काठमाडौं- भारतले गरेको नाकाबन्दीका कारण इन्धनलगायत सामग्री आपूर्ति नहुँदा जलविद्युत र पूर्वाधार आयोजना कार्यान्वयन गर्ने निकाय आपूर्ति सहज गराइदिन भन्दै सरोकारवाला मन्त्रालय धाउन थालेका छन्।
इन्धन तथा निर्माण सामग्री अभावले निर्माणाधीन आयोजनाको निर्माण ठप्प हुँदा सिंगो विकास निर्माण प्रभावित हुन लागेको ठहर गर्दै आपूर्ति खुकुलो बनाइदिन आग्रह गरिएको हो। तराई आन्दोलनका नाममा भारतले अघोषित नाकाबन्दी गर्दा साढे दुई महिनादेखि डिजेल, पेट्रोल तथा पर्याप्त निर्माण सामग्रीको आयात रोकिएको छ।
जलविद्युत, सडक, खानेपानीलगायत आयोजनाको निर्माण रोकिएकाले ती आयोजना कार्यान्वयन गर्ने निकायले बारम्बार तालुक मन्त्रालयमा पत्राचार गरेका गर्दै आएका छन्। सम्बन्धित निकायले गरेको पत्राचारका आधारमा मन्त्रालयले प्रक्रिया अघि बढाउँदा पनि सम्बन्धित विभाग तथा निकायका प्रमुख दिनहुँ मन्त्रालय धाउने गरेको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बताए।
जलविद्युततर्फ ऊर्जा, सडकतर्फ भौतिक पूर्वाधार तथा यातायात, खानेपानीतर्फ सहरी विकास र सिँचाइ आयोजना निर्माणतर्फ सिँचाइ मन्त्रालयलाई तत्तत् निकायले डिजेल उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेका छन्। डिजेलमात्र नभई पेट्रोल र ग्यासको आपूर्ति सहज बनाइदिन आग्रह गर्दै दिनहुँ मन्त्रालय धाउनुपरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए।
'अब डिजेलको मात्र कुरा रहेन आयोजनास्थलमा क्रसर चलेको छैन, त्यहाँ बस्ने कर्मचारीले खान पकाउन ग्यास पाएका छैनन्,' उनले आइतबार नागरिकसँग भने, 'खाद्यन्नसमेत उपलब्ध हुन सकेको छैन, यसैले अहिले सम्पूर्ण काम रोकिएको छ।' इन्धन आपूर्ति गराइदिन भन्दै मन्त्रालयमार्फत आयल निगमलाई पत्राचार गरेको उनले जानकारी दिए।
विगतमा काम नगर्ने परिपाटी अँगाल्दै आएका सरकारी निकाय तथा अधिकारीलाई अहिले काम नगर्न इन्धन अभावको सजिलो बहाना भएको छ। सरकारले इन्धन तथा निर्माण सामग्री आपूर्तिमा सहजीकरण गरे पनि सरकारी निकायले काममा ढिलाइ गरेको विश्लेषकहरुको तर्क छ। 'इन्धन सहज हुँदा तिनले कति काम गरेका थिए, विगतले नै देखाउँछ, अहिले त झन् बहाना भएको छ,' पूर्वाधार क्षेत्रका एक जानकारले भने, 'इच्छाशक्ति भए सरकारलाई दबाब दिएर पनि सुरु गरेका काम अगाडि बढाउन सकिन्छ।'
तेल डिपोबाट कमिसन पाउने हुँदा निगमले पनि आयोजना विशेषलाई इन्धन दिन आनाकानी गर्दै आएको मेलम्चीका एक अधिकारीको भनाइ छ। 'विभिन्न बहानामा काम रोक्दै आएको ठेकेदारले अहिले तेल पाए काम गर्छु नत्र गर्दिन भनेको छ,' भट्टराईले भने, 'मन्त्रालयमार्फत निगमसँग परामर्श भइरहेको छ, तेल पाए सुरुङबाहिरका केही काम सुरु गर्न सकिन्छ।
राष्ट्रिय गौरवको सूचीमा परेको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण पनि डिजेल अभावले प्रभावित भएको छ। गत सातादेखि पहुँचमार्ग खुलाउने काम सुरु भएको जानकारी दिँदै आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले आयोजना भूकम्पअघिको अवस्थामा पुर्याुउन ५/७ महिना लाग्ने बताए।
'अहिले डिजेलको ठूलो समस्या छ, जसका कारण पहुँचमार्गको काम सहज हुन सकेको छैन,' उनले नागरिकसँग भने, 'डिजेल उपलब्ध गराइदिन भन्दै ऊर्जा मन्त्रालयलाई आग्रह गरिएको छ। डिजेलमात्र होइन, सिमेन्टलगायत निर्माण सामग्री आउन सकेको छैन।' तेल नियमित आए सुरु भएको काम अगाडि बढ्न नत्र त्यही पनि रोकिने उनले बताए।
१४ मेगावाटको कुलेखानी तेस्रोमा पनि डिजेल अभावले काम रोकिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। यो आयोजनाको काम करिब ९० प्रतिशत सकिएको छ। निरन्तर काम भए ४ महिनामा आयोजना पूरा हुन्छ तर, इन्धन तथा निर्माण सामग्री अभावले आयोजना प्रभावित भएको छ। प्राधिकरणको सहायक चिलिमे जलविद्युत कम्पनीले निर्माण गरेका २७० मेगावाटबराबरका आयोजनाको काम पनि डिजेल तथा निर्माण सामग्री अभावले ठप्प भएको कम्पनीका प्रशासक रामगोपाल सिवाकोटीले बताए।
१११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४५.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेनको काम अगाडि बढ्न सकेको छैन। 'भूकम्पपछि माथिल्लो साञ्जेनको काम सुरु भएको थियो, तर अहिले इन्धन तथा निर्माण सामग्री नहुँदा काम भएको छैन,' सिवाकोटीले भने।
निजी क्षेत्रका करिब १९ आयोजना इन्धन र निर्माण सामग्री नहुँदा प्रत्यक्ष प्रभावित भएका छन्। 'इन्धनलगायत सामग्री उपलब्ध भए २२२ मेगावाट बिजुली यो वर्षभित्रै आउन सक्छ,' स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्टले भने, 'प्रसारण लाइन, स्थानीयका मागलगायत समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्छ।' पछिल्लो समय इन्धन समस्याले आयोजना प्रभावित भए पनि प्रसारण लाइन, जग्गा प्राप्ति र वनसँग सम्बन्धित समस्याले आयोजना निर्माणमा ढिलाइ भइरहेको विष्टले बताए।
प्राधिकरणलगायत निजी क्षेत्रले बनाइरहेका आयोजनालाई सहयोग गर्न आन्तरिक तयारी गरेको ऊर्जा मन्त्रालय नीति महाशाखा प्रमुख सञ्जय शर्माले बताए। '२०७२ भित्रै आउने र अन्य आयोजना प्राथमितामा राखेर इन्धन आपूर्तिमा सहजीकरण गरिदिनेछौं,' उनले भने, 'पहिलो प्राथमिकतामा १९ आयोजना परेका छन्, तिनका लागि इन्धनको जोहो गर्न आपूर्ति मन्त्रालयसँग छलफल गर्ने तयारी भइरहेको छ।'
जलविद्युत, खानेपानीलगायत राष्ट्रिय महत्वका आधा दर्जन सडक र सिँचाइ आयोजनाको निर्माणसमेत रोकिएको छ। राष्ट्रिय गौरवको सूचीमा परेका रानीजमरा कुलरिया, सिक्टा, भेरी–बबई डाइभर्सन आयोजनाको काम रोकिएको सिँचाइ विभागले जानकारी दिएको छ। चर्को विवादका बीच सुरुङ निर्माणको ठेक्का गरिएको भेरी–बबई आयोजना अझ प्रभावित भएको विभागका अधिकारी बताउँछन्। यो आयोजना ठेक्का भएको ४ वर्षभित्र निर्माण गर्ने लक्ष्य थियो। गत वर्ष यसको ठेक्का सम्झौता भएको थियो।