काठमाडौं- कक्षा १० अध्ययनरत कीर्तिपुरकी प्रसिद्धि काफ्लेलाई आधा दिन बिजुली नआउँदा जिन्दगी नै अँध्यारो लाग्छ। उनका लागि दिनको उज्यालोको कुनै अर्थ छैन किनकि, उनी दिनभर स्कुलमै हुन्छिन्। साँझ घर आउँदा बिजुली हुँदैन। बिजुली आउने मौका छोपेर स्कुलको गृहकार्य गर्न र पढ्न उनलाई रातभरजसो जाग्राम बस्नुपर्छ।एसएलसी परीक्षा दिनु छ उनले आउँदो चैतमा। त्यसका लागि प्रशस्त समय दिएर पढ्न पाएकी छैनन्। विद्युत प्राधिकरणले निकालेको लोडसेडिङ तालिका ओछ्यानकै सामुन्ने टाँसेकी छन्। तालिकाअनुसार सुत्ने र उठ्ने गर्छिन्। तर, त्यै तालिकाले पनि उनलाई धोका दिन्छ। आउने समयमा आउँदैन, जाने समयमा जाँदैन बिजुली।
प्राधिकरणले आधा दिन कटौती गरे पनि उनका लागि पूरै दिन अँध्यारो हुन्छ। एसएलसी परीक्षाको तयारीमा जुटेका प्रसिद्धिजस्ता लाखौं विद्यार्थीले अहिले यही समस्या झेलिरहेका छन्। अँध्यारो मुलुकको छहारीमुनिका यी अबोध विद्यार्थीले आफ्नो भविष्य कसरी उज्यालो देखून्?
भविष्यका कर्णधार जन्माउन मुलुक अँध्यारो कोलाहलमा हराएको छ। सरकारले एक वर्षभित्र यो अँध्यारो पूरै हटाउने बाचा गरेको छ। विद्युत संकटमोचन गर्ने सूत्रधारका रुपमा प्रधानमन्त्री केपी ओली अगाडि उभिएका छन्। लाग्छ, उनी देशका नामी जादुगर हुन्– उनले फू–मन्तर गर्नासाथ विद्युत संकट तू हट्छ।
प्रसिद्धिहरूलाई भने यो वाचाप्रति रत्ति विश्वास छैन। सरकार विद्यार्थीलाई ढाँटिरहेको छ। अभाव, गरिबी र हिउँदको चिसोमा बाँच्न बाध्य सर्वसाधारणलाई ढाँटिरहेको छ। र, सिंगो मुलुकलाई ढाँटिरहेको छ। अँध्यारो हटाउने उनका उखान, टुक्का र चुट्किला खुब बिकेका छन् अचेल। आम नागरिकले यही सुनेर क्षणिक आनन्द मानेका छन्। यही रसमा भुल्दा जीवन उज्यालोबाट अँध्यारोतिर धकेलिँदै गएको धेरैलाई पत्तै छैन।
...
भारतले गरेको नाकाबन्दीका कारण उपत्यका र देशका सहरी क्षेत्रको जनजीवन जर्जर बन्दै छ। खाना पकाउन प्रयोग हुने ग्यास आयात ठप्पजस्तै छ। सम्पूर्ण नागरिक बिजुली उपयोगमा सरेका छन्। मासिक २६ हजार टन ग्यास खपत गर्ने सर्वसाधारणले बिजुली प्रयोग गर्दा माग ह्वात्तै बढेको छ। तर, खाना पकाउन न बाल्न पर्याप्त बिजुली पाएका छन् उनीहरुले।
उत्पादनका योजना छन्, काम सुरु हुँदैन। संकट पूरै हटाउन नसके पनि कम गर्ने उपाय छन्। सरकार कार्यान्वयन गर्दैन। असम्भव योजना र भाषणले सर्वसाधारणलाई लठ्ठ्याएको छ। सरकार पुनः उही उखानटुक्काले क्षणिक आनन्द भोग गर्न सिकाउँदैछ।
मुलुकमा अहिलेसम्म पुगनपुग ८ सय मेगावाट बिजुली छ, माग दोब्बरभन्दा बढी। बिजुली नहुँदा जनजीवन मात्र नभई उद्योग कलकारखाना बन्द छन्। मुलुकको सिंगो अर्थतन्त्रमा नकारात्मक असर पर्दैछ। अझै सरकार भाषण गर्छ। सपना बाँड्छ र कागजी योजनाका चाङ थुपार्छ। सरकारको यस्तो गैरजिम्मेवार क्रियाकलापले विद्युत संकट झन् बढ्दै जाने अनुमान गर्छन्, यस क्षेत्रका विश्लेषक।
एक वर्षमा के गर्न सकिन्छ?
सरकारको दबाब हुने हो भने चालु आर्थिक वर्षभित्र २ सय २५ मेगावाट बिजुली उत्पादन सम्भव छ। २०७३/७४ मा करिब ८ सय मेगावाट बिजुली जलविद्युत आयोजनाबाटै आउन सक्छ। यति काम हुन सके आउँदो २ वर्षमा जडित क्षमता झन्डै १ हजार ८ सय पुग्छ। तर, सरकारले यी आयोजना बनाउन सहजीकरण गरेको छैन। र, देशको भौगोलिक दृष्टिले निर्माण सम्भव नहुने सौर्य र वायु ऊर्जा उत्पादनको योजना अघि सारिएको छ।
सरकारमा बसेका राजनीतिक व्यक्तिले बोल्ने र काम गर्ने प्रक्रियामा धेरै फरक छ। विगतदेखिको परिपाटी हेर्दा सरकारले सर्वसाधारणको विश्वास गुमाउँदै गएको छ। सरकारको विश्वसनीयता घट्नु सर्वसाधारण गरिब हुँदै जानु हो। सरकारको अहिलेको कामगराइको तरिकाले आउँदो दुई पुस्तासम्म पनि लोडसेडिङ अन्त्य नहुने तर्क गर्छन्, पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवाली।
वर्तमान सरकारले बोलेको कुरा पुर्याआउन वा आफ्नो विश्वसनीयता गुम्न नदिन काम गर्ने तत्परता देखाउनुपर्छ। ज्ञवालीका अनुसार काम गर्ने तत्परता हुने हो भने ६ महिनाभित्र राहत महसुस हुने गरी काम गर्न सकिन्छ। 'विद्युत चोरी भयावह छ, प्राधिकरणले २५ प्रतिशत भने पनि यो ३०/४० प्रतिशत हाराहारी छ,' उनी भन्छन्, 'चोरी वा चुहावट भयावह नभएको भए प्राधिकरणको वित्तीय अवस्था खराब हुने थिएन। लोडसेडिङ पनि आजको अवस्थामा आउने थिएन।'
चोरी घटाउने भरपर्दो संयन्त्र विद्युतीकरणको जिम्मा सामुदायिक संस्था र नगरपालिकालाई जिम्मा दिँदा भरपर्दो हुन्छ। 'प्राधिकरणको प्रणाली वा ट्रान्सफर्मरमा 'टिओडी' मिटर राखेर थोकमा बिजुली दिन सकिन्छ, खुद्रा बिजुलीको व्यापार समुदायले गर्छ,' ज्ञवालीले भने, 'यसो गर्नासाथ चोरी कम हुन्छ र कालीगण्डकी 'ए' (१४४ मेगावाट) बराबरको बिजुली बचत हुन्छ।' मन्त्रिपरिषदले निर्णय गरेर कार्यान्वयनमा लैजाँदा ६ महिनामै नागरिकलाई यसले ठूलो राहत दिने उनी बताउँछन्।
सरकारले सोलारको भाषण गर्दै हिँडेको छ। कम्पनी खोल्ने र कमिसन खान दिने दाउमा सरकारी निकाय लागेका छन्। यसभन्दा सरकारले लगानी नगरी सहरी क्षेत्रमा घरघरमा सोलार प्यानल राख्न सकिने ज्ञवाली बताउँछन्। 'सोलार जडान गरेर टिओडी मिटर फिट गर्दा भने दिनभरि प्रशस्त बिजुली पुग्छ, बढी भएको 'ग्रिड' मा पठाउन सकिन्छ,' उनले भने, 'राति बढी चाहिँदा ग्रिडबाट लिन सकिन्छ।'
उपत्यका तथा सहरी क्षेत्रमा यसरी सोलार जडान गरिए बिहान १० देखि साँझ ५ बजेसम्म लोडसेडिङको समस्या हुँदैन। सहरका घरघरमा सोलार राख्न सरकारले प्रोत्साहन गर्नुपर्ने तर्क गर्छन्, स्वतन्त्र ऊर्जाउत्पादकको संस्था (इपान) अध्यक्ष खड्गबहादुर विष्ट।
