सांसद नै उत्रिन्छन् सडक विस्तारको विरोधमा
१९ पौष २०७२
•
८ मिनेट पाठ
सांसद नै उत्रिन्छन् सडक विस्तारको विरोधमा
काठमाडौं- उपत्यकाको सडक ठाउँ–ठाउँमा भत्काएर छोड्ने तर बनाउन जिम्मेवार नहुने भन्दै सरकार र सम्बन्धित निकायलाई आरोप लगाउने सांसद ती सडक विस्तारमा बाधक बन्ने गरेका छन्। जिम्मेवार पदमा रहेका तिनले कतै स्थानीयलाई उचाल्दै त कतै ठेकेदारसँग मिलेर काममा अवरोध गर्ने गरेका हुन्।




उपत्यकाभित्र आधामात्र काम भएका र भत्काएर छोडिएको अवस्थाको कारण तिनै सांसद, स्थानीय बासिन्दा र ठेकेदार नै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीको तर्क छ। यता सडक विभाग भने सांसददेखि स्थानीयसम्म समन्वय गर्ने र जसोतसो ठेकेदारलाई दबाब दिएर काम लगाउने प्रयत्नमा समय बिताइरहेको छ।

सांसदले स्थानीयस्तरमा त सर्वसाधारणलाई उचालिरहेका छन् भने संसदीय समितिमा समेत खुलेर सर्वसाधारणको मागविपरित नजान दबाब दिन थालेका छन्। त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडकको काम सांसद र स्थानीयको विरोधका कारण २०६४ मै ठेक्का लागे पनि अहिलेसम्म ३ प्रतिशतमात्र काम भएको छ। बीचका धेरै खण्डमा स्थानीयले विरोध गरेकाले काम हुन नसकेको विभागका महानिर्देशक माधवकुमार कार्कीले बताए।

'उपत्यकाभित्र १ सय ५० किलोमिटर सडक विस्तारको लक्ष्य राखिएको थियो, अहिलेसम्म जम्मा ५७ किलोमिरट सकिएको छ,' उनले नागरिकसँग भने, 'त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडकको काम अहिले ठप्प छ, ठेक्काअनुसार काम गर्न नपाएकाले ठेकेदारले थप रकम दाबी गर्ने अवस्था देखिएको छ।'

विभागका अनुसार अहिले स्थानीकै कारण चुनदेवी–विशालनगर, बल्खु–दक्षिणकाली, लैनचौर–गोगंबु, चक्रपथसँग जोडिएको एकान्तकुना सडक, टेकु–सोल्टीमोडलगायत सडक अघि बढ्न सकेका छैनन्। स्थानीयले सडकको केन्द्रदेखि दायाँबायाँ ११/११ मिटरबाहेक थप जग्गा अधिग्रहण गर्न नपाइने भन्दै विरोध गर्दै आएका छन्।

सरकारले भने २०२१ फागुन ११ मा नेपाल गजेटमा सूचना निकाली त्रिभुवन राजमार्ग (त्रिपुरेश्वर–नागढुंगा) को केन्द्रदेखि २५/२५ मिटर गज रेखाकंन गरेको थियो। २०३४ असारमा गजलाई मिटर कायम गरियो। सर्वोच्च अदालतले समेत २०५८ माघमा उक्त राजमार्गभित्रको जग्गा आवश्यक पर्ने भए कानुन बमोजिम लगत कट्टा गर्नु भन्ने निर्णय गरेको छ। तर, यसमा स्थानीय र सांसदले बेवास्ता गरेका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकको मापदण्ड ११/११ मिटर तोकिेकाले स्थानीयले यसैलाई आधार मानेर विरोध गर्दै आएका छन्। उपत्यका तथा बाहिरका सांसदले स्थानीयको समर्थन गर्दै उनीहरु मारमा पर्ने गरी बढी जग्गा अधिग्रहण नगर्न विभागलाई आग्रह गरेका छन्।

सरकारले अधिग्रहण गर्दा सडकमा पर्ने जग्गासहित त्यहाँ बनेका घर, टहराको समेत क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ। तर, विभागले यसरी क्षतिपूर्ति दिन नसकिने बताउँदै आएको छ। सरकारले तोकेको नियमबाहिर गएर काम गर्न वा मुआब्जा र क्षतिपूर्ति दिन नसकिने कार्कीको भनाइ छ।

'यसरी मागेअनुसार क्षतिपूर्ति दिँदै जाने हो भने वर्षमा सरकारको आधा बजेट सकिन्छ, सडक पनि निर्माण हुँदैन,' उनले भने, 'राजनीति दलसँग मिलेर कमिसन खान खोज्ने र जथाभावी सडक किनारमा टहर बनाएर क्षतिपूर्ति खोज्ने कसैको माग पूरा गर्न सकिन्न।' सडकको मापदण्ड बन्नुअघि बनेका घर वा टहरका लागि भने उचित क्षतिपूर्ति दिन सकिने उनले बताए।

मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले पनि सरकारले ल्याएका ऐन, कानुन र नियमबाहिर गएर मुआब्जा वा क्षतिपूर्ति दिएर काम गर्न नसकिने बताए। 'काठमाडौंको सडक विस्तार ज्यादै कठिन छ, सर्वसाधारण पनि मारमा पर्न भएन, तर यसो भन्दैमा सबै माग पूरा गर्न सकिन्न,' उनले भने, '२०३१ मा आएको सडकको मापदण्डपछि निर्धारण गरेको जग्गाको मुआब्जा भने सरकारले दिनुपर्छ।'

सरकारले त्रिपुरेश्वर–नागढुंगासहित उपत्यकाका मुख्य मुख्य सडक २ लेनबाट ४ लेनमा विस्तार गर्ने योजनाका साथ काम सुरु गरेको छ। बाक्लो बस्ती भएका क्षेत्रमा ११/११ मिटर (प्राधिकरणले तोकेको मापदण्ड) बाहेक अन्य क्षेत्रमा दायाँबायाँ २५/२५ मिटर नै जग्गा अधिग्रहण गर्नुपर्ने विभागका अधिकारीको तर्क छ।

काठमाडौंको सभासद राजेन्द्रकुमार केसीलगायत सभासदले भने प्राधिकरणले तोकेको मापदण्ड नै सबै ठाउँमा लागु हुनुपर्नेमा जोड दिएका छन्। ४ लेनमा स्तरोन्नती गर्न लागिएको बल्खु–दक्षिणकाली खण्डमा पनि प्राधिकरणको मापदण्डबाहिर जान नदिने स्थानीयको अडान छ। विकास समितिले समेत स्थानीयको माग सम्बोधन गरेर काम गर्न मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको निर्देशनअनुसार मुआब्जा तथा क्षतिपूर्ति दिएर काम गर्दा उपत्यकामा मात्र होइन देशैभरि ठूलो समस्या आउने र सरकारको बजेटले नभ्याउने विभागका महानिर्देशक कार्कीले दोहोर्याशए। सरकारले स्थानीय उपभोक्ता तथा संघर्ष समितिका मागको उचित क्षतिपूर्ति दिने समन्वयात्मक भूमिका नखेल्दासम्म काम गर्न नसकिने उनले बताए।

'विभिन्न कारणले केही क्षेत्रमा भत्काएर छोडिएका सडकको जिम्मा विभागले लिन्छ,' उनले भने, 'ठेकेदारलाई दबाब दिएर छिटो काम गराउन हामी तयार छौं।' काम नगर्ने र ठेक्का हात पारेर भाग्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न समितिले विभागलाई निर्देशन दिएको छ।

उपत्यकाभित्र सडक विस्तार र स्तरोन्नती गर्दा घरजग्गाको मुआब्जा तथा क्षतिपूर्तिको व्यवस्था सरकार र नगर विकासको फरक–फरक रहेकाले एउटा बनाउन समितिले सुझाव दिएको। जग्गा अधिग्रहण गरेर लामो समयसम्म लगत कट्टा नभएका जग्गाको तत्काल लगतकट्टा गर्ने प्रक्रिया सुरु हुने कार्कीले प्रतिबद्धता जनाएका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस