काठमाडाैं-चर्को मूल्यमा बिक्रीकालागी इन्धन भित्र्याउने सवारी साधनको जाँचमा प्रहरीले कडाई गरेको छ। प्रहरीले एक साताभित्र कालोबजारीका लागी उपत्यका भित्र्याइएको १४ हजार लिटर पेट्रोल र १७ हजार लिटर बढी डिजेल सहित ६० भन्दा बढी कारोवारी पक्राउ गरेको छ।काकडभिट्टा लगायतका क्षेत्रबाट काठमाडौं आउने सवारीसाधनले छत र सवारीसाधनभित्र पेट्रोलका ड्रम र ग्यालेन राखेर आउने क्रम बढेपछी प्रहरीले बिहीबार मात्रै १४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई उनीहरुले ल्याएको १५ हजार लिटर डिजेल ७ हजार लिटर पेट्रोल जफत गरेको छ। २ हजार लिटर मट्टितेल र ३७ सिलिन्डर ग्यास समेत नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
इन्धन बिक्रीको अनुमति पाएका पेट्रोलपम्प बन्द भए पनि सडकमा सवारी चाप बढेसँगै सरकारले कालोबजारीलाई प्रश्रय दिएको भन्दै आलोचना बढेको थियो। गृहले कालोबजारी नियन्त्रणमा कडाइ गर्न प्रहरीलाई निर्देशन दिएपछि पछिल्लो समय इन्धन, खाना पकाउने ग्यास कालोबजारी गरेको आरोपमा पक्राउ पर्नेको संख्या बढेको छ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलका अनुसार बिहीबार काकडभिट्टाबाट काठमाडौं आएको मकालु यातायातसँगै माइक्रोबस,पिकअप भ्यान, बलेरोमा राखेर ल्याइएका इन्धन नियन्त्रणमा लिइएको हो। ठूलो परिमाणको इन्धन ल्याउनुको प्रयोजन खुलाउन नसक्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान बढाएको उनले जानकारी दिए।
काठमाडौं प्रहरीले एक सातामा काठमाडौंका विभिन्न स्थानबाट कालोबजारीमा संलग्न रहेको आरोपमा ४१ जनालाई ५ हजार लिटर पेट्रोल र एक हजार लिटर डिजेलसहित पक्राउ गरीसकेको छ।
भिडियोः