'कम्पनी बनाएर सोलार प्लान्ट राख्ने सरकारको योजना सफल हुँदैन, यसबाट सर्वसाधारणले राहत पाउने अवस्था हुँदैन,' उनले भने। दिउँसोको माग सोलारले पूरा गर्ने हुँदा कुलेखानी जलाशय सञ्चित गर्न सकिन्छ जुन रातको बढी माग हुँदा चलाउन सकिन्छ। यति काम गर्न सके ६ देखि १ वर्षमा विद्युत संकटबाट सर्वसाधारणले राहत पाउने दाबी गर्छन् ज्ञवाली।
दुई दर्जनजति निजी कम्पनी अहिले आयोजना निर्माणमा सक्षम देखिएका छन्। ती कम्पनीलाई सहयोग गर्दै आयोजना निर्माणमा प्रोत्साहन गनुपर्ने उनी बताउँछन्। 'ती कम्पनीले अघि बढाएका आयोजना निर्माणमा सहयोग गर्नुपर्यो्,' उनले भने, 'तिनले तोकिएको समयमा पूरा गरे भने तिनको भ्याट, ट्याक्स छुट दिने प्याकेज ल्याउनुपर्छ। यी कम्पनीले प्रतिवर्ष १ देखि १ सय ५० मेगावाटसम्म उत्पादन गर्छन्। यसो गर्दा आउँदा २ वर्षभित्र लोडसेडिङ नगण्य हुन्छ।'
काम गर्ने इच्छाशक्ति
सरकारले एक वर्षभित्र विद्युत संकट हटाउने प्रण गर्नु गलत होइन। तर, सपना बाँडेर नागरिकलाई धोका दिनु बेइमानी हो। एक वर्षमा पूरै संकट हटाउन सकिँदैन तर काम गर्ने इच्छाशक्ति भए यो संकट धेरै कम गर्न सकिन्छ।
ऊर्जा मन्त्रालयले दबाब दिएर काम गराउँदा चालु आवमा १४ मेगावाटको कुलेखानी तेस्रो (जलाशय) ३० मेगावाटको चमेलियाको काम सकिन्छ। भूकम्पका कारण प्राधिकरणको १० मेगावाट (सुनकोसी) सहित निजी क्षेत्रले बनाएका ७५ मेगावाटका आयोजना बन्द छन्। ती आयोजना मर्मत तथा निर्माणमा सरकारले उचित सहयोग गर्नुपर्ने जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधान बताउँछन्।
'एक वर्षभित्र निर्माण पूरा हुने जलविद्युत आयोजना छिटो पूरा गर्न सरकारले सहयोग गर्नुपर्छ,' प्रधानले भने, 'इन्धनलगायत निर्माण सामग्री अभावले आयोजना समस्याग्रस्त छन्, तर प्रधानमन्त्री अव्यावहारिक सोलार र वायुऊर्जाका गफ गरेर हिँडेका छन्। गफ छाडेर काम गर्ने हो भने एक वर्षमा प्रणालीमा जलविद्युतबाटै १ हजार मेगावाट बिजुली थप्न सकिन्छ।'
प्राधिकरणले बनाइरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ 'ए' अर्को डेढ वर्षमा सकिन्छ। यस्तै, प्राधिकरणका सहायक चिलिमे र माथिल्लो तामाकोसी कम्पनीले बनाइरहेका पाँच आयोजना निर्माणमा सहजीकरणको खाँचो छ। आउँदो दुई वर्षमा यी सबै आयोजना बनेर ७ सय २६ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिन्छ।
इपान अध्यक्ष विष्ट पनि सरकारले निर्माण भइरहेको आयोजनामा उत्पन्न समस्या तत्काल समाधान गरिदिनुपर्ने तर्क गर्छन्। 'धेरै आयोजनामा इन्धन अभाव छ, सहज रुपमा इन्धन उपलब्ध गराएर कामको निरन्तर अनुगमन गर्नुपर्छ,' उनले भने, 'अनुगमन गर्ने संयन्त्र भए उत्पन्न समस्या छिटो समाधान हुन्छन् र समयमा काम सकिन्छ।'
भारतीय सीमाका प्रसारण लाइन मर्मत र सुधार गर्दा एक वर्षभित्र ५ सय मेगावाट बिजुली आयात गर्न सकिन्छ। विद्युत संकट कम गर्ने यो अल्पकालीन विकल्प हो। निर्माण भइरहेका, मर्मत गर्नुपर्ने र आयातित बिजुली जोड्दा आउँदो वर्ष हिउँदको लोडसेडिङ दैनिक ३/४ घन्टामा झार्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको दाबी छ। उनका अनुसार आयात बढाउनुबाहेक तत्कालका लागि संकट कम गर्ने अर्को विकल्प छैन।
सरकारको श्वेतपत्र
छोटो बाटोबाट बिजुली उत्पादन गरी लोडसेडिङ हटाउन सरकारले 'ऊर्जा संकटकाल' घोषणाको तयारी गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मंसिर ८ गते जारी गरेको श्वेतपत्रले विद्युत उत्पादनमा देखिएका सबै समस्या समाधान गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
श्वेतपत्रमा भनिएको छ– 'जलविद्युत उत्पादन, प्रसारण र वितरण प्रक्रियालाई तीव्रतासाथ अघि बढाउन ऊर्जा संकटकाल घोषणा गरी सबै प्रकारका ऊर्जा परियोजनाको सहज कार्यान्वयन गर्ने वातावरण तयार गरिनेछ। यस्ता आयोजनालाई आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना विशेष ऋणपत्र जारी गरिनेछ।'
पौडेल २०६५ मा जलस्रोतमन्त्री हुँदा ३८ बुँदे 'विद्युत संकट निरुपण कार्ययोजना, २०६५' जारी गरेका थिए। उक्त कार्ययोजना कार्यान्वयन भएन न त्यसमा घोषणा भएअनुसार निर्माणको वातावरण बन्यो। कार्ययोजना मात्र कार्यान्वयन भएको भए अहिले ग्यास हाहाकारबाट छुटकारा पाइन्थ्यो। विद्युत संकटको हाहाकार हुने थिएन। र, अर्को संकटकाल घोषणै गर्नुपर्ने थिएन। त्यतिबेला सहुलियत दिएर निजी क्षेत्रका आयोजना छिटो पूरा गर्ने योजना थियो, तर सहुलियत अहिलेसम्म नपाएको प्रवर्द्धकले गुनासो गर्ने गरेका छन्।
विश्व बैंकको सहयोगमा गत वर्ष नै निर्माण गर्ने भनिएको २५ मेगावाटको सौर्य ऊर्जा प्लान्ट अहिलेसम्म पूरा भएको छैन। तर, सरकारले एक वर्षभित्र सोलारबाट २ सय मेगावाट बिजुली उत्पादन गर्ने सपना बाँडेको छ। उता हावाबाट बिजुली निकाल्ने घोषणा सँगसँगै गरिएको छ। जानकारले नेपालको भूबनोटका आधारमा वायु ऊर्जा सम्भव नहुने सल्लाह दिए पनि प्रधानमन्त्रीले यही भाषण दोहोर्या इरहेका छन् जुन सर्वसाधारणका लागि मात्र होइन, मुलुककै लागि रमाइलो उखानजस्तै भएको छ।
मन्त्रालय र प्राधिकरणबीच द्वन्द्व
जलविद्युत आयोजना निर्माणमा ऊर्जा मन्त्रालय र प्राधिकरणबीच समन्वयी भूमिका हुनुपर्छ। मन्त्रालयले तर्जुमा गरेका कार्यक्रम कार्यान्वयनमा प्राधिकरण जिम्मेवार बन्नुपर्छ। र, देखिएका समस्या समाधानमा मन्त्रालय सहयोगी हुनुपर्छ। तर, विगत लामो समयदेखि यी दुई निकायबीच टकराव वा द्वन्द्व हुँदै आएको छ। हरेकपटक नयाँ मन्त्री आउनासाथ प्राधिकरणमा आँखा गाड्न र त्यसलाई आफ्नो स्वार्थपूर्तिको अखडा बनाउने गरेका छन्।
प्राधिकरणको नेतृत्वसमेत अस्थिर हुँदा मन्त्री तथा राजनीतिक दलका लागि प्राधिकरण कमाउने मलिलो थलो बन्न पुगेको छ। सरकार फेरिनासाथ कार्यकारी निर्देशक फेर्न चलखेल हुने गर्छ। मन्त्री, सचिव वा मन्त्रालयको निर्देशनमा कार्यकारी निर्देशक नचल्दा मन्त्रालयले असहयोग गर्ने परिपाटी विकास भएको छ। पूर्वऊर्जामन्त्री राधा ज्ञवालीको कालमा यो द्वन्द्व सतहमै देखियो।
सुरुमा मन्त्री ज्ञवालीले कार्यकारी निर्देशक काफ्लेलाई हटाउने प्रयास गरिन्। उक्त काम सफल नभएपछि उनले असहयोग गर्ने र सञ्चालक समितिबाट हुनुपर्ने निर्णयमा असहमति जनाइन्। यही कारण चमेलिया, कुलेखानी तेस्रोलगायत आयोजनामा उत्पन्न समस्या बढ्दै गएका थिए। तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षत्री खुलेर कार्यकारी निर्देशकको विरोधमा लागे।
मन्त्रालय र प्राधिकरणबीच समन्वय भएको भए अहिलेसम्म चमेलिया र कुलेखानी आयोजना पूरा भइसक्थे। चिलिमे कम्पनीले अगाडि बढाएका चार आयोजना निर्माणको अन्तिम चरणमा हुन्थे। मन्त्रालयले अन्य सरोकारवाला निकायसँग आयोजना निर्माणमा समन्वय गरेको भए धेरै आयोजना निर्माण सुरु हुन्थ्यो। टोपबहादुर रायमाझी ऊर्जामन्त्री भइसकेपछि दुई निकायको सम्बन्धमा केही सुधार देखिएको छ। यी दुईबीच हुने द्वन्द्व वा असमझदारी विद्युत विकासको बाधक हुने गरेको छ।
ट्रेड युनियन हस्तक्षेप
प्राधिकरणका कर्मचारी तथा संस्थाको हितका लागि भनेर खोलिएका टे्रड युनियन संगठन अभिशापसिद्ध भएका छन्। त्यहाँ अहिले पाँच राजनीतिक पार्टी निकट टे्रड युनियन कर्मचारी संगठन छन्। तिनको काम आफू अनुकूल कर्मचारीको सरुवा–बढुवा गर्न व्यवस्थापनलाई दबाब दिनु, आफूअनुकूल निर्णय गराउनु र निर्माणाधीन आयोजनाबाट कुत असुल्नु नै हो। हरेक पटक सरकार फेरिन्छ। नयाँ मन्त्री आउँछन्। जुन पार्टीको मन्त्री हुन्छ, त्यसैसँग सम्बन्धित टे्रड युनियनको त्यहाँ रामराज्य चल्ने गरेको छ।
