काठमाडौं- भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयात गर्न सरकारबाट अनुमति पाएका डेढ दर्जन कम्पनीले अहिलेसम्म एक थोपा इन्धन ल्याएका छैनन्। सरकारले गत कात्तिक २ गतेदेखि ६ महिनासम्म इन्धन ल्याउन ती कम्पनीलाई अनुमति दिएको थियो। उनीहरुले अनुमति पाउनासाथ भटाभट इन्धन ओसार्ने बाचा गरेका थिए। झण्डै दुई महिना बित्न लाग्दा ती कम्पनीहरु इन्धन ल्याउनु त परको कुरा, सरकारसँग सम्पर्कमै छैनन्।'अनुमति पाएको दुई दिनभित्र इन्धन ओसार्छु भनेका १६ वटा कम्पनी अहिले कहाँ छन्, पत्तो छैन,' वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाले बुधबार नागरिकसँग भने, 'उनीहरुले ल्याइदिए अहिलेको अवस्थामा केही राहत हुन्थ्यो।'
विभागका अनुसार काठमाडौंका ११, ललितपुर र मोरङका २–२ र सुनसरीको एक कम्पनीले अनुमति लिएका थिए। काठमाडौंको बाला ट्रेकलिंक, तायल इन्टरनेसनल, ओटेक्स इन्टरनेसनल, आर्यन पेट्रोकेमिकल्स ब्लु लोटस इन्टरप्राइजेज, डाउनटाउन डेभलपमेन्ट, एमआइजी होल्डिङ, अरेन्ज ट्रेड एन्ड इभेन्टस्, प्रोजियोकेम इन्डस्ट्रिज, प्रेट्रोलिमेक्स नेपाल र बान्टेक क्विन इन्भेस्टमेन्ट प्रालिले लाइसेन्स पाएका छन्।
ललिपुरको भगवती ट्रेडर्स र नेप्रश इन्टरनेसनलले अनुमति लिएको छ। मोरङमा कोसी पेट्रोकेमिकल्स र फुजिमा ओइल कम्पनी र सुनसरीको नेपा पेट्रोकेमिकल्सले अनुमति लिएका छन्।
तीमध्ये कसैले पनि अहिलेसम्म इन्धन नल्याएको विभागका महानिर्देशक कोइरालाले बताए। 'अनुमति पाएकामध्ये धेरैजसो कम्पनीले भारतबाटै इन्धन ल्याउने बताएका थिए,' उनले भने, 'तर, अहिलेसम्म कुनैले पनि ल्याएको जानकारी आएको छैन।'
कोसी पेट्रोकेमिकल्स र फुजिमाले ५–५ हजार टन तेल र ब्लु लोटसले एलपिजी ल्याउने स्वीकृति पाएको हो।
गत कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशित गरी निजी कम्पनीलाई इन्धन आयात गर्न दिइएको थियो। त्यसै अनुरुप ती कम्पनीले विभागबाट इजाजत पाएका थिए।
चरम संकटका बेला पेट्रोलियम पदार्थ ल्याउँछु भनेर आवेदन हालेपछि अनुमति दिएको विभागले जनाएको छ। निजी क्षेत्रले तेल ल्याए नेपाल गुणस्तर तथा नापतौत विभागले गुणस्तर र वाणिज्य विभागले मूल्यको अनुगमन गर्ने प्रकाशित सूचनामा उल्लेख थियो।
'इजाजत लिएका एउटा पनि कम्पनीले तेल नल्याएपछि गुणस्तर तथा मूल्यको कुरै आएन,' कोइरालाले भने, 'इजाजत नपाउँदासम्म दिनको पाँचपल्ट धाउनेहरु अहिले देखिनै छाडेका छन्।'
भारतको अघोषित नाकाबन्दीपछि सरकारले अर्को व्यवस्था नभएसम्म विदेशबाट पेट्रोलियम पदार्थ निजी कम्पनीले पनि पैठारी गर्न सक्ने निर्णय गरेको थियो।
अनुमति पाएका कम्पनीहरुले भारत, बंगलादेश र चीनबाट इन्धन ल्याउने योजना सुनाएका थिए। मूल्य हाल बजारमा चलेको भन्दा बढी प्रस्ताव गरेका थिए। तत्कालको संकट टार्न भन्दै विभागले उनीहरुले प्रस्ताव गरेको मूल्य नै स्वीकृत गरेको स्रोतले बताएको छ।