पश्चिम सेतीमा सरकार बाधक
१० मंसिर २०७२
•
१० मिनेट पाठ
पश्चिम सेतीमा सरकार बाधक
काठमाडौं- सरकारले आउँदो एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरिरहँदा 'राष्ट्रिय गौरव' सूचीको ७ सय ५० मेगावाटको जलाशय पश्चिम सेती आयोजना सरकारी निकायबीचको किचलोमा अल्झेको छ। तत्कालीन बाबुराम भट्टराई नेतृत्व सरकारले चीनको थ्री गोर्जेजको सहायक कम्पनी सिडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसन र नेपाल विद्युत प्राधिकरणको संयुक्त कम्पनी खोलेर आयोजना निर्माण प्रक्रिया सुरु गर्न सहमति दिएको थियो।प्रतिस्पर्धा नगराई एउटा मात्र कम्पनीसँग मिलेर आयोजना अघि बढाउने उक्त निर्णय विवादास्पद बनेको थियो। त्यतिबेला ऊर्जा मन्त्रालय र प्राधिकरण निर्णयको विपक्षमा र लगानी बोर्ड पक्षमा थिए।

आयोजना निर्माणका लागि ७ महिनाअघि नै संयुक्त कम्पनी खोलेर काम सुरु गर्ने भनिएको थियो। तर, चिनियाँ पक्षले निरन्तर काम गर्ने प्रयास गरे पनि सरकारले चासो नदेखाएको लगानी बोर्डका एक उच्च अधिकारीले बताए।

बोर्डको २०७१ चैत ३० को १७ औं बैठकले चिनियाँ कम्पनी र प्राधिकरणको संयुक्त कम्पनी खोल्ने निर्णय गरेको थियो। चिनियाँ कम्पनीसँग २०६८ फागुनमा समझदारी हुँदा कम्पनीको ७५ र प्राधिकरणको २५ प्रतिशत सेयर स्वामित्व रहने गरी आयोजना निर्माण गर्ने उल्लेख थियो।

उत्पादित बिजुली देशमै खपत गर्ने लक्ष्यका साथ निर्माण गर्ने भनिएको आयोजनासँग प्राधिकरणले नै विद्युत खरिद सम्झौता (पिपिए) गर्नुपर्छ। तर, प्राधिकरणले सन् २०१७ पछि बर्खामा बिजुली खेर जाने र पश्चिम सेतीको बिजुली खपत हुन नसक्ने तर्क अघि सार्दै पिपिए गर्न इन्कार गर्दै आएको छ।

संयुक्त कम्पनी खोल्ने र विद्युत खपतको जिम्मा वा निर्णय सरकारले नै गर्नुपर्ने भन्दै प्राधिकरणले बोर्डलाई लिखित जानकारी गराएको छ। बोर्ड अधिकारीले भने प्राधिकरणले आयोजना अगाडि बढाउन सहयोग नगरेको आरोप लगाएका छन्।

प्राधिकरण सरकारको पूर्ण स्वामित्वको कम्पनी भएको र बोर्डमा प्रधानमन्त्री नै अध्यक्ष हुने प्रावधान रहेकाले यसको निकास सरकारले नै खोज्नुपर्ने प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्। पुरानो समझदारी संशोधन गरेर मात्र आयोजना अगाडि बढ्न सक्ने ऊर्जा मन्त्रालयको तर्क छ।

'आयोजना बोर्डमातहत छ, चिनियाँ अधिकारीले आयोजनास्थल अध्ययनको स्वीकृति माग्दा नै मैले संयुक्त कम्पनी खोलेर मात्र अगाडि बढाउनुपर्छ,' मन्त्रालय नीति महाशाखा प्रमुख सञ्जय शर्माले नागरिकसँग भने, 'बोर्ड अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, त्यहीँबाट निर्णय गरेर काम सुरु गर्न सकिन्छ।' मन्त्रालयको टिप्पणीका विषयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने कुनै प्रतिक्रिया दिएनन्।

माथिल्लो कर्णालीमा भारतीय कम्पनीले २७ प्रतिशत सेयर र १२ प्रतिशत निःशुल्क बिजुली दिएकाले पश्चिम सेतीमा पनि सोहीअनुकूल हुने गरी समझदारी संशोधन गर्नुपर्ने शर्माको आशय छ। अहिलेसम्म निर्माणको टुंगो नलागेकाले उत्पादित बिजुली किनेर खपत गर्ने जिम्मा लिन नसकिने प्राधिकरणले अडान राख्दै आएको छ।

सरकारले उत्पादित बिजुली खपत गर्ने जिम्मा लिए प्राधिकरण पिपिए गर्न तयार रहेको पनि प्राधिकरण उच्च अधिकारी बताउँछन्। प्राधिकरण सरकारी कम्पनी नै भएकाले यसको जिम्मा सरकारले नै लिनुपर्ने बोर्डका उपसचिव खगेन्द्रप्रसाद रिजालले बताए।

'आयोजना निर्माणको प्रक्रिया अघि बढाउन चिनियाँ टोली आउने तयारीमा छ, तर संयुक्त कम्पनी दर्ता नभएकाले आउने भिसा नपाएको जानकारी गराएका छन्,' उनले भने, 'सरकारले नै छिटो यसको निकास दिनुपर्छ।'

उत्पादित बिजुली देशमै खपत हुन नसक्ने अवस्था हो भने निर्यातका लागि पनि प्रयास गर्नुपर्ने रिजालको भनाइ छ। उनका अनुसार भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेकाले सरकार (प्राधिकरण) ले किनेर पनि निर्यात गर्न सकिन्छ। त्यसको टुंगो बोर्ड वा सरकारले नै गर्नुपर्ने उनले दोहोर्यालए।

बोर्डको गत चैतमा बसेको बैठकले आयोजनामा लगानी गर्न चिनियाँ कम्पनीले प्रस्ताव गरेको १ अर्ब ६० करोड अमेरिकी डलर स्वीकृत गरेको थियो। कम्पनीले आयोजनास्थलमा सम्पर्क कार्यालय राखेर उपकरण लैजाने बाटो र 'हाइड्रोलोजी' अध्ययन गरिरहेको बोर्डले जानकारी दिएको छ।

पश्चिम सेतीसहित दुइटा सिमेन्ट कम्पनीमा समेत लगानी गर्न चासो देखाएका चिनियाँ कम्पनी सरकारी निर्णयको ढिलासुस्तीका कारण अन्योलमा छन्। वन, वातावरणलगायत मन्त्रालयमा निर्णयका लागि महिनौं रोकिने कारणले पनि पश्चिम सेतीसहित धेरै आयोजना प्रभावित भएका हुन्।

बिनाअध्ययन तथा आधार एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेको सरकारले तत्कालका लागि कुनै योजना बनाएको छैन न त दीर्घकालीन रूपमा समस्या समाधान हुने ठूला आयोजना निर्माणमा जोड दिएको छ। आफैं निर्माणमा बाधक बनेको नदेख्ने सरकारले वर्षदिनमा विद्युत संकट हटाउने कुनै सम्भावना नरहेको मन्त्रालयकै अधिकारी दाबी गर्छन्।

लगानी खोज्ने नाममा १७ वर्ष अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) ले ओगटेको पश्चिम सेतीको अनुमतिपत्र सरकारले २०६८ मा खारेज गरेको थियो।

यसपछि सरकारको बास्केटमा आएको आयोजनाको अनुमतिपत्र प्रतिस्पर्धाबाट दिनुपर्नेमा तत्कालीन सरकारले हचुवामा चिनियाँ कम्पनीलाई दिएको मन्त्रालयको तर्क छ।

सिडब्लुईसँग २०६९ मा समझदारी हुँदा सन २०१४ भित्र निर्माण सुरु गरी २०२० भित्र सक्ने लक्ष्य राखिएको थियो। स्मेकसँग समझदारी गर्दा उत्पादित बिजुली भारत निर्यात गर्ने भनिएको थियो। तर, ऊसँगको समझदारी खारेज गरी चिनियाँ कम्पनीलाई अनुमति दिँदा उत्पादित बिजुली स्वदेशमै खपत गर्ने उल्लेख छ।

आयोजनाको कुल लागतको १० प्रतिशत सेयर स्थानीयलाई छुट्ट्याउनुपर्ने समझदारीमा उल्लेख छ। साथै सुदूरपश्चिम क्षेत्रको विद्युतीकरणका लागि १ सय ५० मेगावाट बिजुली उपलब्ध गराउन त्यतिबेला कम्पनी सहमत भएको थियो।

उत्पादित बिजुली प्रसारण तथा वितरण गर्न आवश्यक झन्डै पाँच सय किलोमिटर लामो प्रसारण लाइनका लागि समेत चिनियाँ एक्जिम बैंकमार्फत लगानी जुटाइदिने कम्पनीले सरकारलाई आश्वासन दिएको थियो। तर, पुनःस्थापना र जग्गाको मुआब्जा वितरणको जिम्मा सरकारले लिनुपर्ने चिनियाँ कम्पनीले बताउँदै आएको छ।

बिजुली आयोजनास्थलदेखि बुटवलसम्म ल्याउन ४ सय केभी प्रसारण लाइन बनाउनुपर्ने पूर्वसम्भाव्यता अध्ययनमा उल्लेख छ। स्मेकसँग सम्झौता हुँदा करिब एक खर्ब लागत अनुमान गरिए पनि अहिले करिब १ खर्ब ८० अर्ब रुपिया" कायम गरी सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस