काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा भएको अनियमितताको मूल्यांकन गर्दै ठेकेदारलाई भुक्तानी गरेर काम थाल्ने जिम्मा ऊर्जा मन्त्रालयलाई दिएको छ। खुम्चिएको सुरुङ पुनर्निर्माणका क्रममा भ्रष्टाचार ठहर गर्दै झन्डै २ वर्षदेखि रकम भुक्तानी नदिन गरेको निर्देशनको चर्को आलोचना भएपछि मूल्यांकन गरी काम गराउने जिम्मा मन्त्रालयलाई दिएको हो। समितिको आइतबारको बैठकले भुक्तानी दिने विषयमा भएको अनियमितताको मन्त्रालय आफैंले छानबिन गरी छिटो आयोजना सक्नुपर्ने निर्णय गरेको छ।
समितिकै कारण काम अगाडि बढाउन नसकिएको भन्ने आरोप वा दोष नआउने गरी मन्त्रालयलाई सबै निर्णय गर्ने जिम्मा दिइएको बताए। 'हामीले कहिल्यै पनि काम रोक्नू भन्ने निर्देशन दिएका छैनौं,' बैठकमा उनले भने, 'नेपाल विद्युत प्राधिकरण र मन्त्रालयले यसलाई बनाए र काम गरेनन्।'
चार किलोमिटरमध्ये ८ सय ४३ मिटर सुरुङ खुम्चिएपछि चिनियाँ ठेकेदारले यसको पुनर्निर्माण गरिरहेको थियो। सिभिल ठेकेदार चाइना गेजुबा वाटर एन्ड ग्रुप कर्पोरेसन (सिजिजिसी) ले ६ सय ११ मिटर सुरुङ पुनर्निर्माणको करिब १ अर्ब ९ करोड रुपैयाँ रकम माग गर्दै आएको थियो। परामर्शदाताले समेत सिफारिस गरेको उक्त रकममा भ्रष्टाचार भएको भन्दै समितिले छानबिन सुरु गरेदेखि काम रोकिएको थियो।
उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आयोजनाको काम अब नरोकिने प्रतिबद्धता जनाए। 'खुम्चिएको सुरुङबाहेक अन्य क्षेत्रमा काम भइरहेको छ, भुक्तानी गर्न प्रस्ताव गरिएको रकमबारे छिटो मूल्यांकन हुन्छ र भुक्तानी दिइन्छ,' उनले भने, 'अबको एक वर्षभित्र आयोजना सक्ने गरी काम अघि बढ्छ।'
आयोजना पूरा भएपछि छानबिन गरेर दोषीलाई कारबाही गर्न सकिने हुँदा तत्काल ठेकेदारले मागेको रकम दिएर काम सुरु गर्नुपर्ने ऊर्जा सचिव सुमनप्रसाद शर्माले बताए। 'करिब ९५ प्रतिशत काम सकिएको छ, यही अवस्थामा छोडिराख्नु हुँदैन,' उनले भने, 'अग्रिम भुक्तानी दिएर अन्तिम भुक्तानीमा सबै मिलाउन सकिन्छ।'
आयोजनाको ठेकेदारलाई अनियन्त्रित भुक्तानी भएकोमा त्यस्तो नगर्न मात्रै निर्देशन दिएको तर प्राधिकरणले निर्माणमा समितिले अवरोध गरेको भन्ने आरोप गलत रहेको अधिकांश सभासदले बताएका थिए। सभासद रामहरि खतिवडाले अनियमित रुपमा भएको भुक्तानीमात्र रोक्न समितिले निर्देशन दिएको बताए।
समितिको २०७१ मंसिर १७ को बैठकले भने स्पष्ट रुपमा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई १० दिनभित्र कारबाही प्रक्रिया अघि बढाउन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो। उक्त निर्णयअनुसार नै भुक्तानी रोकिएको प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाटले बताए।
समितिले सभासद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरी भेरिएसनमा भएको अनियमितताबारे अध्ययन गरिएको थियो। अध्ययनले चमेलिया आयोजनामा हालसम्म कुल ६ अर्ब ५७ करोड रुपैयाँ भेरिएसन स्वीकृत गरिएको निष्कर्ष निकालेको थियो।
२०६५ पुस १३ देखि २०७१ असार ६ सम्म गरिएको भेरिएसन स्वीकृतमा ऊर्जामन्त्री, सचिव र प्राधिकरणका कार्यकारी निर्देशक संलग्न रहेको पाइएकाले सम्पूर्णलाई कारबाही गर्नुपर्ने समितिको ठहर थियो। हालसम्म करिब १३ अर्ब रुपैयाँ खर्च भइसकेको छ। सुरुमा ८ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा पछिल्लो संशोधित लागत १५ अर्ब ६ करोड ४ लाख रुपैयाँ पुगेको छ।
दार्चुलामा निर्माणाधीन ३० मेगावाटको यो आयोजना सुरु तालिकाअनुसार २०६८ मंसिरमै पूरा हुनुपर्थ्यो। अहिलेसम्म चार वर्षभन्दा बढी समय लम्बिइसकेको छ। समय लम्बिँदा अमेरिकी डलरमा आएको उतारचढावलाई पनि प्रतिवेदनले लागत बढ्नुको कारण मानेको छ।
इन्जिनियरिङ अध्ययनले जलविद्युत आयोजनाको औसत लागत प्रतिमेगावाट १५ देखि १८ करोड रुपैयाँ मान्छ। प्रसारण लाइनको लागतसमेत जोड्दा प्रतिमेगावाट करिब २८ करोड रुपैयाँ अनुमान गरिएको आयोजना लागत उपसमितिले अध्ययन गर्दासम्म प्रतिमेगावाट ५० करोड २० लाख रुपैयाँ पुगेको छ।
आयोजना बनाउन आवश्यक सम्पूर्ण बजेट वा वित्तीय स्रोत नजुटाई निर्माण ठेक्का दिइएको र यसमा प्राधिकरणले लापरबाही गरेको देखिन्छ। यद्यपि, समितिको निर्देशन र भारतको नाकाबन्दीका कारण आयोजनाको लागत थपिने पक्का भएको छ। यही अवस्थामा प्राधिकरणले निर्माण गरेमध्ये यो सबैभन्दा महँगो आयोजना हुने भएको छ।
निरन्तर काम भए आउँदो ८/९ महिनाभित्र आयोजनाबाट बिजुली उत्पादन हुने प्राधिकरणले जानकारी दियो। विद्युतगृह, ड्याम लगायत क्षेत्रको काम सकिएको जानकारी दिँदै उपकार्यकारी निर्देशक भाटले ८ महिनाभित्र प्रसारण लाइनको काम पनि सकिने बताए।