प्राधिकरणले कुलेखानी, चमेलिया, त्रिशूली–३ 'ए' र ३२ मेगावाटको राहुघाट निर्माण गरिरहेको छ। ती हरेक आयोजनामा हरेक टे्रड युनियनको स्वार्थ छ। पार्टी र मन्त्रीको हवाला दिँदै तिनले त्यहाँ आफूखुसी निर्णय गराउन दबाब दिइरहेका हुन्छन्। परिणाम आयोजना प्रभावित हुने, समयमा नबन्ने र लागत दोब्बर हुँदै जाने गरेको छ। यसो हुनुमा टे्रड युनियनसँगै व्यवस्थापन पनि उतिकै जिम्मेवार छ।
सरकारमा आउने राजनीतिक दलले जबसम्म प्राधिकरण र निर्माण भइरहेका आयोजनामा हस्तक्षेप नगर्न ठाडो निर्देशन दिँदैनन्, तबसम्म यो मनपरि रोकिँदैन। सरकारमा राजनीतिक दल हुन्छन्। तिनले आयोजना निर्माणमा दबाब दिएजस्तो भाषण गर्छन्। तर, त्यही दलको टे्रड युनियनले प्राधिकरणमा ताण्डव मच्चाइरहेको हुन्छ। यही हो, व्यवस्थापनदेखि सञ्चालन, दलाल र कमिसनखोर मोटाउने तर आयोजना नबन्ने कारण।
बन्दैनन् प्रसारण लाइन
झन्डै १५ वर्षदेखि थानकोट–हरिसिद्धि–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न सकेको छैन। यस्तै, २२० केभी खिम्ती ढल्केबर लाइन १० वर्षदेखि अलपत्र छ। तोकिएको समयमा नबनेर समस्याग्रस्त यी केही आयोजना मात्र हुन्। प्रसारण लाइन निर्माणमा वन, वातावरण भूमिसुधारलगायत निकाय जोडिएका हुन्छन्। त्यसमाथि जग्गाधनी तथा स्थानीयको अर्को समस्या हुन्छ। सरकारले स्पष्ट नीति ल्याउन नसक्दा जग्गा अधिग्रहण, मुआब्जा वितरणकजस्ता समस्या सल्टिन सकेका छैनन्।
ऊर्जा मन्त्रालय तथा प्राधिकरणसँग वन र वातावरण मन्त्रालयको समन्वय नहुँदा एउटा प्रसारण लाइन १० वर्षमा पनि बन्न सक्दैन। समस्याग्रस्त आयोजना छिटो बनाउने, अन्तरमन्त्रालय समन्वय गर्ने र प्राधिकरणलाई कार्यान्वयनमा दबाब दिनुपर्ने भूमिकामा सरकार कहिल्यै देखिएन। उता प्राधिकरण सरकारले सहयोग नगरेको भन्दै समस्या पन्छाउँदै गएको छ।
माथिका महत्वपूर्णबाहेक एक वर्षभित्र कुलेखानी–मातातीर्थ १३२ केभी डबल सर्किट, मर्स्याङ्दी कोरिडोर २२० केभी, मर्स्याङ्दी–काठमाडौं, चिलिमे–त्रिशूली–समुन्द्रटार–काठमाडौं २२० केभीलगायत दर्जन आयोजना बन्नुपर्छ। उक्त क्षेत्रमा आयोजना निर्माण भइरहेका छन्। प्रसारण लाइन नबन्ने हो भने बिजुली उत्पादन हुनुको कुनै अर्थ हुँदैन। तर, ती प्रसारण लाइन बनाउन सरकारले अहिलेसम्म चासो देखाएको छैन, न कुनै बलियो संयन्त्र परिचालन गरेको छ।
सरकारले अहिले बेत्रावती मैलुङ हुँदै स्याफ्रुबेंसीसम्म सडक बनाउन मैलुङ–स्याफ्रु खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। यस्तै समस्या देखिएका आयोजना बनाउन सेनालाई नै दिनुपर्ने प्राधिकरणका उच्च अधिकारी बताउँछन्। तत्काल वा एक वर्षभित्र लोडसेडिङ कम गर्न भारतबाट बिजुली आयातको विकल्प छैन। यसका लागि ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन बन्नुपर्छ।
अन्तरदेशीय लाइन २०७० मंसिरमै पूरा गर्ने लक्ष्य थियो। प्राधिकरण र मन्त्रालयको समन्वयको अभाव र सरकारको दबाब नपुग्दा काम सकिएको छैन। यस्तै सीमा क्षेत्रका प्रसारण लाइन सुधार तथा मर्मत गरे आउँदो वर्षको हिउँदमा ५ सय मेगावाटसम्म बिजुली किन्न सकिने कार्यकारी निर्देशक काफ्ले बताउँछन्। उक्त परिमाणको बिजुली आउन सके सरकारले घोषणा गरेजस्तै लोडसेडिङ नगन्य हुनछ। दिगो रुपमा प्रसारण प्रणाली विकास गर्न सेनालाई जिम्मा दिनुपर्ने देखिन्छ।
नीतिगत अस्थिरता
जलविद्युत आयोजना निर्माणमा हरेक सरकारका आ–आफ्नै मुद्दाले प्राथमिकता पाएका छन्। जुन विद्युत विकासको बाधक तŒव हो। स्वदेशमै खपत गर्ने र बिजुली निर्यात गर्ने आयोजनाका हकमा छुट्टै नीतिगत व्यवस्था छैन। यसलाई आवश्यक विद्युत ऐन झन्डै दशकदेखि अलपत्र छ। ऐन नभएकै कारण विदेशी लगानीमा बन्न लागेका आयोजनामा राजनीतिक पार्टीले फरक धारणा राख्दै आएका छन्।
५ वर्षमा ५ हजार, १० वर्षमा १० हजार र २० वर्षमा २५ हजार मेगावाटसम्म बिजुली उत्पादनका गर्ने योजना बने। तर, यी योजना कहिल्यै कार्यान्वयनमा आएनन्। एउटा सरकार वा दलले अघि सारेका कार्यक्रम अर्को सरकार आउनासाथ विरोध गर्ने संस्कार हाबी हुँदै आयो। अर्कोतर्फ ऊर्जा, वन, वातावरण, भूमिसुधार मन्त्रालयबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा विपरीत भइरह्यो। आन्तरिक कलह र बिजुली उत्पादन गरेर बेच्ने सपना बाँडेकैले आजको अवस्था देखिएको बताउँछन् ज्ञवाली।
विद्युत विकासमा दशकौंदेखि सरकार, सरोकारवाला र विकास साझेदार निकाय दुई ध्रुवमा बाँडिँदै आएका छन्। अझ भारतीय लगानीमा बन्ने आयोजनामा राष्ट्रवाद र राष्ट्रघातका मुद्दा जोडिने गरेका छन्। एक पक्षको भनाइ यहाँको जलविद्युत विकासको आधार र यसको बजार भारत देख्छ। अर्को पक्ष देशको माग पूरा गरेर मात्र निर्यात गर्नुपर्छ भन्नेमा छ। नाकाबन्दीको अहिलेको अवस्थाले समेत देशको माग पूरा गरेर मात्र निर्यात गर्नुपर्ने व्यावहारिक पक्ष उजागर गरेको छ।
दाता र दलालको खेल
साँघुरो अर्थतन्त्र र उचित लगानीको जोहो गर्न नसक्दा दशकौंदेखि जलविद्युत विकासमा दाताको भर पर्नुपरेको छ। नेपालसँग जोडिएका बहुपक्षीय र द्विपक्षीय विकास साझेदारमा एसियाली विकास बैंक (एडिबी), विश्व बैंक, जाइका, भारत र चीन नै हुन्। आयोजना तथा अन्य पूर्वाधार संरचना निर्माणमा तिनको ऋण सहयोग हुने भएपछि आफूअनुकूलकोे भूमिका खोजिरहेका हुन्छन्। ऋण सम्झौतादेखि सुरु हुने उनीहरूको हस्तक्षेप ठेक्कापट्टा हुँदै निर्माणसम्म पुग्छ। यो प्रक्रिया दाताअनुकूल भए निर्माणले गति लिन्छ, नत्र आयोजना तुहिन्छ।
