काठमाडौं- आन्दोलनरत मधेसकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले आइतबार गरेको तीनबुँदे निर्णयलाई भारतले 'सकारात्मक कदम' भन्दै स्वागत गरेको छ। नयाँ संविधानमा असन्तुष्टि जनाउँदै नेपालमाथि विगत तीन महिनादेखि घोषणाबिनै निरन्तर नाकाबन्दी लगाउँदै आएको भारतले सोमबार एकाएक चारबुँदे विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक विकासक्रमको खुलेर प्रशंसा गरेको हो।
'यी विकसित गतिविधिलाई भारत सरकार सकारात्मक कदमको रुपमा स्वागत गर्दछ। यसले नेपालको वर्तमान समस्या समाधान गर्ने आधार तय गरेको छ,' भारतीय विदेश मन्त्रालयद्वारा सोमबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ।
आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले तराई मधेसमा आन्दोलनरत मधेसकेन्द्रित दलका माग सम्बोधन गर्ने भन्दै राज्यका निकायहरुमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने, प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, सीमांकन विवाद तीन महिनाभित्र सुल्झाउनेलगायत निर्णय गरेको थियो।
सरकारी वार्ता टोलीका संयोजक समेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा आन्दोलनरत दलसँग अनौपचारिक भेटघाट गरी मधेस आन्दोलनका सम्बन्धमा मन्त्रिपरिषदले पारित गरेको प्रस्ताव हस्तान्तरण गरेका थिए। त्यसपछि उनले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग टेलिफोनमा कुराकानी गरी सरकारले गरेका पछिल्ला कार्यबारे जानकारी गराएका थिए। यसैका आधारमा भारतीय विदेश मन्त्रालयले मन्त्रिपरिषद निर्णयलाई सकारात्मक कदम भन्दै स्वागत गरेको होे।
'एउटा छिमेकी र शुभेच्छुकको नाताले नेपालमा संविधानको विषयलाई लिएर आन्तरिक मतभिन्नता हुँदा बढेको अशान्तिप्रति भारतले गहिरो चिन्ता व्यक्त गर्दै आएको थियो,' विज्ञप्तिमा भनिएको छ, 'हामी सबै नेपाली राजनीतिक दलहरुलाई निर्धारित समयावधिभित्र आवश्यक परिपक्वता र लचकता प्रदर्शन गरी रचनात्मक संवादमार्फत संविधानका मुद्दामा सन्तोषजनक समाधान खोज्न आग्रह गर्दर्छौं।
उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षीलाई मन्त्रिपरिषदले संविधानको विषयलाई लिएर आन्दोलनरत मधेस केन्द्रित दलका माग सम्बोधन गर्न केही महŒवपूर्ण निर्णय भएको भन्दै जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।
थापाले आइतबारको मन्त्रिपरिषद बैठकले मधेस केन्द्रित दलका माग सम्बोधन गर्न गरेका सम्पूर्ण निर्णय पढेर समकक्षी स्वराजलाई सुनाएका थिए।
सोमबार जारी विज्ञप्तिमा नेपाल सरकारको पछिल्लो निर्णयले तीन महिनादेखि उसले लगाउँदै आएको नाकाबन्दीसमेत खुल्ने संकेत भारतले गरेको छ।
विज्ञप्तिमा भारतले स्पष्ट भनेको छ, 'नेपाल सामान्य अवस्थामा फर्केपछि दुई देशबीचको निर्वाध व्यापारलाई बढी सुरक्षित र उपयुक्त वातावरण प्रदान गर्ने विश्वास हामीले लिएका छौं।'
आइतबारको मन्त्रिपरिषद बैठकले मधेस केन्द्रित दलको आन्दोलनलाई सम्बोधन गर्न तीनवटा निर्णय गरेको थियो। पहिलो निर्णयमा राज्यका निकायहरुमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख छ।
त्यसका लागि संविधान संशोधनका निमित्त संसदमा पेस भएको विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउनेसमेत मन्त्रिपरिषदको निर्णय छ।
सरकारले दोस्रो निर्णयमा प्रदेश सीमांकन सम्बन्धमा आन्दोलनरत दलले उठाएका मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुरुप संविधानमा उपयुक्त व्यवस्था गर्ने उल्लेख गरेको छ। यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिने र उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन दिनेछ।
सरकारले तेस्रो निर्णयमा नागरिकतालगायत अन्य मागलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिने उल्लेख गरेको छ।
परराष्ट्रमन्त्री थापाले सोमबारै मधेस केन्दित्र दलका नेतालाई सरकारले गरेको निर्णय हस्तान्तरण गर्दै तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। त्यसपछि मात्र भारतलाई जानकारी गराएका थिए।