काठमाडौं- स्थानीय निकायहरुले उठाउने घरजग्गा करमा सानालाई भार बढ्ने र ठूलालाई स्वाट्टै घट्ने गरी दर परिवर्तन भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले 'स्थानीय स्वायत्त शासन (सातौं संशोधन) नियमावली २०७०' मा साबिकको भन्दा सानालाई मर्का पर्ने र ठूलालाई फाइदा हुने गरी फेरबदल गरेको स्थानीय निकायहरुले बताएका हुन्।संशोधन लागू भए साना करदातालाई साविकभन्दा तीन गुणासम्म बढ्ने र ठूलालाई तीन गुनासम्म घट्ने देखिन्छ। संशोधन लागू हुने गरी सरकारले कात्तिक ९ गते राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ।
संशोधन अनुसार (साना करदाताको हकमा) पहिलो ३० लाखसम्म २५ रुपैयाँ देखि १ हजार रुपैयाँसम्म, त्यसपछिको थप २० लाख रुपैयाँमा ०.०८ देखि ०.१५ प्रतिशतसम्म, त्यसपछिको ५० लाख रुपैयाँसम्म ०.०१५ देखि ०.२० प्रतिशतसम्म र त्यसपछिको थप १ करोडसम्म ०.२० देखि ०.३० प्रतिशतसम्म करको दर कायम छ। त्यसपछि जतिसुकै रुपैयाँ थपिए पनि (ठूला करदाताको हकमा) ०.३० देखि ०.४० प्रतिशत करको दर कायम गरिएको छ।
यसअघि साना करदाताको हकमा घरजग्गाको मूल्यको पहिलो १० लाख रुपैयाँसम्म कर लाग्दैनथ्यो। त्यसपछिको १० लाख रुपैयाँसम्म ३ सय रुपैयाँ, त्यसपछिको ३० लाख रुपैयाँसम्म ०.०५ प्रतिशत, त्यसपछिको ५० लाख रुपैयाँसम्म ०.२५ प्रतिशत र त्यसपछिको १ करोड रुपैयाँसम्म ०.५० प्रतिशतसम्म कर लाग्थ्यो। त्यसपछिको बाँकी रकम (ठूला करदाता)को हकमा १.५० प्रतिशत करको दर कायम थियो।
संशोधनको अवस्था हेर्दा सानालाई करको दर बढेको छ भने ठूलाको दर ३ देखि ४ गुणा घटेको देखिन्छ। काठमाडौं महानगरपालिका स्रोतले मन्त्रालयले एकलौटी पाराले नियमावली संशोधन गरेको आरोप लगायो।
'मन्त्रालयले आफ्नै तरिकाले नियमावली संशोधन गरेको छ,' स्रोतले भन्यो, 'यसले गर्दा ठूला करदातालाई निकै राहत र सानालाई केही गाह्रो हुन पुगेको छ।' नगरपालिका एवं परामर्शदाताहरु राखेरै नियमावली संशोधन भए पनि अरुका कुरा कमै समेटिएको ती अधिकारीको दाबी छ।
अर्थ मन्त्रालयको रायलाई समेत बेवास्ता गरेको देखिन्छ, संशोधनमा। अर्थले सानालाई कम र ठूलालाई बढी पर्ने गरी सुझाव दिएको अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले बताए। 'तर यसरी नआएको कुरा सुनेको छु। संशोधन हेर्न पाएको छैन,' उनले भने।
मन्त्रालयले सानालाई मर्का नपर्ने गरी सुझाव दिएको पनि उनले बताए। ठूलाको ठूलै आर्थिक क्रियाकलाप हुने भएकाले उनीहरुलाई भार पनि बढी नै होस भन्ने मन्त्रालयको धारणा रहेको अर्यालले बताए। 'मैले पनि ठूलालाई घटेको र सानालाई बढेको भन्ने सुनेको छु,' उनले थपे।
महानगर स्रोतका अनुसार ठूला होटल व्यवसायी, व्यापारिक भवन तथा केही सरकारी संस्थानहरुले करको दर धेरै भएको भन्दै नतिर्दा करिब ७० करोड राजस्व बक्यौता पुगेको छ। ठूला व्यवसायीको स्वार्थमा स्थानीय विकास मन्त्रालयले नीतिगत भ्रष्टाचार गरेको स्रोतको आरोप छ।
'ठूला घराना अहिले महानगरपालिकामा घरजग्गा कर तिर्ने प्रक्रियामा समेत आउन चाहेका छैनन्,' स्रोतले भन्यो, 'मन्त्रालयले उनीहरुकै कुरा सुनेर सानालाई मर्का पार्योर।'
एकजना करविज्ञका अनुसार अहिलेको घरजग्गा करको दर प्रगतिशील सिद्धान्त अनुकूल नभएको बताए। 'जसको सम्पत्ति बढी छ कर पनि उनीहरुले बढी तिर्नुपर्ने हो,' उनले भने, 'तर यहाँ साना र ठूला करदाताबीच गम्भीर भेदभाव भयो।'
संशोधनले साना र ठूला दुवै करदाताको घरजग्गा मूल्यांकन बढाए पनि करको दरमा यस्तो फरक देखिएको उनले बताए। 'मूल्यांकन बढेकाले स्वतः करको दर पनि बढाउनुपर्ने थियो,' उनले भने, 'ठूलाले तिर्ने कर साबिकको तुलनामा निकै घट्न सक्छ।'
तर संशोधनको तयारी भइरहँदा स्थानीय विकास मन्त्रालयको सचिव रहेका बर्तमान मुख्य सचिव सोमलाल सुवेदीले केही ठूला तथा मध्यम खालका करदाताले करको दरमा गुनासो गरेपछि फेरबदल भएको बताए। 'केही होटल व्यवसायी र मध्यम खालका करदातासँग छलफल गरिएको थियो,' उनले भने, 'तर संशोधन स्वीकृत हुँदासम्म म मुख्यसचिव भइसकेको थिए।'
मन्त्रालयका सहसचिव हरि पौडेलले सबै नगरपालिका एवं सरोकारवालाको सुझाव समेटेर संशोधन भएको दाबी गरे। 'सबै नगरपालिकाको सहभागिता र परामर्शदाताको सल्लाहका आधारमा संशोधन भएको हो,' उनले भने, 'ठूलालाई करको दर अत्यन्तै धेरै हुँदा कतिपयले तिर्न सकेनन्। त्यसैले यस्तो परिवर्तन भयो।'
साबिकको दर व्यवहारिक नदेखिएकाले परिमार्जन भएको उनले बताए। 'अहिलेको दर वैज्ञानिक छ,' उनले दाबी गरे।
सरकारले सोही संशोधनमार्फत नवगठित १ सय ३२ नयाँ नगरपालिका र उपमहानगरपालिकामा गाभिएका गाविसमा आगामी ३ वर्षका लागि एकीकृत सम्पत्ति र घरजग्गा करको दर परिवर्तन नगरी लागू गर्ने निर्णय गरिसकेको छ। न्यून सुविधा भएका र पूर्वाधार विकास नभएसम्म नयाँ नगरपालिकामा पुरानै दर कायम गरिने मन्त्रालयले जनाएको छ।