सरकारले नै राखेन सूचना
०२ माघ २०७२
•
१० मिनेट पाठ
सरकारले नै राखेन सूचना
काठमाडौं- सिंहदरबार आउने–जानेको गतिविधि प्रविधिमार्फत निगरानी गर्न सरकारले गेटैमा क्लोज सर्किट टेलिभिजन जडान गरेको छ। मुख्य प्रवेशद्वारमा मात्र होइन, भित्र रहेका मन्त्रालयमा समेत निगरानीका लागि सिसिटिभी जडान गरिएको छ।अपराध नियन्त्रण, तथा शान्ति-सुरक्षा कायम गर्न विद्युतीय उपकरण प्रयोग व्यवस्थित गर्न काठमाडौं उपत्यकालगायत देशका विभिन्न सार्वजनिक स्थान, राजमार्ग, सार्वजनिक निकाय, व्यापारिक केन्द्र र निजी घरमा सिसिटिभी प्रयोग बढेपछि गृहले कार्यविधि कार्यान्वयनमा ल्याएको थियो।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार गृह मन्त्रालयले सिसिटिभी जडानका लागि जडान गर्नुपूर्व प्रयोजन खुलाएन। पूर्वअनुमति लिनुपर्ने, तीन महिनासम्म फुटेज सुरक्षित राख्नुपर्ने, सिसिटिभीको फुटेज व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नपाइने र सिसिटिभी जडान भएका स्थानमा सर्वसाधारणले देख्नेगरी 'सिसिटिभीको निगरानी रहेको' सूचना राख्नुपर्ने अनिवार्य सर्तसहित दुई महिनाअगाडि कार्यविधि पारित भएको थियो।

सरकारी कार्यालयसँगै नेपाली सेना, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बलले समेत आफ्नो कार्यालयको गतिविधि निगरानीका लागि सिसिटिभी जडान गरेका छन्। महानगरीय प्रहरी आयुक्त कार्यालयले उपत्यकाका तीन सयभन्दा बढी स्थानको निगरानी सिसिटिभीमार्फत गर्दै आएको छ भने उपत्यकाका केन्द्रीय, नक्खु र डिल्लीबजार कारागारमा समेत सिसिटिभी जडान छन्। तर, यी कुनै पनि स्थानमा सिसिटिभी सञ्चालनसम्बन्धी सूचना छैनन्।

सिसिटिभीको प्रयोगलाई व्यवस्थित र प्रोत्साहित गर्न अत्यावश्यक रहेको भन्दै गृहले मंसिर ४ मा सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि–२०७२ स्वीकृत गरेको थियो। जसको बुँदा 'घ' मा सिसिटिभी जडान भएका ठाउँ वा भवनमा सबैले देख्नेगरी सिसिटिभी जडान भएको सूचना अनिवार्य राख्नुपर्ने उल्लेख छ।

गृहको शान्ति–सुरक्षा तथा हतियार शाखाले मंसिर ८ मा ७५ वटै जिल्ला प्रशासन कार्यालयसँगै सूचना तथा सञ्चार प्रविधि, अर्थ, संस्कृति तथा पर्यटन, नेपाली सेना, क्षेत्रीय प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नागरिक तथा उड्डयन प्राधिकरणलाई बोधार्थसहित कार्यविधि पठाएको थियो।

व्यापारिक र व्यावसायिक भवन, निजी पसल, बैंक, रेस्टुरेन्टलगायत सेवाग्राहीको आवतजावत हुने स्थानसँगै निजी घरमा सुरक्षा प्रवन्धका लागि सिसिटिभी जडानको प्रचलन बढ्दो छ। यस्ता स्थानमा सिसिटिभी जडान भइसकेको भए जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिनुपर्ने र कार्यविधिपछि व्यावसायिक वा निजी प्रयोजनका लागि जडान गर्ने हो भने पूर्वअनुमति लिनुपर्ने कार्यविधिमा उल्लेख छ। तर, यी कुनै पनि प्रावधान कार्यान्वयनमा आएका छैनन्।

गृहप्रवक्ता यादव कोइराला क्लोज सर्किट टेलिभिजनको प्रयोग बढेपछि दुरुपयोग रोक्न मन्त्रालयले कार्यविधि बनाए पनि कार्यान्वयन हुन नसकेको बताउँछन्। निजी, व्यावसायिक र सुरक्षा प्रयोजनका लागि राखिने सिसिटिभी दुरुपयोग हुनसक्ने भएकाले रोक्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोलीको समेत व्यवस्था गरी कार्यविधि कार्यान्वयनमा ल्याइएको बताउँदै उनले भने, 'कार्यविधि आएपछि मैले पनि राम्रोसँग हेर्न पाएको छैन, अब हेरेर कार्यान्वयनमा ल्याउँछौं।'

पूर्व अनुमति अनिवार्य

कार्यविधिले सार्वजनिक, व्यापारिक र निजी स्थानमा प्रयोग गरिने सिसिटिभी जडान, सञ्चालन र त्यसको अनुगमनसम्बन्धी व्यवस्था गरेको छ। आपराधिक गतिविधीमा निगरानी, ट्राफिक व्यवस्थापन, सडक नियम उल्लंघन र विशिष्ट व्यक्तिको सुरक्षा प्रवन्ध मिलाउन सार्वजनिक स्थानमा सिसिटिभी जडान गरिने कार्यविधिमा उल्लेख छ।

बैंक, वित्तीय संस्था, सपिङ मल, होटल, गरगहना व्यवसायमा व्यापारिक प्रयोजनका लागि र निजी सम्पत्तिको सुरक्षाका लागि व्यक्तिले आफ्नो परिसरमा अन्य व्यक्तिको गोपनीयता उल्लंघन नहुने र सिसिटिभी जडानको प्रयोजन दुरुपयोग नहुनेगरी अनुमति दिए पनि त्यसका लागि प्रमुख जिल्ला अधिकारीबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था छ। तर, सो प्रावधानसमेत कार्यान्वयनमा आउन सकेको छैन।

कार्यविधिले नागरिक सुरक्षा, सरकारी सम्पत्ति सुरक्षा, कारागार निगरानी, विमानस्थल सुरक्षा, सांस्कृतिक सम्पदा सुरक्षा, महŒवपूर्ण प्रतिष्ठान सुरक्षा, कूटनीतिक नियोग, सवारी व्यवस्थापनका लागि सिसिटिभी जडान गर्दा गृह मन्त्रालयसँग अग्रिम सहमसित लिनुपर्ने प्रावधान राखेको छ।

कार्यविधिअनुसार सरकारी निकायले गृह मन्त्रालयको पूर्वसहमति र व्यावसायिक वा व्यक्तिगत प्रयोगका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति अनिवार्य गरेको छ। सरकारी निकायमा जडान भएका सिसिटिभी अनुगमनको प्रवन्ध सोही कार्यालयले गर्ने तर व्यापारिक र निजी प्रयोगका लागि जडान भएका सिसिटिभीको अनुगमन जिल्ला प्रशासन कार्यालयले गर्ने कार्यविधिमा उल्लेख छ। निजी र व्यापारिक प्रयोजनका लागि जडान भएका सिसिटिभीको मनिटरिङ रुम बनाएर कर्मचारी अनिवार्य खटाउनुपर्ने र त्यस्ता कर्मचारीको नाम र विवरण प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

शौचालय, चेन्जिङ रुम, होटलको बेडरुमलगायत स्थानमा सिसिटिभी जडानमा रोक लगाउँदै कार्यविधिले सिसिटिभी क्यामराको स्थान र संख्या परिवर्तन गर्नसमेत स्थानीय प्रशासनको अनुमति अनिवार्य गरेको छ। कार्यविधिअनुसार सिसिटिभी जडान भएको छ या छैन भन्ने अनुगमनको जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई तोक्दै कार्यविधिविपरीत गतिविधि भए विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीको व्यवस्था गरेको छ।

कार्यविधिले बैंक, वित्तीय संस्था, सुनचाँदी पसल, साइबर क्याफेमा सिसिटिभी जडान अनिवार्य गरेको छ। व्यापारिक सुरक्षाका लागि सिसिटिभी जडान गर्न जिल्ला प्रशासन कार्यालयमा प्रयोजन खुलाएर अनुमति लिनुपर्ने र त्यसमा सिसिटिभीको प्रकृति, गुणस्तर, संख्या, जडान हुने स्थान, मनिटर गर्ने स्थान र मनिटरिङमा खटिने कर्मचारीको विवरणसमेत खुलाउनुपर्ने प्रावधान छ।

मन्त्रालयले सरकारी कार्यालय, प्रमुख सहर र त्यसका प्रमुख स्थानमा सिसिटिभी जडानको कामलाई उच्च प्राथमिकतामा राखेको प्रवक्ता कोइराला बताउँछन्। 'अनुगमन र अपराध नियन्त्रणमा प्रभावकारी हुने भएकाले सिसिटिभी जडान र सञ्चालनलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ,' उनले भने, 'जडानसँगै दुरुपयोग नहोस् भनेर अनुगमनलाई पनि प्रभावकारी बनाउँछौं।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस