चितवन–वाणिज्य विभागले चितवन भरतपुरमा रहेको अष्ठभुजा पेट्रोल पम्प बुधबार शिलबन्दी गरेको छ। सर्वसाधरणलाई वितरण गरेर बाँकी रहनु पर्नेभन्दा धेरै परिमाणमा पेट्रोल भेटिएपछि शिलबन्दी गरेको विभाग अन्तर्गतको चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए। सो पम्पबाट मंगलबार मात्रै पेट्रोल वितरण भएको थियो।'सो पम्पमा नौ हजार लिटर पेट्रोल आएको थियो । छ हजार लिटर पेट्रोल सर्व साधरणलाई हिजो नै वितरण गरेर बाँकी तीन हजार लिटर कुपनका लागि स्टक राख्नु पर्नेमा हामीले निरीक्षण गर्दा ४२ सय लिटर स्टक राखेको भेटियो' बजार संरक्षण अधिकृत शर्माले भने । वाणिज्य विभागका निर्देशकसहितको टोलीले सो पम्पको अनुगमन गरेको थियो।
हिजो पेट्रोल वितरण गर्दा लाइनमा बसेका धेरैले नपाएको गुनासो आएको थियो । तोकिएका संख्याको मोटरसाइकललाई पनि तेल नदिएपछि विरोधमा उत्रेका सर्वसाधरणलाई प्रहरीले गिरफ्तार पनि गरेको थियो। 'पम्पले दिनु पर्ने तेल नदिएर लुकायो भन्ने उजुरी आएका आधारमा हेर्दा बढी तेल फेला परेको हो। के कसरी त्यत्रो तेल स्टक राखियो छानबिन हुँदैछ' बजार संरक्षण अधिकृत शर्माले भने।