झापा- भारतीय नाकाबन्दी र मध्यतराईमा जारी तनावका कारण पूर्वी नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा भारी गिरावट आएको छ । नाकाबन्दीको प्रत्यक्ष प्रभाव नेपाल, बंगलादेश र भुटानबीचको त्रिपक्षीय व्यापारमा परेको हो । व्यापार धराशयी हुनुका पछाडि भारतले लगाएको नाकाबन्दी र मधेसी मोर्चाको अवरोधको मुख्य हात छ ।
काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका अनुसार देशका मुख्य नाका अवरुद्ध हुँदा आयात–निर्यातमा गिरावट आएकाले त्यसको असर तीन देशबीच हुने व्यापारमा देखिएको छ । कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०७२÷७३ को पाँच महिनामा काँकडभिट्टा नाका हुँदै ७२ करोड १८ लाख ८१ हजार रुपैयाँको सामान बंगलादेशबाट आयात भएको छ । गत साउनदेखि मंसिर २० सम्ममा तीन लाख ९५ हजार रुपैयाँको सामान बंगलादेश निर्यात भएको कार्यालयले जनाएको छ । भन्सार अधिकृत निर्माणकुमार भट्टराईका अनुसार बंगलादेशबाट कटन कपडा, औषधि, धुप बनाउने पाउडर, आलु, रबर, साबुन, स्याम्पु, बिस्कुट, प्लास्टिक ह्यांगर र कस्मेटिक आयात गरिन्छ ।
मुसुरो दाल, भैंसीको छाला, डाबर नेपालका उत्पादन, चोकर, सागसब्जी, गहुँलगायत सामान निर्यात हुन्छ । तर, चालु आवको यो अवधिमा तीन लाख ९५ हजार मूल्यको चिराइतो मात्रै निर्यात भएको भट्टराईले बताए । साउन–कात्तिकसम्म त केही पनि निर्यात हुन सकेन । मंसिरमा चिराइतो बंगलादेश निर्यात भएको हो । 'हरेक महिना बंगलादेशसँगको व्यापार ओरालो लाग्दैछ,' एक भन्सार अधिकृतले भने, 'नाकाबन्दी र मधेस आन्दोलनको प्रभावले निर्यात तहसनहस भएको हो ।'
बंगलादेशसँगको व्यापार यसै पनि समस्याग्रस्त छ । भारतीय नाकाबन्दीले झन ठूलो संकट खडा गरेको छ । मेची उद्योग वाणिज्य संघका महासचिव बसन्त तिवारी भन्छन्, 'नेपालबाट मुसुरो दाल र गहुँ निर्यात अत्यधिक भएकाले व्यापार सन्तोषजनक थियो । अहिले नाकाबन्दी र मधेस आन्दोलनका कारण नेपाल र बंगलादेशबीचको व्यापार शून्यमा झर्न लागेको छ ।' कारोबारका लागि परिस्थिति सहज नभएकाले व्यापार ओरालो लागेको बंगलादेशसँगको व्यापारमा एजेन्टको काम गर्दै आएका अंकिता ट्रेडर्सका सञ्चालक कृष्णकान्त खनिया बताउँछन् ।
'एक महिनामा ५० हजार कार्टुन लिजी आउँथ्यो, अहिले तीन महिनामा १० हजार कार्टुन पनि पुगेको छैन,' खनियाले भने, 'मासिक ५० वटा गाडी चकलेट र अन्य सामान लिएर आउँथे, अहिले पाँचवटा पुग्न गाह्रो छ । नाका सहज छैन ।' काँकडभिट्टा नाकाबाट नेपालमा उत्पादित वस्तु बंगलादेश निर्यात र उताका उत्पादन नेपाल आयात हुने गरेको छ ।
सो अवधिमा नेपालबाट भुटानतर्फ निर्यातै नभएको भन्सारले जनाएको छ । कार्यालयका अनुसार चालु आवको मंसिर २० सम्ममा ११ करोड ७१ लाख २२ हजार रुपैयाँको सामान आयात भएको छ । दुई देशबीच हुने व्यापार लामो समयदेखि भुटानकै पक्षमा छ । पूर्वी नाका हुँदै भुटानतर्फ निर्यात हुने सामान उताबाट आयात हुनेभन्दा कम छ । नेपालका उत्पादन सोझै भुटान पठाउन र उताबाट सोझै आयात गर्न नपाइने भएकाले समस्या बेहोर्नुपरेको व्यवसायीले बताउँछन् । भुटानसँग व्यापार गर्दा भारतीय बाटो प्रयोग गर्नुपर्ने र त्यस क्रममा भारत सरकारले आधिकारिक कागजात माग्ने र भुटानसँग नेपालको व्यापार सन्धि नभएकाले त्यस्ता कागजात उपलब्ध गराउन नमिल्ने भएकाले भुटानसँग सोचेअनुरूपको आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको व्यवसायी बताउँछन् ।
बंगलादेशबाट साउनमा १९ करोड ४४ लाख ९७ हजार मूल्यको सामान आयात भए पनि नाकाबन्दीपछि स्वाट्टै घटेको छ । असोजमा १२ करोड रुपैयाँको सामान आयात गरिएको थियो । भदौमा १७ करोड ९२ लाख ३२ हजार तथा कात्तिकमा १३ करोड ८६ लाख ४७ हजारको सामान आयात भयो । मंसिर २० सम्ममा आठ करोड ८२ लाख ३० हजार रुपैयाँको सामान आयात भएको कार्यालयको तथ्यांक छ । कोक, स्प्राइट, विभिन्न अल्कोहल, पत्थर–कोइला, जिप्सम पुटिन पट्टि, चुनढुंगा, क्याल्सियम कार्बोनेट, जुस, जामलगायत वस्तु भुटानबाट आयात हुने गरेको भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।
नेपालबाट खाद्य सामग्री र भेनियर निर्यात हुन्छ । साउनमा एक करोड २३ लाख ७३ हजार रुपैयाँको सामान आयात भएकोमा नाकाबन्दीपछि मासिक ५० लाख रुपैयाँको पनि भित्रिन नसकेको भन्सारले जनाएको छ । मंसिर २० सम्म ४६ लाख ३८ हजार, कात्तिकमा ४२ लाख ३४ हजार र भदौमा ५९ लाख ७२ हजार रुपैयाँको आयात भएको छ ।