काठमाडौं- स्वदेशी उत्पादनले बजार नपाएर गाईभैंसीको कुँडो बनिरहँदा विदेशबाट झन्डै दुई अर्ब रुपैयाँको स्याउ आयात भएको तथ्यांक छ। सरकारी अभिलेख अनुसार गत आर्थिक वर्ष २०७१/०७२ मा विभिन्न चार मुलुकबाट ल्याएको स्याउले स्वदेशी माग धानिएको छ।
विदेशबाट ठूलो परिणाममा स्याउ आयात गरिरहँदा स्वदेशी उत्पादन बजार पुग्न नपाएर कुहिने गरेको वास्तविकता छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७१/०७२ मा भारत, चीन, अमेरिका र न्युजिल्यान्डबाट एक अर्ब ९८ करोड २९ लाख ५५ हजार रुपैयाँको स्याउ आयात भएको छ। स्वदेशी बजार माग धान्न उक्त परिणाममा स्याउ आयात भएको हो।
यी चार देशमध्ये सबैभन्दा धेरै चीनबाट आउँछ। केन्द्रको तथ्यांकअनुसार चीनबाट एक अर्ब १४ करोड ३१ ल्ाख ७० हजार रुपैयाँको स्याउ नेपाल भित्रिएको छ। चीनपछि भारतबाट ८० करोड ९८ लाख ४१ हजार रुपैयाँ बराबरको ल्याइएको थियो।
अरु दुई देशबाट ल्याइएको स्याउको परिमाण भने कम छ। अमेरिकाबाट एक करोड ९७ लाख ९४ हजार र न्युजिल्यान्डबाट एक करोड १४ लाख रुपैयाँको आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ।
स्वदेशी स्याउले घरेलु माग धान्न नसके पनि उत्पादन भएको जति सबै बजार पुर्या उन सके आयात प्रतिस्थापनमा योगदान पुग्छ। नेपालमा ४२ हजार टन हाराहारी स्याउ उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। असोज, कात्तिक, मंसिर र पुस स्याउ पाक्ने समय हो। हिमाली जिल्ला मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, दार्चुला, बाजुरा, लगायतमा स्याउ बढी फल्छ। ती जिल्लामा १० हजार दुई सय २४ हेक्टर जमिन स्याउखेतीका लागि योग्य रहेको सरकारी तथ्यांक छ।
स्वदेशी उत्पादन मागको तुलनामा कम भए पनि आन्तरिक माग धान्ने गरी उत्पादन बढाउन सकिने बताइन्छ। पहाडी जिल्लाका कृषक उत्पादन बजार पुर्या उन नसकिने बाध्यताले स्याउखेतीलाई व्यावसायिक रुप दिन गाह्रो भएको बताउँछन्।
स्वदेशमा उत्पादित सबै स्याउलाई बजार पुर्यािउन सके यसमा मुलुक आत्मनिर्भरतातिर लम्किने सरोकारवाला बताउँछन्। स्वदेशमा स्याउखेती बढाउन सके किसानलाई आकर्षक व्यवसाय र रोजगारी सिर्जना हुने उनीहरुको भनाइ छ।
उच्च पहाडी जिल्लामा सडक सञ्जाल नपुगेकोले त्यहाँको स्याउ संकलन गरेर बजार पुर्यानउन कठिन हुने व्यवसायी बताउँछन्। त्यसको लागि सबैभन्दा पहिला सरकारले स्याउ फल्ने जिल्ला र गाउँमा मोटरबाटो पुर्यानएर बजारसँग जोड्नुपर्ने आवश्यकता उनीहरु औंल्याउँछन्।
सरकारले स्वदेशी उत्पादन बढाउन केही वर्षदेखि ११ जिल्लामा स्याउ मिसन कार्यक्रम चलाइरहेको छ। ती जिल्लाबाट ३० करोडभन्दा बढी मूल्यको स्याउ बिक्री हुने गरेको छ।
स्याउ मिसन कार्यकमका लागि सरकारले खर्च गरेअनुसारको प्रतिफल भने आउन नसकेको सरोकारवाला बताउँछन्। हिमाली क्षेत्रमा फल्ने स्याउको ग्रेडिङमा पनि समस्या रहेको विज्ञ बताउँछन्।
स्वदेशीमध्ये मुस्ताङको स्याउले धेरै चर्चा पाउँछ। मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचा रेड लगायत जातका स्याउ फल्छन्। मुस्ताङको आयातितको तुलनामा धेरै स्वादिलो हुने जानकारहरुको भनाइ छ। मुस्ताङमा व्यक्तिगत र सामूहिक रुपमा स्याउखेती भइरहेको छ।