खड्का 'संस्थागत कालोबजारी'मा
०७ मंसिर २०७२
•
१० मिनेट पाठ
खड्का 'संस्थागत कालोबजारी'मा
काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको लिखित निर्देशनमा मंसिर ३ गते भलबारी डिपोबाट स्वयम्भूस्थित हामा पेट्रोलपम्पलाई दिन भन्दै ना४ख ७१४५ नम्बरको ट्यांकरमा २० हजार लिटर डिजेल मगाइयो।– सरकारले निजी पम्पलाई पेट्रोल नदिने घोषणा गरेको डेढ महिना बिते पनि खड्काले नयाँ बसपार्कस्थित निजी पम्प पायोनियर फ्युललाई मिलोमतोमा १२ हजार लिटरका दरले उपलब्ध गराइरहेका छन्।

– निगमको थानकोटस्थित डिपोमा कार्यरत कर्मचारी हेम बराललाई कालोबजारीको अभियोगमा आइतबार प्रहरीले थानकोट डिपोबाट पक्राउ गर्‍यो।

मुलुकमा इन्धन कारोबार गर्ने एक मात्र सरकारी संस्था नेपाल आयल निगमले भारतको नाकाबन्दीपछि संस्थागत रूपमै कालोबजारी गरेका यी केही प्रमाण हुन्। यी प्रमाण व्यवस्थापिका संसदअन्तर्गतको सार्वजनिक लेखा समिति सदस्य रामहरि खतिवडाले सोमबार समितिमा प्रस्तुत गरेका थिए।

'यी सबै प्रमाणले के देखाउँछ भने, निगम आफैं संस्थागत कालोबजारीमा लागेको छ,' लेखा समितिको सोमबार बसेको बैठकमा खतिवडाले भने, 'यतिको प्रमाण दिँदा पनि सरकारले रोक्न नसक्नुको अर्थ यो चलखेलमा सरकारको मिलेमतो प्रस्ट हुन्छ।'

निगमका कार्यकारी निर्देशक गोपाल खड्काको मिलेमतोबिना अन्य पदाधिकारीले यस्तो काम गर्न नसक्ने भन्दै खतिवडाले भने, 'कालोबजारी गर्ने निगमकै कर्मचारीमाथि कारबाही गर्नुपर्योन।'

रुपन्देहीस्थित भलबारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्यांकरलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले अनधिकृत रूपमा तेल लैजाँदै गरेको थाहा पाएपछि ट्यांकर नियन्त्रणमा लिएका हुन्। भलबारी डिपो प्रमुख दिनेश यादवले खड्काको लिखित निर्देशनमा आफूले काठमाडौंका लागि पठाएको बयान दिएका थिए।

निगमकै उच्च अधिकारीले तेल कालोबजारी गरिरहेको समिति सदस्य खतिवडाको भनाइ छ। 'आसेपासेलाई ट्यांकी भरी तेल हाल्न लगाउने र बाहिर ल्याएर महँगोमा बिक्री गर्ने काम भइरहेको छ,' खतिवडाले भने, 'यसलाई निगमकै संरक्षणमा कालोबजारी भएको भन्न मिल्छ कि मिल्दैन?'

मागअनुसार भने पेट्रोलियम पदार्थ आइरहेको छैन। तर, जति आएको छ त्यो पनि पारदर्शी तथा न्यायोचित रूपमा वितरण हुन सकेको छैन। न्यायोचित रूपमा वितरण नभएको थाहा हुँदाहुँदै पनि वाणिज्य मन्त्रालय मौन बस्नुले शंका उब्जिएको खतिवडाको भनाइ छ।

समितिका अर्का सदस्य राजन केसीले आयल निगमबाट बदमासी भएको बताए। 'ठूलाले इन्धन तथा ग्यास पाउन कुनै समस्या छैन। साना र निमुखा जनताका लागि मात्रै अहिले नाकाबन्दी भएको हो,' केसीले भने, 'जनताको घरमा चुलो नबलेको महिनौं भयो, तर निमगका अधिकारी यही मौका छोपेर करोडौं कुम्ल्याउने खेलमा लागेका छन्।'

निगमले जतिसुकै पारदर्शी रूपमा वितरण गरेको दाबी गरे पनि बजारमा त्यसले के कस्तो असर पारेको छ, प्रस्ट थाहा पाउन सकिने उनको भनाइ छ। 'हाम्रो अगाडि पारदर्शी रूपमा वितरण गरेको छु भनेर किन झुक्याउने?' उनले भने, 'तथ्यांकलाई जसरी पनि बनाउन सकिन्छ। अहिले त्यही भएको हो।'

निगमले कालोबजारीमा पठाएको तेल अहिले पनि बजारमा पाँच सय रुपैयाँमा छ्याप्छयाप्ती पाइन्छ। 'जनतालाई १ सय ४ रुपैयामै बिक्री गर्नुपर्छ,' उनले भने, 'ठूलाबडाको गाडीको ट्यांकी भरेर पठाए महँगोमा बेचेर ठूलो रकम लिन पाइन्छ।'

