इन्धनका नाममा घुमघाम
१२ मंसिर २०७२
•
८ मिनेट पाठ
इन्धनका नाममा घुमघाम
काठमाडौं- भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थको चरम अभाव भइरहेका बेला नेपाल आयल निगमका उच्च अधिकारी भने इन्धन ल्याउने निहुँ पार्दै विदेश सयरमा व्यस्त छन्। अहिले एउटा टोली चीन भ्रमणमा व्यस्त छ भन, यसअघि दुई टोली बंगलादेश र चीन सयर गरेर आइसकेका छन्। यस्ता टोलीले इन्धन ल्याउने बहाना बनाउँदै विदेश पुगे पनि फर्कंदा रित्तै हात आउने गरेका छन्।गत सोमबार (मंसिर ७) निगमका निर्देशकहरु सुशील भट्टराई र दीपक बराल चीनबाट व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ आपूर्तिका लागि प्राविधिक अध्ययन गर्ने भन्दै त्यसतर्फ गएका थिए। 'उनीहरु चीनमा घुम्नेबाहेक उपलब्धिमूलक काम केही गर्ने छाँट देखिएको छैन,' निगम सम्बद्ध स्रोतले शनिबार नागरिकसँग भन्यो, 'उनीहरुले अहिले के गरिरहेका छन्, कसैलाई केही पत्तो छैन।'




वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले दुई साताअघि नै मन्त्रालयका अधिकारी निगमका अधिकारीसहित चीन जाने बताएका थिए। तर, निगमका अधिकारीले पहिला प्राविधिक अध्ययन सकेपछि मात्र मन्त्रालयको टोली जानुपर्ने अडान लिएपछि भट्टराई र बराल चीन गएका हुन्।

'तर, अहिले न प्राविधिक टोलीले काम गर्न सकेको छ न सरकारी टोली नै जाने तयारी भएको छ,' स्रोतले नागरिकसँग भन्यो, 'बिना मियोको दाइँ भएकाले सबैजना आ–आफ्नो डम्फु बजाउन व्यस्त छन्।'

चीनबाट व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ आयातका लागि प्राविधिक अध्ययन गर्न भन्दै गत साता चीन भ्रमणमा निस्किएका भट्टराइसँग नागरिकले टेलिफोन सम्पर्क गर्दा उनले भने, 'अहिलेसम्म केही प्रक्रिया अघि बढेको छैन, काम हुँदैछ।' उनीहरु चीन भ्रमणमा निस्केको एक साता पुगेको छ।

भट्टराईं चीन जानु एक दिनअघि 'हामी पुगेको दुई दिनपछि सरकारी टोली आउने' संकेत गरेका थिए। तर, एक साता बितिसक्दा पनि केही तयारी भएको छैन।

यसअघि पनि बिनाउपलब्धि यस्ता भ्रमण दुईचोटि भइसकेका छन्। एक महिनाअघि निगमकै एक टोली चीन पुगेर फर्केको थियो। 'सरकारी पैसामा विदेश सयर गर्न पाएपछि जो पनि जान्छ,' वाणिज्य मन्त्रायलयका एक उच्च अधिकारीले भने, 'निगमकै अधिकारी चीनबाट पेट्रोलियम पदार्थ नल्याउने पक्षमा उभिएकाले कुरा मिल्न नसकेको हो।'

यसअघि पनि निगमकै निमित्त निर्देशक वीरेन्› गोइत र मुकुन्दप्रसाद घिमिरे पनि बंगलादेशबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा छलफल गर्न भन्दै गत कात्तिक २८ गते त्यता गएका थिए। बंगलादेशको निम्तोबिनै त्यता निस्किएका घिमिरे र गोइतको भ्रमण पनि व्यक्तिगतभन्दा माथि उठ्न सकेन। एक साता भ्रमण उनीहरुका लागि त उपलब्धिमूलक भए पनि जनतालाई राहत पुर्यायउने खालको नभएको स्रोतको दाबी छ। भ्रमण हुनुभन्दा अघि नै बंगलादेशले ग्यास तथा पेट्रोलियम पदार्थ दिन नसक्ने बताउँदा–बताउँदै उनीहरु गएका थिए।

गोइत र घिमिरेले बंगलादेश पेट्रोलियम कर्पोरेसन (बिपिसी) का अध्यक्ष एएम बडरुड्जासँग भेट्ने प्रयास गरे पनि सफल हुन सकेनन्। बिनानिम्तो गएकाले बडरुड्जासँग भेट हुन नसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताए। भारतले नेपाल वायुसेवा निगम बाहेक अरु कम्पनीलाई हवाई इन्धन 'एयरलिफ्ट' गर्न नदिएपछि विकल्प खोज्न निगमको टोली बंगलादेश पुगेको थियो।

बंगलादेशस्थित नेपाली दूतावासमार्फत गरेको भेटको प्रयास असफल भएपछि निगमको टोलीले बिपिसीका एक निर्देशक मोस्ले उद्दिनलाई भेटेर फर्किएको थियो। उद्दिनसँगको भेटमा पेट्रोलियम पदार्थ आपूर्तिका बारेमा छलफल भएको थियो। बंगलादेशस्थित नेपाली दूतावासका अनुसार बिपिसीका माथिल्लो तहका अधिकारीले आयल निगमको टोलीसँग भेट्नै चाहेको थिएन। दूतावासको अथक प्रयासपछि निर्देशक उद्दिनसँग भेट्ने समय मिलेको थियो।

मन्त्रायका अनुसार उद्दिनले बंगलादेशको निकासीयोग्य वस्तुमा पेट्रोलियम पदार्थ नरहेको भन्दै आपूर्तिका लागि आवश्यक पूर्वाधारसमेत नरहेको बताएका थिए। बंगलादेश अहिले पनि पेट्रोलियम पदार्थ आयात गर्ने मुलुकमा पर्छ। उद्दिनले खाना पकाउने एलपी ग्यासको उत्पादन नरहेको भन्दै दिनै नसक्ने जानकारी दिएका थिए। बिपिसीसँग एलपी ग्यास बोटलिङका लागि प्लान्ट भए पनि त्यसले वार्षिक २० प्रतिशत मात्रै माग धान्छ।

सरकारले जसरी पनि पेट्रोलियम पदार्थ आयात गर्ने अधिकार दिएको भन्दै निगमका अधिकारी अन्धाधुन्द विदेश सयरमा निस्किएका हुन्। 'सरकारी पहलबिना निगमका अधिकारीमात्रै गएर पेट्रोलियम पदार्थ ल्याउने सम्भावना छैन,' मन्त्रालयका एक उच्च अधिकारीले भने, 'सरकारले औपचारिक रुपमा छलफल गरेपछि मात्र निगमका अधिकारी जानु राम्रो हुन्थ्यो।'

भारतले नाकाबन्दी लगाएपछि दैनिक जीवनयापन कष्टकर बने पनि सरकारी तहबाट समस्या सामाधान हालसम्म भएको छैन। एकातिर प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनले जनताको मन जित्न नसकेका बेला निगमका अधिकारीको बेतुकको घुमफिर मनोवृत्तिले जनता आजित भएको राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले बताए।

'कहिले कुन देशबाट आउँछ भन्ने कहिले कुन देशबाट आउँछ भनेर जनतालाई सधैंभरि झुक्याउन मिल्दैन,' उनले भने, 'सरकारी पैसामा निगमका अधिकारीको मोजमस्ती भइरहेको छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस