काठमाडौं- भक्तपुर, कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर (भरि) ग्यास आइपुग्यो। ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण 'अब ग्यास पाइने भो' भन्दै दंग भए। तर, लगत्तै एउटा हुल आयो। त्यो हुलमा 'स्थानीय गुन्डा' र प्रहरी थिए। उनीहरूले 'हाम्रो भाग' भन्दै आ–आफ्नो गाडीमा ग्यास सिलिन्डर लोड गरे र फर्किए। सर्वसाधारण हेरेको हेर्यैा भए।'एक सिलिन्डर ग्यास पाउने आसमा लाम लागेको डेढ महिना भएको थियो, ग्यास पनि आयो, तर हामीले हेर्न मात्र पायौं,' कौशलटारकी गृहिणी सम्झना प्रधानाङ्गले नागरिकसँग दुखेसो पोखिन्, 'प्रहरी र गुन्डाले नै आएजति ग्यास कब्जा गरेपछि हामी गरिबको के लाग्छ?'
उनका अनुसार ग्यास वितरण पारदर्शी बनाउने भन्दै खटिएको प्रहरीले 'हाम्रो भागमा १५ सिलिन्डर' भन्दै सुरुमै छुट्ट्याएर राखे। त्यसपछि स्थानीय क्लबको हवाला दिँदै स्थानीय गुन्डाले 'यहाँ आएको ग्यास हाम्रो क्लबले मिलाएर बाँड्छ, तर हामीलाई १० सिलिन्डर चाहिन्छ' भन्दै ग्यास लिएर गए। प्रहरीले मूकदर्शक बनेर हेरिरह्यो।
त्यतिबेला त्यहाँ दुई सयवटा खाली सिलिन्डर लाइनमा थिए। 'तपाईंहरू यसरी जबर्जस्ती ग्यास नलानुस्, हामीलाई पनि चाहिन्छ, हाम्रो घरमा पनि बालबच्चा छन्, भात पकाउनुपर्छ भनेर बिन्ती गर्यौंर, तर केही सीप लागेन,' प्रधानाङ्गले भनिन्, 'राज्य (प्रहरी) र गुन्डा नै मिलेपछि निमुखा त यसै मर्ने भइहाले।'
त्यस्तै, सल्लाधारीस्थित एक डिपोमा बाँड्न ल्याइएको ७० सिलिन्डर ग्यासमध्ये ३० सिलिन्डर स्थानीय गुन्डा र प्रहरीले जबर्जस्ती लगेका थिए। त्यहाँ चार सयभन्दा बढी खाली सिलिन्डर लाइनमा राखिएको थियो।
भारतले नाकाबन्दी लगाएपछि फाट्टफुट्ट भित्रिएको ग्यास पनि सर्वसाधारणले पाउँदैनन्। काठमाडौं उपत्यकामा रहेका सर्वसाधारणलाई ग्यास पाउन महाभारत लडाइँ जितेबराबर हुन्छ। यस्ता घटना बढ्न थालेपछि डिपोहरूले समेत उद्योगबाट ग्यास ल्याउन कम गर्न थालेका छन्।
'उद्योगबाट ग्यास आएको थाहा पाउनेबित्तिकै स्थानीय गुन्डा घर घेरेर बस्छन्,' एक डिपो सञ्चालकले नागरिकसँग भने, 'उनीहरू (गुन्डा) लाई नदिँऊ ज्यानको खतरा छ, दिऊँ लाइन बसेका सर्वसाधारणलाई पुग्दैन। उद्योगबाट ग्यास ल्याउन छाड्यौं।'
सरकारले सुरक्षा प्रबन्ध मिलाउन खटाएकै प्रहरीबाट सर्वसाधारण ठगीमा पर्छन्। ग्यास आउन नपाउँदै प्रहरीले डिपो सञ्चालकलाई 'हामीलाई १५ ग्यास चाहिन्छ' भनेर थर्काउछन्। डिपोमा जम्माजम्मी ५० देखि ७० सिलिन्डर ग्यास आउँछ। 'एक महिनादेखि लाइनमा बसेका सर्वसाधारणलाई दिने कि गुन्डाराज सञ्चालन गर्नेलाई?' ग्यास बिक्रेता महासंघका एक उच्च अधिकारीले भने, 'गुन्डाराजलाई न्यूनीकरण गर्न आएको प्रहरीले नै यस्तो धन्दा चलाएपछि कसको के लाग्छ।'
महानगरीय प्रहरी प्रवक्ता शरद चन्दले सुरक्षार्थ खटिएका प्रहरीबाट यस्तो कार्य नहुने बताए। 'डिपोले कुपनअनुसार ग्यास बाँड्छन्,' उनले भने, 'सुरक्षाका लागि खटिएका प्रहरीसँग कुपन नै हुँदैन कसरी ग्यास ल्याउँछन्।'
उनका अनुसार प्रहरीले ग्यास लगेको प्रमाण भेटिए कानुनअनुसार सजाय हुने बताए। 'सुरक्षा दिन गएकाले नै ग्यास लगे छानबिन हुन्छ,' उनले भने, 'यसका लागि छानबिन गर्ने निकाय छ, कारबाही गर्न सकिन्छ। तर, प्रहरीबाट यस्तो गतल काम हुन सक्दैन।'
भक्तपुर कटुञ्जेका एक डिपो प्रमुखका अनुसार उद्योगले थोरै मात्रामा ग्यास पठाउँछन्। त्यसमा पनि गुन्डा र प्रहरीको भाग नलगाई सर्वसाधारणलाई बाँड्न पाइँदैन। 'उद्योगले एउटा डिपोलाई ५० देखि ७० सिलिन्डर ग्यास पठाउँछ। त्यसमा आधाभन्दा बढी प्रहरी र गुन्डालाई नै चाहिन्छ,' एक डिपो सञ्चालकले भने, 'त्यति थोरै ग्यास ल्याएर के काम! त्यही भएर मैले ल्याएकै छैन।'
एकातर्फ डिपोमा गएको ग्यास स्थानीय गुन्डा र प्रहरीले कब्जा जमाउँदा र अर्कोतर्फ उद्योगले थोरै ग्यास पठाउँदा सर्वसाधारण जनतालाई ठूलो मर्का परेको छ। 'ग्यास बाँड्दा कुनै समस्या नहोस् भनेर प्रहरी प्रशासनलाई खटाइएको हो,' उनले भने, 'तिनैले कष्ट दिएपछि समस्या बिकराल रूपमा आएको हो।'