काठमाडौं- भारतीय नाकाबाट मागअनुसार हवाई इन्धन आउन थाल्दा पनि कमिसन खानकै लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलिम्याक्ससँग महँगो मूल्यमै तेल खरिद गर्ने अर्को सम्झौता गरेका छन्।
रक्सौल बाहेकका नाकाबाट पर्याप्त मात्रामा हवाई इन्धन आएको थाहा हुँदाहुँदै कार्यकारी निर्देशक खड्काको ठाडो आदेशमा पेट्रोलिम्याक्सले ल्याएको तेल महँगोमा खरिद गर्ने समयसीमा बढाएका हुन। 'स्थलमार्गबाट हवाई इन्धन ल्याउँदा कमिसन खान पाइन्न,' निगम स्रोतले नागरिकसँग भन्यो, 'पेट्रोलिम्याक्स राखेको मूल्यमा तेल किन्दा खड्काको गोजी पनि भरिन्छ र आफूखुसी बेच्न पनि पाइन्छ।'
खड्काले कमिसनका लागि पेट्रोलिम्याक्सलाई एयरलिफ्ट गरेर तेल ल्याउने अनुमति १५ दिनका लागि थप गरिएको हो। भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी खुकुलो पारेपछि स्थलमार्गबाट दैनिक ५० किलोलिटर (५० हजार किलोलिटर) हवाई इन्धन आइरहे पनि कमिसनको लागि महँगो मूल्यमा तेल ल्याउन अनुमतिको समय बढाइएको हो।
निगम स्रोतका अनुसार भारतबाट आइरहेको हवाई इन्धनले हालको मागलाई सम्बोधन गर्छ। तर, पनि खड्काले पदीय दुरुपयोग गरेर पेट्रोलिम्याक्सलाई समय थपिदिएका हुन्। निगम प्रवक्ता मुकुन्द घिमिरे पेट्रोलिम्याक्सले तेल नल्याए आन्तरिक उडान नै बन्द हुने बताउँछन्।
'अहिले पो भारतबाट हवाई इन्धनको आयात बढेको छ,' घिमिरेले नागरिकसँग भने, 'यदि भारतले आयात सहज नबनाएको भए त आन्तरिक उडान सबै रद्द हुन्थ्यो।' कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा एयरलिफ्टबाटै तेल ल्याउने अनुमतिको समय बढाइएको हो। यसअघि १५ दिनका लागि तेल आयात अनुमति दिएको थियो। अहिले १५ दिन समय थपिएको छ।
निगमसँग अहिले २२ लाख लिटर हवाई इन्धन मौज्दात छ। त्रिभुवन विमानस्थलस्थित आयल निगम डिपोका अनुसार अन्तरिक उडानका लागि अहिले दैनिक ४० हजार लिटर भए पुग्छ। यो आधारमा निगमसँग ५५ दिनलाई पुग्ने हवाई इन्धन छ। मौज्दात भए पनि पेट्रोलिम्याक्सबाट आउने कमिसनका लागि अवधि थपिएको हो। निजी कम्पनीमार्फत एयरलिफ्ट गरेर तेल ल्याउँदा वैधानिक रुपमै कमिसन आउने भएकोले पनि ट्यांकरमार्फत हवाई इन्धन ल्याउन निरुत्साहित गरिएको हो।
निगमका अनुसार अहिले सिलगुडी र इलाहावादबाट हवाई इन्धन आइरहेको छ र अझै धेरै परिमाण ल्याउन सकिन्छ। त्योबाहेक पनि इन्डियन आयल कर्पोरेसन रक्सौल डिपोले हवाई इन्धन लिन आउन आग्रह गरिरहेको छ। तर निगमका अधिकारी रक्सौलबाट हवाई इन्धन मात्रै होइन अरु तेल ल्याउन पनि तयार देखिएका छैनन्।
रक्सौलबाट हवाई इन्धन भरेर सुनौली नाका हुँदै ल्याउन सकिन्छ। निगम स्रोतका अनुसार यसरी ल्याउँदा एक लिटरमा ढुवानी भाडा चार रुपैयाँसम्म महँगो पर्छ। निगमले आइओसीको हेडक्वार्टर मुम्बईमा रक्सौल–अमलेखगन्ज चल्ने ट्यांकरलाई सुनौलीबाट चलाउने पर्मिटका लागि सामान्य चिठी लेखे मात्रै पनि सजिलै हवाई इन्धनसहित अरु तेल ल्याउन सकिन्छ।
तर खड्का कमिसनको लागि सामान्य चिठी समेत नलेखेर आम जनतालाई सास्ती दिइरहेका छन्। एयरलिफ्ट र हवाई इन्धनबाट तेल आएपछि त्रिभुवन विमानस्थलस्थित डिपो भरिएको छ। स्थलमार्गबाट ल्याउँदा प्रतिलिटर ७० रुपैयाँ पर्ने हवाई इन्धन पेट्रोलिम्याक्सले एयरलिफ्ट गर्दा १ सय ८३ रुपैयाँमा आयल निगमलाई बिक्री गरेको छ। निगमले कर र नाफा राखेर विमान कम्पनीलाई प्रतिलिटर २ सय ३३ रुपैयाँमा बिक्री गरिरहेको छ। यसरी महँगो मूल्यमा आएको तेलका कारण हवाई भाडा झन्डै दोब्बर भएको छ।
स्रोतका अनुसार रक्सौल अमलेखगन्जका झन्डै पाँच सय ट्यांकरलाई रिरुट गरेर रक्सौलबाट सुनौली हुँदै तेल ल्याउन सकिन्छ। तर निगमका उच्च अधिकारीले त्यसरी तेल ल्याउन कुनै पहल गरेका छैनन्।