काठमाडा–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन कुराकानी योजनाबद्ध थियो। बिहीबार भएको दुई प्रधानमन्त्रीबीचको फोन वार्ताकालागि केहीदिन यता दुबैतर्फ तयारी गरिएको थियो। दुबै प्रधानमन्त्री आपसमा कुरा गर्न र दुई देशबीच धमिलिएको सम्बन्ध विस्तारै सुधार्न इच्छुक देखिएका थिए। अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना साटासाट गर्ने अवसरलाई उपयोग गर्दै दुबै प्रधानमन्त्रीले त्यो इच्छा पूरा गरेका छन्।शीर्ष नेताहरुको बैठकमा अन्य दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई सोझै मोदीसँग संवाद गर्न बारम्बार आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले यसैसातको एक बैठकमा भनेका थिए 'म सोझै कुरा गर्ने योजनामा छु, वार्ता हुन्छ, उपयुक्त मौका मात्रै कुरिएको छ।' नेताहरुले ओलीलाई कटुता बढाउन भन्दा कुटनीतिक पहलमा जोड दिन र समकक्षीसँग सोझै कुराकानी गर्न सुझाएका थिए।
विहीबार विहान १०.३५ बजे दुई प्रधानमन्त्रीबीच टेलिफोनमा संवाद भएको छ । प्रधानमन्त्री तहमा टेलिफोन कुराकानी हुनु अघि दुबैतर्फका सहयोगीहरूबीच उपयुक्त समय र पूर्व तयारीबारे कुराकानी भएको थियो। करिव २० मिनेटको वार्तामा नेपाल–भारत सम्बन्ध सुधार्न दुबै प्रधानमन्त्री दृढ देखिएका छन्।
प्रधानमन्त्री अोलीले मोदीसँग फोनमा के के कुरामा जोड दिने भन्नेबारे पहिले नै तयार पारेका थिए।
'नेपाल सम्बन्ध सुधार्न भारत निकै इच्छुक देखिएको छ,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले नागरिकन्युजसँग भने 'दुई प्रधानमन्त्रीबीचमै वार्ता गर्ने वातावरण बनाउन भारतको पनि चाहना थियो।' उनले भने 'दुबै तर्फको चाहना र तयारीपछि टेलिफोन वार्ता भएको हो।'
टोलिफोन वार्तामा प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग कसरी सम्बोधन गरिदैछ भन्नेबारेमा विस्तृत व्याख्या गरेर समकक्षीको विश्वाँस आर्जन गर्न जोड दिएका थिए। संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारतले स्वागत गरेकोमा ओलीले खुसी व्यक्त गरे। पछिल्लो समय वर्तमान सरकारका निर्णयहरूमा भारतले दर्शाएको सद्भावप्रति अोलीले सन्तोष लागेको मोदीलाई सुनाएका थिए।
भारतीय नाकाबाट आपूर्ती सहज नभएको विवरण सुनाउँदै ओलीले आपूर्ति सहज गर्न आग्रह गरेका छन्। मुख्यतः रक्सौल नाकाको अवरोध पूर्ण हटाउन उनले आग्रह गरे। जवाफमा मोदीले यस्तो स्थिति अन्त्य हुने आश्वासन दिएका छन्।
मोदीले छिटै भारत भ्रमण गर्न ओलीलाई पुनःस्मरण पनि गराए। त्यो निम्तो प्रधानमन्त्री ओलीले स्विकार्दै भ्रमण अघि नै आपूर्ती सहज पारेर सकारात्मक अवस्था बनाइदिन आग्रह गरे।