अरुण तेस्रो तुहिनुमा स्वदेशी कारणको धेरै चर्चा भयो, तर विश्व बैंकले खेलेको भूमिकाको खासै चर्चा भएन। विश्व बैंकले महँगोमा ऋण दिन खोजेको त्यसको व्यापक विरोध भएपछि लगानीबाट पछि हटेको पूर्वजलस्रोत मन्त्री ज्ञवालीको भनाइ छ। यसरी नै दाताको चंगुलमा फसेर ७ सय ५० मेगावाटको पश्चिम सेती १६ वर्षसम्म रोकियो।
दातासँगै आयोजनामा हुने स्वदेशी तथा विदेशी दलालको उतिकै चलखेल हुने गरेको छ। बिचौलियाको काम गर्ने यस्ता दलालको पहुँच दातादेखि देशका उच्च निकायसम्म हुन्छ। तिनले आफूलाई फाइदा हुने अनेक किस्सा र योजना बुन्छन्। यसो हुन नसके आयोजना तथा दाताको कमजोरी देखाएर तुहाइदिन्छन्। यसबाट सतर्क रहन राज्य र सरोकारवाला निकायले भूमिका खेलन सकेका छैनन्। विदेशी गैरसरकारी संस्थामा जागिर खाने व्यक्ति तथा नियकाले पनि आयोजना निर्माणमा खुलेर विरोध गर्ने गरेका छन्। राजनीतिमा सुधार हुन नसकेकैले जलविद्युत विकासमा यस्ता तत्वको चलखेल बढ्दै गएको छ।
जलाशय आयोजनाको खाँचो
सरकारले जलाशय आयोजना बनाउन जोड नदिने हो भने अबको १० वर्षसम्म पनि हिउँदयामको लोडसेडिङ हट्न सक्दैन। यसर्थ दीर्घकालीन योजनाअनुसार जलाशय आयोजना निर्माणमा जोड दिनुपर्छ। उपत्यकाको मागका आधारमा विस्तृत आयोजना अध्ययन (डिपिआर) पूरा भएको १ हजार २ सय मेगावाटको बूढीगण्डकीको निर्माण सुरु गर्नुपर्ने यस क्षेत्रका सरोकारवाला बताउँछन्। आन्तरिक खपतकै लागि भएकाले ७ सय ५० मेगावाटको पश्चिम सेती निर्माण गर्नुपर्ने ज्ञवालीको जोड छ।
पूर्वदेखि पश्चिमसम्म विभिन्न नदी बेसिनमा जलाशय आयोजना अध्ययन भएका छन्। पूर्वमा ५ सय मेगावाटको तमोर, ३ सय मेगावाटको दूधकोसी, पश्चिममा ३ सय मेगावाटको उत्तरगंगा, मध्यपश्चिममा ४ सय १० मेगावाटको नलसिंहगाढको अध्ययन भइरहेको छ। सरकारले गठन गरेको विकास समितिबाट जलाशय आयोजना बन्न सक्दैनन्। ती निकाय सरकार चलाउने राजनीतिक दलनिकट व्यक्तिलाई जागिर ख्वाउन मात्र काम लाग्छन्।
कम्पनी बनाएर जलाशय आयोजना बनाउनुपर्ने इपानका अध्यक्ष विष्टको तर्क छ। पूर्वजलस्रोतमन्त्री ज्ञवालीले पनि यही कुरामा जोड दिँदै प्राधिकरण खण्डीकरण गरेर उत्पादन कम्पनी बनाउनुपर्ने बताउँछन्। उनका अनुसार यो कम्पनीले ५ विकास क्षेत्रमा ५ वटा जलाशय आयोजना बनाउनुपर्छ। जिल्ला–जिल्लाका समुदायलाई सेयर हाल्न प्रोत्साहन गरेर आयोजना बनाउन सकिने र आउँदो ७ वर्षभित्र पूर्ण रूपमा लोडसेडिङ अन्त्य हुने उनको विश्वास छ।