काठमाडौं- नापतौल तलमाथि पारी व्यापारीबाट हुन सक्ने ठगी नियन्त्रण गर्ने जिम्मेवारी बोकेको सरकारी निकायमै यसको सेटिङ मिलाउने गरिएको खुलेको छ। इन्धन वितरण गर्ने 'नोजल' मा गियर वा चिप्ससहितको रिमोट जडान गरी हुँदै आएको उपभोक्ता ठगीको जालो केलाउने क्रममा प्रहरीले गुणस्तर तथा नापतौल विभागमै यस्तो सेटिङ हुने गरेको फेला पारेको हो।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पम्पहरुको मर्मत जिम्मेवारी पाएका भारतीय नागरिक नसिम सिद्दिकीसँग मिलेर विभागका तत्कालीन प्रमुख विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहले ठगीका लागि प्राविधिक सेटिङ गराएका थिए।
उनले व्यवसायीलाई आफ्नै कार्यालयमा बोलाएर सिद्दिकीसँग भेटाउने र उपभोक्तालाई कम परिमाण तेल दिएर ठग्न मिल्ने गरी नोजल छेडछाड गराउने सेटिङ मिलाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार नेपालमा डिजिटल नोजल साहकै पालामा भित्रिएको हो। त्यसअघि 'म्यानुअल' नोजलको गियर छेडछाड गरेर तेल परिमाण 'तलमाथि' पार्दै आएका थिए। डिजिटल नोजल प्रयोगमा ल्याइएपछि कसरी ठग्ने भन्ने समस्या भएपछि व्यवसायी सहयोग लिन साहकहाँ पुगेका थिए।
२५ वर्षदेखि नेपालमा बसेर पम्पको नोजल मर्मत गर्दै आएका भारत, मोतिहारीका सिद्दिकीलाई विभागले उपत्यकाभरिको पम्पको नोजल मर्मत गर्ने जिम्मेवारी दिएको थियो। साहकै आग्रहमा सिद्दिकीले डिजिटल नोजल बिगारेर परिमाणमा ठग्ने सेटिङ मिलाइदिएका थिए। त्यसका लागि सिद्दिकीले भारतबाट थप प्राविधिक झिकाएर काम गरेका थिए।
महानगरीय प्रहरी अपराध महाशाखाले साहलाई आइतबार पक्राउ गरेर अनुसन्धान बढाएको छ।
डिजिटल नोजलमा चिप्स प्रयोग गरेर रिमोटमार्फत डिस्प्ले नियन्त्रण गर्न सकिने प्रविधिबारे जानकार साहले सिद्दिकीलाई कार्यालयमा बोलाएर इन्धन व्यवसायीसँग भेटाएर नोजल छेडछाडमा सघाउन सल्लाह दिएको पक्राउ परेका व्यवसायी र प्राविधिकको बयानमा खुलेपछि महाशाखाले साहलाई पक्राउ गरेको हो। उनीमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइसकेको छ।
'उपभोक्ता ठगी गर्ने पम्पसञ्चालक र सघाउने प्राविधिक पक्राउपछि अनुसन्धानमा साहको समेत संलग्नता देखियो,' महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, 'सिद्दिकीसँग मिलेर साहले पम्पसञ्चालकलहरुलाई नोजल छेडछाडमा सघाएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि उनलाई पनि पक्राउ गरी अनुसन्धान दायरामा ल्याएका हौं।'
प्रहरीले सिद्दिकीसँगै उनको समूहका अयुब आलम, हमिद हुसेन, मोहम्मद अबरार र सेख इम्तिहाजलाई समेत पक्राउ गरेको थियो। यी सबै भारतीय हुन्। भारतीय गिरोह पक्राउपछि प्रहरीले उनीहरुलाई सँगै लिएर काठमाडौं, ललितपुर र भक्तपुरका १७ वटा पम्प छापा मारेको थियो।
पक्राउ परेका पम्पसञ्चालकले समेत सिद्दिकीको बयान पुष्टि गरेपछि साहलाई पक्राउ गरिएको महाशाखाका अधिकारी बताउँछन्।
व्यापारीको बयानले शर्मा फन्दामा
भारतीय प्राविधिक र पम्पसञ्चालकले नियमित इन्धन ल्याउन नेपाल आयल निगमका अधिकारीलाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यताले नोजल छेडछाड गरी ठगी गरेको बयान दिएपछि प्रहरीले आयल निगमको थानकोट डिपोका अधिकारीमाथि निगरानी बढाएको थियो।
प्रहरी अनुसन्धानमा चिप्स र रिमोट प्रयोग गरी उपभोक्ता ठगी गर्ने पम्पमै आयल निगमको थानकोट डिपोबाट बढी इन्धन जाने गरेको र त्यसका लागि मासिक रकमै संकलन हुने गरेको खुलेपछि प्रहरीले थानकोट डिपो प्रमुख रविन शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार निगमका अधिकारीलाई बुझाउने पैसा संकलनमा नेपाल पेट्रोलियम डिलर्स एसोसिएनका कर्मचारी हेमविक्रम बरालको बयानमा समेत शर्माको नाम जोडिएको छ।
प्रहरीले नोजल छेडछाड र प्रक्रियाबाहिर गएर इन्धन व्यवस्थापनमा सघाएको आरोपमा उनलाई पक्राउ गरेको थियो।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पम्पसञ्चालकले निश्चित रकम नदिएसम्म तेलको 'क्यु' नै नलाग्ने र अतिरिक्त रकम दिँदासमेत तोकिएअनुसार परिमाण तेल नआउने गरेको प्रहरी बयानमा खुलाएका थिए।
भारतीय नाकाबन्दीसँगै बढेको इन्धन अभावको मौका छोपेर शर्माले प्रहरी, दमकल र सेनालाई बाँड्नुपर्ने इन्धन आफन्तलाई बाँडेको र तेल वितरण सूचीमा परेको पम्पलाई तेल नदिएर आफन्तको पम्पलाई दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले यसअगाडि पक्राउ परेका पेट्रोल व्यवसायीको बयानका आधारमा शर्मालाई पक्राउ गरिएको बताउँछन्।
बरालको बयानबाट उनले पम्पबाट मासिक रकम उठाउने र उक्त रकम शर्मालाई बुझाउने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको थापाले नागरिकलाई जानकारी दिए।
अनुसन्धानलाई तीन दिन
मंसिर ८ मा छापा मारिएको १३ पम्पका सात जना सञ्चालक, पाँच प्राविधिक र एक सहयोगीलाई ठगी र कालोबजारीमा अनुसन्धान भइरहेको छ। पक्राउको २५ दिनभित्र अदालतमा मुद्दा दर्ता भइसक्नुपर्ने कानुनी प्रावधान छ। साह र शर्मासमेत सोही प्रकरणमा जोडिएकाले प्रहरीसँग उनीहरुको संलग्नता पुष्टिका लागि थप प्रमाण संकलन गर्ने समय तीन दिन मात्र छ।
अनुसन्धानका लागि हिरासतमा राख्न महाशाखाले सोमबार काठमाडौं जिल्ला अदालतसँग म्याद माग्दा तीन दिन दिएको एसपी थापाले जानकारी दिए। 'यसबीचमा अनुसन्धानका सबै प्रक्रिया पूरा गरेर १३ सञ्चालकमध्ये पक्राउ ७ र फरार ६, प्राविधिक, सहयोगीसँगै साह र शर्माबारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँछौं।'