सलकपुर (इलाम)- मंसिर सुरु हुनेबित्तिकै सुनसरह पहेंलपुर सुन्तला फल्ने दक्षिणी इलामको सलकपुर पर्यटक आगमनले चम्किन्छ। सुन्तलाका पहेँला दानामा उदाउँदो सूर्यको किरण पर्दा दृश्य साँच्चै मनमोहक बन्छ। किसान पनि यति उत्साहित हुन्छन् कि, खुसीको सीमै रहँदैन। तर, अब यो विगत बन्दैछ।केही वर्षयता सुन्तलाको बोट रोगाउने, उत्पादन घट्नेलगायत समस्या बढेपछि किसानको टाउको दुखाइ सुरु भएको छ। धेरैले सुन्तला मासेर अलैंची खेती थालेका छन्। 'अब सलकपुरको सुन्तला विगत हुने निश्चित छ,' स्थानीय मणि राई भन्छन्, 'उत्पादनमा गिरावट, उपचार गर्नै नसकिने खालको रोग लगायत समस्याले धेरैले सुन्तलाबारी मासिसके।'
'सुन्तला गाउँ'ले परिचित सलकपुरमा मंसिर लागेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ, त्यो सुन्तलाबारीकै आकर्षणले हो। तर, धेरैको रोजाइमा पर्ने सलकपुरमा सुन्तला मासिन थालेपछि स्थानीयबासी आम्दानीको बाटो गुम्ने चिन्तामा छन्। पहेंलपुर हुने सलकपुर गाउँ यो वर्ष त्यस्तो छैन।
जिर्मले–१, २ र ३ नम्बर वडामा सुन्तला फल्छ। तर, आधुनिक कृषि प्रणालीको विकास हुन नसक्दा बर्सेनि उत्पादन घट्दो छ, जसका कारण सलकपुरका किसान वैकल्पिक खेती रौज्दैछन्। किसानले सुन्तलाको ठाउँमा अलैंची रोप्न थालेका हुन्। सलकपुरका अगुवा किसान याम अधिकारीका अनुसार सुन्तलाको व्यावसायिक खेतीमा राज्यले सहयोग नगर्दा र आधुनिक प्रणाली विकास नहुँदा उत्पादन घट्दै गएको छ। 'किसानमा उत्साह थियो, जाँगर थियो र सुन्तलाको व्यावसायिक खेतीमा हामी रमाएका थियौं,' नर्सरी उद्योगका सञ्चालक उनी भन्छन्, 'उत्पादनमा ह्रास आएपछि निराशा छाएको छ।'
सुन्तला सलकपुरको पहिचान हो। त्यहाँ उत्पादित रसिलो सुन्तला काठमाडौंदेखि भारतको कोलकातासम्म पुग्छ। किसानले वर्षभरिको थकान लटरम्मै सुन्तला फलेपछि बिर्सन्छन्। केही वर्षयता सुन्तलाले निरास बनाउन थालेको अधिकारी बताउँछन्। 'दुई बाली लगाउने सोचले अलैंची खेती गर्न थाल्यौं,' अधिकारीले भने, 'तर, फरक प्रकृतिको बाली भएका कारण अलंैची लगाउन थालेपछि बिस्तारै सुन्तला मासिँदै गयो।' त्यसमा धेरै हदसम्म रोगले सुन्तला मर्न थालेपछि किसान निरास बनेको उनको बुझाइ छ।
आम्दानी पनि अलैंचीबाटै राम्रो हुने भएकाले किसानले सुन्तलालाई खासै चासो दिएनन्।
सुन्तलाको मुख्य सिजन सुरु भएको छ। तर, सधैं पहेंलपुर हुने सलकपुरमा यस वर्ष त्यति धेरै सुन्तला उत्पादन हुन सकेन, जति अपेक्षा गरिएको थियो। ५० वर्षभन्दा बढीदेखिको व्यावसायिक सुन्तला खेती मासिन थालेपछि किसान चिन्तित छन्। 'एक वर्ष राम्रो र एक वर्ष अलिक कम फल्ने बाली हो,' सलकपुरका व्यवसायी सुवास तामाङले भने, 'यस वर्ष विभिन्न रोगका कारण सुन्तला फल्न सकेन। यहाँको पहिचान जोगाउन युवा व्यवसायी जिल्ला कृषि कार्यालयसँग सहकार्य गरेर सुन्तला खेतीको प्रवर्द्धनमा जुटेका छौं।'
कृषि विकास कार्यालय इलामले पनि सलकपुरको सुन्तला प्रवर्द्धन गर्ने केही योजना ल्याएको तामाङले बताए। अलैंची र सुन्तला सँगसँगै उत्पादन गर्न सक्ने प्रणालीको खोजीमा कार्यालय जुटेको उनी बताउँछन्।
सलकपुरका सयभन्दा धेरै किसान व्यावसायिक खेतीमा छन्। एकजनाले ५० क्विन्टलका दरले पाँच हजार क्विन्टल सुन्तला सलकपुरमा उत्पादन हुन्थ्यो। तर, यो वर्ष सात सय क्विन्टल उत्पादन हुने प्रक्षेपण गरिएको व्यवसायी टंक थापाले बताए। 'यहाँबाट पाँच सय गाडी सुन्तला बाहिर जान्थ्यो,' उनले भने, 'यस वर्ष ६० गाडी जान पनि मुस्किल छ। बजारमा माग अत्यधिक छ, बोटमा सुन्तला छैन।'
काँकरभिट्टाबाट २३ किलोमिटर उत्तरमा रहेको यो ठाउँ सुन्तलाकै कारण चर्चित छ। ५० देखि ६० रुपैयाँ प्रतिकिलोका दरले थोक मूल्यमा बिक्री हुने सुन्तला विर्तामोड, दमक, विराटनगर, धरान, पोखरा, काठमाडौंलगायत नेपालका विभिन्न भागमा पुग्थ्यो। भारतको दार्जिलिङदेखि कोलकासम्म सलकपुरको सुन्तला लोकप्रिय छ।