लोड धान्न नसक्दा दिनहुँ पड्कन्छन् ट्रान्सफर्मर
१३ मंसिर २०७२
•
८ मिनेट पाठ
लोड धान्न नसक्दा दिनहुँ पड्कन्छन् ट्रान्सफर्मर
काठमाडौं- नियमित विद्युत आपूर्तिको लोड धान्न नसक्दा काठमाडौं उपत्यकामा दिनहुँ २/३ वटासम्म ट्रान्सफर्मर पड्कने गरेका छन्। विद्युत आपूर्तिका बेला उपभोक्ताले उच्च भोल्टेजका विद्युतीय उपकरण उपयोग गर्दा त्यसको लोड धान्न नसकेर ट्रान्सफर्मर पड्कने गरेका हुन्।

भारतले गरेको नाकाबन्दीपछि औद्योगिक क्षेत्र ठप्प हुँदा त्यता खपत हुने बिजुली नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा वितरण गर्दै आएको छ। औद्योगिक क्षेत्रमा करिब ३ सय ५० मेगावाट हाराहारी विद्युतको माग छ। उक्त क्षेत्रमा अहिले दैनिक २०–३० मेगावाटको मात्र माग रहेको प्राधिकरणले जानकारी दिएको छ। तर, उद्योगतर्फको बिजुली सर्वसाधारणलाई बाँड्दा पनि सर्वसाधारण उपभोक्ताले सहज महसुस गर्न भने सकेका छैनन्।

दिनहुँ २० घन्टासम्म विद्युत आपूर्ति हुँदा पनि गुणस्तरीय बिजुली उपभोग गर्न नसकेको अधिकांश उपभोक्ताको गुनासो छ। 'बिहान खाना बसाल्यो झ्याप्प बत्ती जान्छ, कति बेला आउँछ टुंगो हुँदैन,' महाराजगन्जका एक उपभोक्ताले नागरिकसँग भने, 'अहिले नियमित बत्ती आए पनि त्यसले हामीलाई राहत दिएको छैन।'

प्राधिकरणसँग अहिले सर्वसाधारणलाई वितरण गर्ने बिजुली भए पनि उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न नसक्दा छिनछिनमै काटिने समस्याले उपभोक्ता हैरान भएको त्यहाँका अधिकारीसमेत स्वीकार गर्छन्। उपभोक्ताको आधारमा स्थानीयस्तरमा ५० देखि २ सय केभिएसम्मका ट्रान्सफर्मर जडान गरिएका छन्।

५० केभिएको ट्रान्सफर्मर जडान भएका क्षेत्रमा २० जनाभन्दा बढी उपभोक्ताले नियमित बिजुली उपभोग गर्न सक्दैनन्। ग्राहकको संख्या बढ्दै गए पनि उच्च क्षमताका ट्रान्सफर्मर जडान नहुँदा छिनछिनमा बिजुली काटिने वा पड्किने समस्या देखिएको प्राधिकरणका इन्जिनियर बताउँछन्।

'बिजुली आउनासाथ सबैले एकै पटक 'इन्डक्सन' जस्ता 'हेभी' उपकरण प्रयोग गर्छन्,' भार प्रेषण केन्द्रका निर्देशक भुवनकुमार क्षेत्रीले आइतबार नागरिकसँग भने, 'यस्ता खाना पकाउने उपकरण प्रयोग गर्दा टिभी, आइरन, पानी तान्ने मोटरलगायत उपकरण चलाउन हुँदैन। यसो गर्दा ट्रान्सफर्मरमा लोड पर्छ र स्वतः अफ हुन्छ वा पड्किन्छ।'

ग्यास अभावका कारण बिहान र साँझ उपत्यकाका अधिकांश सर्वसाधारणले खाना बनाउन बिजुली प्रयोग गर्ने गरेका छन्। खाना पकाउने र अन्य उपकरण चलाउने समय फरक पारेर बिजुली उपयोग गर्न क्षेत्रीले सर्वसाधारणलाई आग्रह गरेका छन्।

'एकै समयमा उपभोक्ताले उच्च क्षमताका घरायसी उपकरण प्रयोग गर्दासम्म छिनछिनमा बिजुली काटिने समस्या रोकिँदैन, यो स्थानीय समस्या हो,' क्षेत्रीले भने। बिजुली आपूर्ति सहज हुन नसक्नुमा उपभोक्तालाई दोषी देखाउने गरिए पनि उच्च क्षमताका ट्रान्सफर्मर जडान नगर्नु र समयमा मर्मत नगर्नु प्रमुख कारण हुन्।

डिजेल तथा पेट्रोल अभावले सवारी नचल्दा समयमा बिग्रेका ट्रान्सफर्मर मर्मत र नयाँ जडान गर्न नसकिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए। 'उपत्यकाका लागि मात्र ३ सय ३५ थान ट्रान्सफर्मर छुट्याएर हेटौंडामा राखिएको छ, तर इन्धन अभावले सवारी नचल्दा ल्याउन सकिएको छैन,' उनले भने।

उनले ट्रान्सफर्मर अभावले धेरै ठाउँमा नयाँ फेर्न नसकिएको काठमाडौं क्षेत्रीय कार्यालयका निर्देशक प्रकाशचन्द्र श्रेष्ठले नागरिकलाई जानकारी दिए। 'तिहारसम्म 'लोड म्यानेज' भइरहेको थियो, त्यसपछि अत्यधिक लोड बढेको छ,' उनले नागरिकसँग भने, 'दैनिक २/३ वटा ट्रान्सफर्मर पड्किरहेका छन्। तारमा आगो लाग्ने र एमसिसिबी जल्ने समस्या पनि बढिरहेको छ।' स्थानीयस्तरमा अधिक बिजुलीको लोड बढ्दा ट्रान्सफर्मर स्वतः अफ हुने वा जल्ने गरेको उनले बताए।

प्राधिकरणले उपभोक्ताको आधारमा उच्च क्षमताका ट्रान्सफर्मर राख्न नसकेको उनले स्वीकारे। 'अहिले भूकम्पका बेलाजस्तो आकस्मिक समस्या देखिएको छ, ट्रान्सफर्मर भए पनि इन्धन अभावले सवारी नचल्दा समयमा फेर्न सकिएको छैन,' श्रेष्ठले भने।

उपत्यकामा ३ हजार ट्रान्सफर्मर जडान भएका छन्। तत्काल ३ सय ट्रान्सफर्मर भए लोड व्यवस्थापन गर्न सकिने क्षेत्रीय कार्यालयले जानकारी दिएको छ। श्रेष्ठका अनुसार महाराजगन्ज, बानेश्वर, जोरपाटी, कुलेश्वर, कीर्तिपुर, भक्तपुरलगायत दर्जनौं ठाउँमा ट्रान्सफर्मर पड्केर समस्या देखिएको छ।

उपत्यकामा नियमित बिजुली आपूर्ति हुँदा पनि ट्रान्सफर्मर ३० देखि ३५ प्रतिशत लोडमा चलेका हुन्छन्। उक्त लोडसमेत धान्न नसकी पड्किनुले प्राधिकरणले आवश्यक क्षमताका ट्रान्सफर्मर जडानमा ध्यान नदिएको पुष्टि हुन्छ।

नाकाबन्दीका कारण इन्धन अभावले मर्मत र नयाँ जडानमा समस्या देखिएको छ। तर, सामान्य अवस्थामा पनि यी समस्या समाधानमा सुधार हुन नसकेको प्राधिकरणकै अधिकारीको टिप्पणी छ। वितरण प्रणाली सुधार गर्न उच्च क्षमताका नयाँ ट्रान्सफर्मर मर्मत तथा जडान, केबल वा तार फेर्ने लगायतका काम गर्नुपर्ने देखिन्छ।

कमजोर ट्रान्सफर्मर जल्दा वा पड्कँदा र तार जल्दा हरेक वर्ष सयौं सर्वसाधारणको मृत्यु हुने गरेको छ। प्राधिकरणले भने वितरण तथा प्रसारण प्रणाली सुधारमा कम ध्यान दिएर पीडितलाई क्षतिपूर्ति बाँड्दै विगतदेखि यस्ता घटना पन्छाउने गरेका विगतका उदाहरण छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस