचारीसम्म सबै छानबिनको दायरामा पर्छन्,' उनले भने, 'कसैलाई पनि छाडिँदैन।'
पूर्वअर्थसचिव रामेश्वर खनाल भने कर्मचारी आफैंले कालोबजारी गरिरहेको बेला छानबिन समितिले काम गर्न नसक्ने बताउँछन्। 'कर्मचारीको मिलेमतोमा कालोबजारी भएकाले तिनैमाथि कारबाही हुनपर्यो ,' निजामती प्रशासनका लामो अनुभवी खनालले भने, 'गृहमन्त्री र प्रधानमन्त्री आफैंले दोषी देखिएका कर्मचारीलाई कारबाही गर्न सक्नुपर्छ।'
निगमका उच्च अधिकारी गैरजिम्मेवार भएकाले कालोबजारी बढेको उनको भनाइ छ। निगमकै केही मान्छे अभाव देखाएर मोटो रकम कुम्ल्याउन लागेपछि बजारमा समस्या भएको उनी दाबी गर्छन्। नाकाबन्दी भएको एक महिनासम्म जेनतेन आएको इन्धन राम्रैसँग वितरण भइरहेको थियो। त्यसपछि निगमबाट तेल वितरण रोकिँदा थप समस्या उब्जिएको उनको भनाइ छ।
समितिले पेट्रोलियम पदार्थ वितरणमा अनियमिता भए/नभएको छानबिन गर्नेछ। वाणिज्य मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले समितिलाई आयल निगमका अधिकारी, पाँचवटै डिपो प्रमुख, पेट्रोलियम व्यवसायीदेखि मन्त्रीसम्मको छानबिन गर्ने अधिकार दिइएको बताए।
उनले छानबिन समिति शक्तिशाली भएको दाबी गरे पनि यसलाई दोषीलाई कारबाही गर्ने नभई कारबाही सिफारिस गर्ने अधिकार मात्र दिइएको छ। छानबिनमा दोषी देखिए तत्काल कारबाही गर्ने पुनको भनाइ छ।
मन्त्रालयले पेट्रोलियम पदार्थको अनियमितता र कालोबजारी गर्नेविरुद्ध उजुरी गर्न हटलाइन पनि सुरु गरेको छ। मन्त्री पुनले अनियमितताबारे ०१–४२०००५२ मा फोन गरेर उजुरी दिन सर्वसाधारणलाई आग्रह गरे।
उनका अनुसार निजी पम्पले तीन सय रुपैयाँ पाए घरघरमै पेट्रोल तथा डिजेल पुर्यासउने गरेका छन्। ठुल्ठूला व्यापारी, तथा राजनीतिज्ञको घरमा इन्धन अभाव नभएको भन्दै उनले प्रश्न गरे, 'नत्र सर्वसाधारणले नपाउँदा उनीहरुले मात्र कसरी पाउँछन्?'
तेल र ग्यासको कालोबजारी रोक्न वाणिज्य विभागका महानिर्देशकको संयोजकत्वमा रहेको अनुगमन समितिलाई पनि सक्रिय बनाइने मन्त्री पुनले बताए। अत्यावश्यकीय सेवाहरु, एम्बुलेन्स, स्कुल बस, दूध ढुवानी गर्ने गाडी लगायतलाई पनि छुट्टै पम्प तोकेर तेल वितरण व्यवस्थित गरिने उनको भनाइ छ।
'इन्धनसँगै अत्यावश्यकीय वस्तुमा व्यापक कालोबजारी भएको जनगुनासो छ,' पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, 'छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरेका छौं।'
अहिले आपूर्ति व्यवस्थापन र बजार अनुगमन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गर्दै आएको छ। तर, विभागले गर्दै आएको अनुगमन प्रभावकारी नभएको गुनासो छ। बिहीबार गठन भएको समितिले अनुगमनको पनि छानबिन गर्नेछ। जसले गर्दा बजार स्वच्छ र वितरण पारदर्शी, न्यायोचित हुने मन्त्रालयको दाबी छ। समितिले तत्काल काम गर्ने मन्त्री पुनले बताए।
यसअघि गठन गरिएको अनुगमन संयन्त्रलाई पनि प्रभावकारी बनाइने छ। अनुगमन संयन्त्रको संयोजक विभागका महानिर्देशक शम्भु कोइराला हुन्।
यसैबीच, पेट्रोल खरिदको सम्झौता गर्न शुक्रबार सात सदस्यीय सरकारी टोली चीन जाने भएको छ। यो टोलीले पेट्रो चाइनासँग पेट्रोलियम पदार्थ किनबेच सम्झौता गर्नेछ। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा जान लागेको टोलीमा अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका सहसचिव छन्। त्यस्तै नेपाल आयल निगमबाट दुईजना प्राविधिक र गुणस्तर विभागबाट एकजना टोलीमा हुनेछन्।
टोलीले तत्कालै चीनको पेट्रो चाइनासँग पेट्रोलियम खरिदको सम्झौता गर्ने वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिए। 'शुक्रबार चीन जाने टोलीले चीनसँग पेट्रोलियम खरिदको औपचारिक सम्झौता गर्नेछ,' मन्त्री पुनले भने, 'चीनले दिने पेट्रोल, त्यसको मूल्यलगायत विषय टुंगो लगाउनेछ।'
यसअघि गएको नेपाली टोलीले पेट्रोलियम किनबेचको सैद्धान्तिक सहमति गरेको थियो। मन्त्री पुनले यसै साता चीन भ्रमण गरेका थिए। यो भ्रमणमा पनि पेट्रोलियम किन्ने विषयमा छलफल भएको उनले जानकारी दिए।
चीनबाट ल्याइने पेट्रोलियम पदार्थमा दोहोरो कर नलगाउने विषयमा पनि टोलीले टुंगो लगाउने मन्त्री पुनले जानकारी दिए। यसका लागि विस्तृतमा कुरा गर्ने जिम्मेवारी चीनका लागि नेपाली राजदूत महेशमान मास्केलाई दिइएको छ।