काठमाडौं-नेपाल आयल निगमले बुधबार ९ बजेदेखि चारपांग्रे सवारी साधनलाई पेट्रोल दिने भएको छ । थानकोट डिपोले मंगलबार नै सबै पम्पलाई तेल पठाइसकेकाले बुधबार बिहानैबाट तेल बिक्री सुरु हुने निगमले जनाएको छ ।
पेट्रोल/डिजेल आएका पम्पमा आजै (मंलबार) सिल गरिएको छ । भोलि बिहान ९ बजेबाट वितरण सुरु हुने निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति बढेपछि निगमले निजी चारपांग्रे इन्धन दिन लागेको हो ।
निगमले २२ गते १ देखि ६ लट, २४ गते ७ देखि १० र २७ गते ११ देखि माथि लटका गाडीलाई तेल दिनेछ । नवीकरण गरेको ब्लुबुक सहित आउने सवारी धनीले पेट्रोल भर्न पाउनेछन् । नवीकरण नभएका सवारी साधनले इन्धन पाउने छैनन् । निगमले उपत्यकाका ५३ वटा पम्पमार्फत पेट्रोल दिने जनाएको छ ।
चारपांग्रे सवारी साधनले १५ लिटर इन्धन पाउनेछन् । निगमले एसएमएसमार्फत उपभोक्तालाई सहज रुपमा इन्धन वितरण गर्ने योजना बनाए आयल निगमका अधिकारी नै यसको विपक्षमा रहेकोले बुधबार कार्यान्वयन नहुने स्रोतले बतायो । स्रोतका अनुसार निगमका उच्च अधिकारीनै एसएमएसमार्फत पेट्रोल वितरण गर्ने पक्षमा छैनन् ।
एसएमएसमार्फत इन्धन दिँदा उपभोक्ता लाइनमा बस्नु पर्दैन । यो प्रक्रिया पारदर्शी भएकोले आपूर्तिमन्त्री गणेशमान पुनले अगाडि बढाउन खोजेका थिए । तर निगमका उच्च अधिकारी र पम्प सञ्चालकको असहयोगका कारण कार्यान्वयनमा आउन नसकेको निगमकै एक अधिकारीले बताए ।
'सूचना प्रविधिमा जोडिनेबितिकै थानकोटबाट वितरण भएको तेल र सवारी साधनलाई वितरण गरिएको तेलको वास्तविक वितरण आउँछ । यसरी वितरण हुँदा स्टक राखेर कालोबजारी गर्न पाइँदैन,' ती अधिकारीले भने, 'त्यसैले निगम र कालोबजारी गर्ने सञ्चालकको मिलेमतोमा एसएमएस रोक्न खोजिएको हो ।'