समितिकी सदस्य मीना पुनले निगमले कालोबजारी नगरेको भए कसरी सडकमा जाम हुने गरी गाडी गुडिरहेका छनन् भन्दै प्रश्न गरिन्। 'सार्वजनिक यातायातलाई अहिले पनि पाउन मुस्किल छ,' उनले भनिन्, 'तर, निजी र पैसावालाले नाकाबन्दी महसुस गर्नुपरेको छैन। त्यस्ता गाडी ट्राफिकजाम हुने गरी गुडिरहेका छन्।'

'प्रतिलिटर ४ सय रुपैयाँमा पेट्रोल, २ सय ५० रुपैयाँमा डिजेल र ८ हजार रुपैयाँ एक सिलिन्डर ग्यास पाइन्छ। निगमको संरक्षणबिना कसैले यति मूल्यमा बिक्री गर्न सक्छ?' सदस्य खतिवडाले भने।

सदस्य धनराज गुरुङले कालोबजारी हुने ठाउँमा कन्ट्रोल रुम राखिएको बताए। 'त्यहाँबाट कसरी कालोबजारीको अन्त्य हुन्छ भन्ने विश्वास गर्नु?' निगमलाई लक्षित गर्दै भने, 'निगमबाट कन्ट्रोल रुम हटाएर अन्य ठाउँमा राख्नुपर्छ।'

समितिमा वाणिज्य तथा आपूर्ति मन्त्री गशेणमान पुनले अनियमितताबारे छानबिन भइरहेको बताए। 'मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन सुरु भइसकेको छ,' उनले भने, 'समितिले परिणाममुखी काम गर्छ।' त्यसैगरी, उनले मन्त्रालयले चीनबाट व्यावसायिक रूपमा इन्धन ल्याउने कामलाई तीव्र रूपमा अघि बढाएको जानकारी दिए। 'मेरै पहलमा काम भइरहेको छ,' उनले भने, 'व्यापारिक सम्झौता गर्नुअघि प्राविधिक अध्ययन गर्न निगमको टोली चीन लागेको छ।'

अत्यावश्यक गाडीको तेल निजीलाई

नेपाल आयल निगमले अति आवश्यक सवारी साधनलाई वितरण गर्नुपर्ने तेल कमिसनको लोभमा निजी कम्पनीलाई बिक्री गरेको खुलेको छ। निगमको थानकोटस्थित डिपोले मंसिर ४ गते २४ हजार लिटर पेट्रोल/डिजेल विभिन्न निजी कम्पनीलाई बिक्री गरेको थियो।

निगम स्रोतका अनुसार अतिआवश्यक (कन्जुमर) सवारी साधनलाई मात्र वितरण गर्नुपर्ने तेल थानकोट डिपो प्रमुख रविन शर्मा र कार्यकारी निर्देशक खड्काको मिलेमतोमा ८ निजी कम्पनीलाई वितरण गरिएको हो।

कन्जुमरका नाममा आउने तेल एम्बुलेन्स, दमकल, प्रहरी, औषधि बोक्ने गाडी, दूधका गाडी, पानी ट्यांकर, तरकारी बोक्ने गाडी, स्कुल तथा कलेजका गाडी लगायतलाई मात्र उपलब्ध गराउनुपर्ने निगमकै नियम हो। तर, आफ्नै नियमलाई लत्याउँदै खड्का र शर्माले मिलेमतो गरी निजी कम्पनीलाई तेल दिएका हुन्।

स्रोतका अनुसार मंसिर ४ मा काठमाडौं फन पार्क, तुलसी ब्रिक कन्स्ट्रक्सन, नेपाल इन्भेस्टमेन्ट बैंक, वर्ल्डलिंक, ह्याचरी एसोसिएसन, यती ट्राभल्सलाई तीन–तीन हजार लिटर डिजल दिइएको छ। एक निजी सञ्चार गृहलाई मात्र ३ हजार पेट्रोल र ३ हजार डिजेल बेचिएको छ।

तीन डिपो प्रमुख छानबिनमा

नेपाल आयल निगमले नेपालगन्ज, भैरहवा र चारआली डिपो विर्तामोड कार्यालयका प्रमुखलाई छानबिनका लागि केन्›ीय कार्यालयमा हाजिर गराएको छ।

निगमले ती तीनवटै डिपो प्रमुखमाथि तेल वितरणमा अनियमितता गरेको आशंका गर्दै छानबिनका लागि काठमाडौंमा हाजिर गराएको हो। निगमका क्षेत्रिय कार्यालय प्रमुखले राम्रोसँग काम नगरेको, आएको इन्धन वितरण पारदर्शी नभएको भन्दै उनीहरूलाई कारबाही गर्न केन्द्रमा तानिएको हो।

क्षेत्रीय कार्यालयहरू नेपालगन्जका प्रमुख श्रीचन्› श्रेष्ठ, भैरहवा डिपो प्रमुख दिनेशकुमार यादव र चारआली विर्तामोड डिपोका सहायक प्रबन्धक वासुदेव भण्डारीले अनियमितता गरेको गुनासो आएको भन्दै निगमले केन्›ीय कार्यालयमा हाजिर गराइएको वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनका स्वकीय सचिव अनिलकुमार पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस