आयल निगमको १० करोड गुम्यो
०६ मंसिर २०७२
•
७ मिनेट पाठ
आयल निगमको १० करोड गुम्यो
काठमाडौं- ठेक्कापट्टाका सामान्य नियम पालना नगर्दा नेपाल आयल निगमले १० करोड रुपैयाँ गुमाएको छ। निगमले डिजेल, पेट्रोल र हवाई इन्धन ल्याउन दुई कम्पनीसँग गरेको प्रक्रिया नपुर्या०ई सम्झौता गरेकाले रकम गुमेको हो।

निगम आफैंले ५० करोड रुपैयाँ अग्रिम भुक्तानी दिएको पेट्रोलिम्याक्स नेपालले एक महिनाअघि ६० लाख लिटर हवाई इन्धन ल्याउने सम्झौता गरेको थियो। निगमको नियममा सम्झौताअनुसार समयसीमाभित्र इन्धन आपूर्ति नगर्ने कम्पनीले कबोल गरेको कारोबारको ५ प्रतिशत रकम (पर्फर्मेन्स ग्यारेन्टी) जरिवाना तिर्नुपर्ने व्यवस्था छ।

निगमले पेट्रोलिम्याक्स र विराट पेट्रोलियमसँगका सम्झौतामा पर्फर्मेन्स ग्यारेन्टी नराख्दा १० करोड रुपैयाँ गुमेको निगम अधिकारीहरू बताउँछन्। दुई कम्पनीलाई ७० करोड रुपैयाँ दिइएको थियो। त्यसमध्ये पेट्रोलिम्याक्सलाई ५० करोड र विराटलाई २० करोड रुपैयाँ अग्रिम भुक्तानी भएको थियो।

पेट्रोलिम्याक्सले कात्तिक २ गते १५ दिनभित्र ६० लाख लिटर हवाई इन्धन ल्याउने गरी ठेक्का पाएको थियो। उसले प्रतिलिटर १ सय ८० रुपैयाँका दरले हवाई इन्धन ल्याउने सम्झौताअनुसार ६० लाख लिटर तेल ल्याएवापत निगमबाट १ अर्ब ८ करोड रुपैयाँ पाउने थियो। कात्तिक १७ गतेभित्र सम्झौताअनुसारको इन्धन नल्याएपछि निगमले कारोबार मूल्यको पाँच प्रतिशत जरिवाना असुल्नुपर्ने हो। तर, पर्फर्मेन्स ग्यारेन्टी नै नराखेका कारण निगमले जरिवानावापत एक पैसा पनि पाउने छैन।

१७ गते बुझाउनुपर्ने इन्धन समयसीमाभित्र तेल ल्यान नसक्दासमेत पेट्रोलिम्याक्सले कुल रकम (१ अर्ब ८ करोड) को ५ प्रतिशत पर्फर्मेन्स ग्यारेन्टी राख्नैपर्छ। यो भनेको ५ करोड ४० लाख रुपैयाँ हुन्छ। समयसीमाभित्र तेल नल्याए यो रकम स्वतः निगमको खातामा जानुपर्छ।

त्यसैगरी, विराट पेट्रोलियमले पनि १५ दिनका लागि तेल ल्याउने बताएको थियो। विराट पेट्रोलियमलाई २० करोड रुपैयाँ दिँदा पनि पर्फर्मेन्स ग्यारेन्टी लिएको थिएन। विराटले तेल ल्याउन नसकेपछि २० करोड रुपैयाँ मात्र फिर्ता गर्योा। पर्फमेन्स ग्यारेन्टी लिएको भए ५ करोड ९७ लाख रुपैयाँ स्वतः निगमको खातामा आउँथ्यो। तर, मिलेमतोमा पैसा दिएकाले तेल ल्याउन नसक्दा पनि निगमले जरिवानास्वरूप सो रकमसमेत लिन नसकेको स्रोतको भनाइ छ।

विराटले १५ दिनसम्म ६० लाख लिटर तेल ल्याउने गरी ठेक्का पाएको थियो। सो तेल किन्दा निगमले विराटलाई १ अर्ब १९ करोड ४० लाख दिनुपर्ने हुन्थ्यो। तर, पर्फर्मेन्स ग्यारेन्टी नलिएकाले उक्त रकमसमेत गुमेको छ।

निगमकै नियममा तेलको कारोबार गर्नेहरूले तोकिएको समयभित्र आपूर्ति नगरेको अवस्थामा कारबाहीस्वरूप जरिवाना गर्ने आधार पेट्रोलिम्याक्स नेपाल र विराट पेट्रोलियमसँगका सम्झौतमा गरिएको छैन।

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पर्फर्मेन्स ग्यारेन्टीबिना पेट्रोलिम्याक्स नेपाललाई आधा अर्ब र विराटलई २० करोड रुपैयाँ सुम्पिएका हुन्। हवाई इन्धन ल्याउने कुनै आधार नहुँदा नहुँदै पनि खड्का र निगमकै अर्थ विभाग प्रमुख नागेन्द्र साहको मिलेमतोमा पेट्रोलिम्याक्स र विराटलाई यति ठूलो रकम सुम्पिइएको हो।

निगमले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत ती कम्पनी छनोट भएका थिए। तर, पेट्रोलिम्याक्सले हवाई इन्धन ल्याउने प्रस्ट खाका प्रस्तुत नगरे पनि अर्थ विभाग प्रमुखले टिप्पणी उठाएर आधा अर्ब रुपैयाँ दिएको निगम स्रोतको भनाइ छ।

'एउटा बैंकको ग्यारेन्टीको आधारमा यत्रो रकम दिनै मिल्दैन,' निगम स्रोतले नागरिकसँग भन्यो, 'पेट्रोलिम्याक्स पहुँचवालाको कम्पनी हो। त्यसमा निगमका उच्च अधिकारीको मिलेमतो भएकाले रकम गएको हो।'

सामान्यतया कुनै पनि कम्पनीले जति इन्धन ल्याउने हो, त्यो बराबरको पर्फर्मेन्स ग्यारेन्टी निगममा राख्नुपर्छ। तर, यसअघि विराट पेट्रोलियम प्रालिले पनि पर्फमेन्स ग्यारेन्टीबिनै २० करोड रुपैयाँ लगेको र अहिले पेट्रोलिम्याक्स नेपाललाई पनि सोही तरिकाबाट ५० करोड रुपैयाँ सुम्पेको स्रोतको भनाइ छ।

'निगमले तोकिएको मूल्यमा तेल किन्ने र समयसीमाभित्र तेल ल्याउने दुईपक्षीय सम्झौता छ,' स्रोतले भन्यो, 'नल्याएको खण्डमा ५ करोड ४० लाख रुपैयाँ निगमलाई पेट्रालिम्याक्सले तिर्नुपर्ने हुन्छ। तर, अहिले पर्फमेन्स ग्यारेन्टी नराखेपछि ५० करोड रुपैयाँ ढुक्क भएर चलाइरहेको छ।'

स्रोतका अनुसार ५० करोड रुपैयाँ अग्रिम भुक्तानी दिनु नै गैरकानुनी हो। 'त्यसमाथि पनि पर्फर्मेन्स ग्यारेन्टी लिएकै छैन,' स्रोतले नागरिकसँग भन्यो, 'दुइटा कम्पनीसँग पर्फमेन्स ग्यारेन्टी लिएको भए १० करोड रुपैयाँ निगमको खातामा सहजै आउँथ्यो।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस