टीकापुर- हरेक वर्ष झैं यस वर्ष पनि शनिबारदेखि देशावर सुरु भएको छ। सामूहिक रूपमा कुलो खन्नुलाई देशावर भनिएको हो। कैलालीको पूर्वी क्षेत्रका बासिन्दाले हरेक वर्ष सिँचाइका लागि कर्णाली नदीबाट पानी ल्याउन कुलो खन्छन्। सरोकारवाला सबै जुटेर कुलो खन्ने काम १९५३ सालमा सुरु भएको बताइन्छ।
जिल्लाको टीकापुर र लम्की चुहा नगरपालिकाका साथै पथरैया, दुर्गौली, मुनुवा, धनसिंहपुर, नारायणपुर, जानकीनगर र प्रतापपुर गाविसका किसान चिसापानीमा कुलो खन्ने कार्यमा व्यस्त छन्। हरेक वर्ष झैं यस वर्ष पनि किसानको करिब एक महिना कर्णाली नदी किनारमा बित्नेछ। कोही नदीमा कुलो खन्न व्यस्त छन् भने कोही खाना पकाउन जुटेका छन्।
गत वर्ष मंसिर १७ गतेबाट 'देशावर' सुरु भएको थियो। यस वर्ष ढिलो गरी सुरु भएको मूल कुला समितिका कोषाध्यक्ष दामोदर खड्काले बताए।
रानी, जमरा र कुलरिया नदीमा सहज रूपमा पानी नआउँदासम्म किसान कुलो खन्ने कार्यमा व्यस्त रहन्छन्। कुलो खनेर नसक्दासम्म घर फर्किंदैनन्। उनीहरू जंगलमा रुखको ओत लागेर बस्छन्। घरबाट बोकेर लगेको खानेकुराको भरमा कुलो खन्नुपर्ने हुन्छ।
कुलो खन्न नगए प्रत्येक दिन पाँच सय रूपैयाँका दरले जरिवाना तिर्नुपर्ने नियम छ। जरिवाना तिर्नुपर्ने भएपछि प्रत्येक घरबाट एकजना अनिवार्य देशावर जाने गर्छन्। देशावरमा महिलाको सहभागिता पनि उत्तिकै छ।
देशावरमा सहभागी महिलालाई खाना पकाउने र पानी बोक्ने जस्ता काममा लगाउने गरेको पाइन्छ। पुरुषले भने आफ्नो गाउँको भागमा परेको क्षेत्रसम्मको कुलो सबै मिलेर खन्नुपर्ने हुन्छ।
खाना पकाउँदै गरेकी पथरैया गाविस जवलपुरकी सीता चौधरीले पति रोजगारीका लागि घर बाहिर रहेकाले देशावर आउनुपरेको बताइन्। 'काम गर्न नआए जरिवाना तिर्नुपर्छ, त्योभन्दा त आउनै पर्योल,' उनले भनिन्।
हरेक गाउँका बडघरले आफ्नो गाउँका लागि क्षेत्र निर्धारण गर्ने गर्छन्। उनकै निर्देशनमा त्यो गाउँका सबै किसानले अह्राएको काम गर्नुपर्ने हुन्छ। 'नसकुन्जेल काम गर्नुपर्छ,' कुलरिया कुला समिति सचिव धु्रवराज रावतले भने, 'जब बडघरले काम सकिएको घोषणा गर्छन्, तब मात्रै बास स्थानमा फर्किन पाइन्छ।'
देशावरको सबै व्यवस्थापन किसान आफैंले गर्नुपर्ने हुन्छ। तर, देशावर जाने कुराको निर्क्यौल भने मूल कुला समितिले गर्ने गर्छ। रानी, जमरा र कुलरिया गरी तीन नदीको छाता समितिका रूपमा मूल समिति रहेको हुन्छ।
यतिबेला खनेको कुलाको पानी फागुनमा धानको बेर्ना छर्दा काम लाग्छ। देशावर जानुलाई यस भेगका बासिन्दाले सामूहिक कार्यका रूपमा लिने गर्छन्। देशावरमा थारू र पहाडिया दुवै समुदायका मानिसको उत्तिकै सहभागिता रहने गर्छ।
तत्कालीन सरकारले २०४४ सालमा चितवनमा आयोजना गरेको बृहत् गोष्ठीमा देशावर जाने कार्यलाई एसियाकै सबैभन्दा ठूलो जनश्रमदान भनेर परिभाषित गरेको मूल कुला समिति उपाध्यक्ष लालवीर चौधरी बताउँछन्।
यी तीनवटा कुलाको इतिहास सय वर्षभन्दा बढी पुरानो छ। १९५३ सालमा रानी पदमकुमारी शाहले रानी कुलो खन्न लगाएकी थिइन्। रानीले खन्न लगाएकै कारण कुलाको नाम रानी कुलो राखिएको बूढापाका बताउँछन्। त्यस्तै उनीहरूकै भनाइअनुसार जमरा कुलो १९६० सालमा ढुण्डीराज शाही र कुलरिया कुलो १९७२ सालमा मधु र कन्हैया महतोले खन्न लगाएका थिए। यी तीनवटा कुलाको पानीले हाल सात गाविस र दुई नगरपालिकाको करिब १४ हजार हेक्टर भू–भाग सिञ्चित हुने गरेको छ।
परम्परागत रूपमा रहेका यी तीन कुलालाई मध्यनजर गरेर सरकारले सिँचाइ आयोजना निर्माण गरिरहेको छ। २०६६ सालदेखि निर्माण प्रक्रिया सुरु भएको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले जिल्लाको ४४ हजार हेक्टर भू–भाग सिँचित गर्ने लक्ष्य राखेको छ।