काठमाडौं- सरकारले तोकिएको समयअघि निर्माण पूरा गरे 'बोनस' दिने घोषणा गरेर काम सक्ने प्रयास गरे पनि ठेकेदारकै कारण मेलम्ची खानेपानी आयोजना अहिले अनिश्चित बनेको छ। नाकाबन्दीका कारण पर्याप्त इन्धनलगायत निर्माण सामग्री र रकम अभाव भएको भन्दै ठेकेदारले काम नगरेपछि आयोजना सकिने समय अनिश्चित बन्दै गएको हो। पछिल्लो संशोधित तालिकाअनुसार ठेकेदारले २०७३ भदौभित्र सम्पूर्ण काम सक्नुपर्छ। तर, काम गराइको यही गतिले आउँदो ३/४ वर्षमा पनि आयोजना पूरा हुने सम्भावना देखिँदैन।भूकम्पले क्षति पुगेको पहुँचमार्ग निर्माण भइरहँदा भारतले नाकाबन्दी गरेकाले तोकिएको समयमा आयोजना नहुने सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले बताए। 'अहिले निर्माणको काम अस्तव्यस्त छ, विस्तृत अध्ययन गरेपछि मात्र समय थपिन्छ,' उनले नागरिकसँग भने।
दुईपटक समय थपे पनि काम सकिने संकेत नदेखिएपछि 'मेलम्ची खानेपानी विकास समिति' तेस्रो पटक समय थप्ने तयारी गरेको छ। तर, अहिले समय थप्ने विषयमा छलफल नै नभएको समितिका कार्यकारी निर्देशक घनश्याम भझराईले नागरिकलाई बताए।
'ठेकेदारले कति रकम र समय दाबी गर्छ, त्यसको आधारमा परामर्शदाताले सिफारिस गर्छ,' उनले भने, 'त्यसपछि मात्र सञ्चालक समितिले अन्तिम निर्णय गर्नेछ।' ठेकेदार भने २/३ वर्ष समय थप्न दबाब दिने र समयअघि काम सकेर बोनस खाने खेलमा लागेको उनले बताए।
सम्झौताअनुसार काम नगरेपछि चिनियाँ सिआरसिसी–सिएमआइई चाइना जेभीसँग ठेक्का तोडेर प्रतिस्पर्धाबाट इटालियन ठेकेदार नियुक्त गरिएको थियो। इटलियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेनाले पनि काम नगरेपछि समिति ठेकेदारलाई दबाब दिएरै काम गराउने तयारीमा छ।
तोकिएको समयअघि काम पूरा भए सरकारले सम्झौता रकमको ०.०५ प्रतिशतका दरले अधिकतम ९ प्रतिशतसम्म (करिब ६५ करोड रुपैयाँ) बोनस दिने समेत निर्णय गरेको छ। उसले बढी समय लगाए सोहीअनुसार क्षतिपूर्ति तिराउने प्रावधान राखिएको छ। तर ठेकेदारले काममा ढिलाइ गर्दा बोनसभन्दा बढी रकम असुल गर्न सकिने कामलाई तीव्रता दिएको छैन।
'ठेकेदारले सधैं रकम अभावले काम गर्न नसकेको गुनासो मात्र गर्दै आएको तर रकम दिन लागि योजना माग्दा पछि हट्ने गरेको भट्टराईको भनाइ छ। 'चिठी लेखेर पैसा पाइन्छ भन्ने सोच ठेकेदारको छ, त्यसरी हामीले दिन सक्दैनौं,' उनले भने, 'स्थानीयस्तरमा समेत रकम नभएकैले काम गर्न नसकेको भन्ने भ्रम फिँजाएको छ।'
क्रिसमस छुट्टी भएकाले ठेकेदार फर्केको छ। अब पुसको दोस्रो सातापछिमात्र काम सुरु हुने भट्टराईले जानकारी दिए। उनका अनुसार पुस दोस्रो सातादेखि काम सुरु गरे पनि २०७३ भित्र काम सकिनेछ। तर, ठेकेदारले बेइमानी गरिरहेको आयोजनाका अधिकारीको तर्क छ।
प्रतिदिन ३६ मिटरका दरले सुरुङ खन्ने गरी ठेकेदारले सम्झौता गरेको थियो। तर, अहिले दैनिक ६/७ मिटरको काम पनि नगरेको भट्टराईले बताए। यही गतिमा काम भए फागुनसम्म सुरुङको काम सकेर बाँकी काम गर्न सकिन्छ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको साढे १७ करोड लिटर पानी काठमाडौं सुन्दरीजलसम्म ल्याउन करिब २८ मिटर सुरुङ खन्नुपर्छ। तर, दुई वर्षसम्म करिब ८ किलोमिटरमात्र खनिएको छ। ६ किलनोमिटर यसअघि चिनियाँ ठेकेदारले खनेको थियो।
इटालियन ठेकेदारसँग २०७० असार ३१ मा सम्झौता भएको थियो। भौगोलिक अवस्था जटिल रहेको र रकम अभाव हुँदा काम गर्न नसकेको ठेकेदारको दाबी छ। तर भुक्तानीमा कुनै समस्या नरहेको र उसको कामअनुसार शतप्रतिशत नै भुक्तानी गरिएको भट्टराईले बताए।
ठेकेदारलाई हालसम्म उसको कामको प्रगतिका आधारमा करिब डेढ अर्ब रुपैयाँ भुक्तानी गरिएको समितिले जानकारी दियो। तर, आर्थिक अभाव देखाउँदै उसले काम मात्रै रोकेको छैन, त्यहाँ काम गरिरहेका ६ सय ५० कर्मचारीलाई समेत तलब दिएको छैन। भट्टराईका अनुसार ठेकेदारले तलब नदिएकाले अहिले स्थानीयले पनि काम गर्ने अवस्था छैन।
७ अर्ब २३ करोड रुपैयाँको ठेक्कामा ३ वर्ष ५ महिनामा सम्पूर्ण काम सक्नुपर्ने गरी सम्झौता भएको थियो। दुई वर्षसम्मको काम गतिले अर्को दुई वर्षसम्म पनि आयोजना पूरा हुने सम्भावना नरहेको भट्टराईको दाबी छ। ठेकेदारले गरेको प्राविधिक प्रस्तावअनुसार १० प्रतिशत पनि गरेको छैन।
एसियाली विकास बैंक (एडिबी) ले आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराएकाले छिटो काम सक्न दबाब दिँदै आएको छ। विगतमा विभिन्न राजनीतिक पार्टीको स्वार्थ, मेलम्चीमा जाने उच्च अधिकारी, त्यहीका कर्मचारी र ठेकेदारका कारण आयोजनामा ढिलाइ र अनियमितता हुँदै आएको थियो। तर अहिले इटलियन ठेकेदारकै कारण काम अघि बढ्न सकेको छैन।
आयोजनाको दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट १७–१७ करोड लिटरका दरले थप पानी काठमाडौंमा ल्याउने योजना छ। मेलम्चीबाट ल्याइने १७ करोड लिटर पानी सन् २०१५ सम्मको मागलाई मात्र पूरा गर्ने योजना थियो। पानीको माग बढ्दै गएकाले ती दुई खोलाको पानी पनि काठमाडौं ल्याउन पूर्वनिर्धारित योजनामा संशोधन गरिएको हो।