निगमका थानकोट डिपो प्रमुख पक्राउ
२७ मंसिर २०७२
•
६ मिनेट पाठ
निगमका थानकोट डिपो प्रमुख पक्राउ
काठमाडौं- इन्धन अभावको मौका छोपेर अनियमितता गरेको आरोपमा मुछिएका नेपाल आयल निगम थानकोटका डिपो प्रमुख रविन शर्मा पक्राउ परेका छन्। प्रहरी, दमकल र सेनालाई बाँड्नुपर्ने इन्धन आफन्तलाई बाँडेको वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिनमा परेका शर्मालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको हो।




उनलाई महाशाखाले आइतबार पम्प सञ्चालकसँग मिलेर उपभोक्ता ठगी गरेको आरोपमा पक्रेको हो। कालोबजारीमा संलग्न रहेको आरोपमा उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।

निगमले अपारदर्शी रुपमा इन्धन वितरण गरेर कालोबजारी गरेको आक्षेप लागेपछि पछिल्लो समय गोरखापत्रमा सूचना निकालेर इन्धन वितरण थाले पनि शर्माले यस्तो सूचनामा परेको पम्पलाई इन्धन नदिएर आफू निकटका पम्प सञ्चालकलाई इन्धन दिएको खुलेपछि आयल निगमले उनलाई प्रष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

डिजिटल नोजलमा चिप्स प्रयोग गरी उपभोक्ता ठगी गर्ने पम्प सञ्चालक र प्राविधिकलाई पक्राउ गरी प्रहरीले उपभोक्ता ठगीविरुद्ध विशेष अप्रेसन चलाउँदा थानकोट डिपोका एक कर्मचारी हेमविक्रम बरालसमेत पक्राउ परेका थिए।

महाशाखाले पम्प मर्मतको जिम्मेवारी लिएका भारतीय नागरिकले पम्प सञ्चालकसँगको मिलेमतोमा चिप्स जडान गरी तोकिएभन्दा कम परिमाणको तेल दिएर उपभोक्ता ठग्ने गरेको खुलेपछि त्यस्ता १३ पम्पमा छापा मारेर सञ्चालक र उनीहरुलाई सघाउने भारतीय प्राविधिकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। उनीहरुको बयानबाट शर्माको नाम आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए।

महाशाखा स्रोतका अनुसार तोकिएभन्दा कम परिमाणमा तेल दिएर ठगी गरेको भन्दै शर्माविरुद्ध गुणस्तर तथा नापतौल विभागमा समेत उजुरी पुगे पनि विभागले कारबाही प्रक्रिया अगाडि बढाएको थिएन। १२ हजार लिटर क्षमताको ट्यांकरमा तेल पठाए पनि परिमाण भने ११ हजारभन्दा बढी नभेटिएपछि उनीविरुद्ध उजुरी परेको स्रोतले जानकारी दियो।

अत्यावश्यक सेवाका लागि निगमले छुट्याएको कोटाको इन्धन आफूनिकटका पम्प सञ्चालकलाई पठाएर कालोबजारी गरेको भन्दै शर्माविरुद्ध प्रहरीमा समेत गुनासो आएको स्रोतले जानकारी दियो।

प्रहरीले पेट्रोल, डिजेल वितरण गर्ने डिजिटल नोजलमा चिप्स जडान गरी रिमोटमार्फत आफू अनुकूलको परिमाण देखाएर उपभोक्ता ठगी गरेको आरोपमा प्राविधिक भारतीय नागरिक मोहम्मद अबरार, नसिम सिद्धिकी, आयुब आलम, शेख इम्तिहाज र हमिद हुसेनलाई पक्रेको थियो।

उनीहरुले खुलाएको पम्पमा छापा मार्दा चिप्स र रिमोट फेला परेपछि प्रहरीले गायत्रीदेवी आयल स्टोर्सका शैलेन्›नाथ बादे, श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्स, चापागाउँका शिव तिमल्सिना, युनिक फ्युल सेन्टर, बालकुमारीका गोपाल महर्जन, त्रिशक्ति फ्युल सेन्टर, सानेपाका युनुष प्रधान, क्रिस्टल फ्युल सप्लायर्स, बालाजुका कल्याण खड्का, भक्तपुर फ्युल सेन्टर, आदर्श बस स्टपका पुण्यराम बखाडेया र न्यु बगलामुखी आयल स्टोर्सका सञ्चालक सीताराम घिमिरेलाई पक्रेको थियो।

राजधानी आयल, गोपीकृष्ण, न्यु पुष्पाञ्जली आयल ट्रेडर्स प्रालि, जयबागेश्वरी, पूजाकोठी आयल स्टोर्स, नयाँ बसपार्क, दिव्या सप्लायर्स, सामाखुसीमा समेत छापा मारेर ठगीमा प्रयोग भएको उपकरण बरामद गरे पनि सञ्चालक पक्राउ परेका थिएनन्।

एसएसपी खनालले अगाडि कालोबजारीमा पक्राउ परेका पम्प सञ्चालक र भारतीय प्राविधिकले ठगी सञ्जालमा शर्माको नामसमेत लिएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको र कालोबजारीको अभियोगमा अनुसन्धान अगाडि बढाउने जानकारी दिए।

'अहिले हामीले पक्राउ गर्नुको कारण यसअगाडि पक्राउ परेकाहरुको बयान नै हो,' उनले नागरिकसँग भने, 'अनुसन्धान क्रममा अन्य विषय खुले त्यसबारे पनि अनुसन्धान हुन्छ।'
अर्को समाचार
इन्धन कालोबजारीमा निगमकै कर्मचारी, निगमका थानकोट डिपो प्रमुख पक्राउ
२७ मंसिर २०७२
•
६ मिनेट पाठ
इन्धन कालोबजारीमा निगमकै कर्मचारी, निगमका थानकोट डिपो प्रमुख पक्राउ
काठमाडौं-इन्धन अभावको मौका छोपेर अनियमितता गरेको आरोपमा मुछिएका नेपाल आयल निगम थानकोटका डिपो प्रमुख रविन शर्मा पक्राउ परेका छन् । प्रहरी, दमकल र सेनालाई बाँड्नुपर्ने इन्धन आफन्तलाई बाँडेको वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिनमा परेका शर्मालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको हो ।




उनलाई महाशाखाले आइतबार पम्प सञ्चालकसँग मिलेर उपभोक्ता ठगी गरेको आरोपमा पक्रेको हो । कालोबजारीमा संलग्न रहेको आरोपमा उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

निगमले अपारदर्शी रुपमा इन्धन वितरण गरेर कालोबजारी गरेको आक्षेप लागेपछि पछिल्लो समय गोरखापत्रमा सूचना निकालेर इन्धन वितरण थाले पनि शर्माले यस्तो सूचनामा परेको पम्पलाई इन्धन नदिएर आफू निकटका पम्प सञ्चालकलाई इन्धन दिएको खुलेपछि आयल निगमले उनलाई प्रष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

डिजिटल नोजलमा चिप्स प्रयोग गरी उपभोक्ता ठगी गर्ने पम्प सञ्चालक र प्राविधिकलाई पक्राउ गरी प्रहरीले उपभोक्ता ठगीविरुद्ध विशेष अप्रेसन चलाउँदा थानकोट डिपोका एक कर्मचारी हेमविक्रम बरालसमेत पक्राउ परेका थिए ।

महाशाखाले पम्प मर्मतको जिम्मेवारी लिएका भारतीय नागरिकले पम्प सञ्चालकसँगको मिलेमतोमा चिप्स जडान गरी तोकिएभन्दा कम परिमाणको तेल दिएर उपभोक्ता ठग्ने गरेको खुलेपछि त्यस्ता १३ पम्पमा छापा मारेर सञ्चालक र उनीहरुलाई सघाउने भारतीय प्राविधिकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । उनीहरुको बयानबाट शर्माको नाम आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

महाशाखा स्रोतका अनुसार तोकिएभन्दा कम परिमाणमा तेल दिएर ठगी गरेको भन्दै शर्माविरुद्ध गुणस्तर तथा नापतौल विभागमा समेत उजुरी पुगे पनि विभागले कारबाही प्रक्रिया अगाडि बढाएको थिएन । १२ हजार लिटर क्षमताको ट्यांकरमा तेल पठाए पनि परिमाण भने ११ हजारभन्दा बढी नभेटिएपछि उनीविरुद्ध उजुरी परेको स्रोतले जानकारी दियो ।

अत्यावश्यक सेवाका लागि निगमले छुट्याएको कोटाको इन्धन आफूनिकटका पम्प सञ्चालकलाई पठाएर कालोबजारी गरेको भन्दै शर्माविरुद्ध प्रहरीमा समेत गुनासो आएको स्रोतले जानकारी दियो ।

प्रहरीले पेट्रोल, डिजेल वितरण गर्ने डिजिटल नोजलमा चिप्स जडान गरी रिमोटमार्फत आफू अनुकूलको परिमाण देखाएर उपभोक्ता ठगी गरेको आरोपमा प्राविधिक भारतीय नागरिक मोहम्मद अबरार, नसिम सिद्धिकी, आयुब आलम, शेख इम्तिहाज र हमिद हुसेनलाई पक्रेको थियो ।

उनीहरुले खुलाएको पम्पमा छापा मार्दा चिप्स र रिमोट फेला परेपछि प्रहरीले गायत्रीदेवी आयल स्टोर्सका शैलेन्द्रनाथ बादे, श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्स, चापागाउँका शिव तिमल्सिना, युनिक फ्युल सेन्टर, बालकुमारीका गोपाल महर्जन, त्रिशक्ति फ्युल सेन्टर, सानेपाका युनुष प्रधान, क्रिस्टल फ्युल सप्लायर्स, बालाजुका कल्याण खड्का, भक्तपुर फ्युल सेन्टर, आदर्श बस स्टपका पुण्यराम बखाडेया र न्यु बगलामुखी आयल स्टोर्सका सञ्चालक सीताराम घिमिरेलाई पक्रेको थियो ।

राजधानी आयल, गोपीकृष्ण, न्यु पुष्पाञ्जली आयल ट्रेडर्स प्रालि, जयबागेश्वरी, पूजाकोठी आयल स्टोर्स, नयाँ बसपार्क, दिव्या सप्लायर्स, सामाखुसीमा समेत छापा मारेर ठगीमा प्रयोग भएको उपकरण बरामद गरे पनि सञ्चालक पक्राउ परेका थिएनन् ।

एसएसपी खनालले अगाडि कालोबजारीमा पक्राउ परेका पम्प सञ्चालक र भारतीय प्राविधिकले ठगी सञ्जालमा शर्माको नामसमेत लिएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको र कालोबजारीको अभियोगमा अनुसन्धान अगाडि बढाउने जानकारी दिए ।

'अहिले हामीले पक्राउ गर्नुको कारण यसअगाडि पक्राउ परेकाहरुको बयान नै हो,' उनले नागरिकसँग भने, 'अनुसन्धान क्रममा अन्य विषय खुले त्यसबारे पनि अनुसन्धान हुन्छ ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस