काठमाडौं-सरकारले विद्युत उत्पादनमा महत्वाकांक्षी योजना बनाउने गरे पनि आवधिक योजना सुरु भएको साढे पाँच दशकसम्म मुलुकमा औसत करिब २९ प्रतिशत पनि बिजुली उत्पादन भएको छैन ।
जलविद्युत आयोजनाबाट बिजुली उत्पादन थालेको १ सय १ वर्ष पुग्दा मुलुकले ७ सय ३६ मेगावाट मात्र बिजुली उत्पादन गरेको छ । नेपालभन्दा एक वर्षपछि जलविद्युतमा हात हालेको छिमेकी चीनले अहिले ३ लाख २५ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ । अझ झन्डै दशकअघि मात्र जलविद्युत उत्पादन थालेको भारतले पानीबाट मात्र करिब ४१ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको छ । पछिल्लो तीन वर्षीय योजनाको गणना नगर्ने हो भने अहिलेसम्म मुलुकमा जलविद्युत, लघुजलविद्युत र अन्य गरी जम्मा ७ सय ६८ मेगावाट मात्र बिजुली उत्पादन भएको छ ।
आवधिक योजनापूर्व राणाशासकले व्यक्तिगत स्वार्थका लागि मात्र बिजुली उत्पादन गर्ने गरेका थिए । तत्कालीन रणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९६८ मा चन्द्रज्योति विद्युत ( फर्पिङ, ५ सय किलोवाट) बाट जलविद्युत उत्पादन सुरु गरेका थिए । २००७ को प्रजातन्त्र प्राप्ति, पञ्चायत हुँदै बहुदल र गणतन्त्रसम्म आइपुग्दा लक्ष्यअनुसार बिजुली उत्पादन नहुनुमा तत्ततका सरकारले काम नगरेको पुष्टि हुन्छ ।
पहिलो पञ्चवर्षीय योजना (२०१३–२०१८) देखि नै लक्ष्यअनुसारको बिजुली उत्पादन भएको भए अहिले जलविद्युत मात्र २ हजार ६ मेगावाट उत्पादन हुन्थ्यो । राजनीतिक तरलता र योजना कार्यान्वयनमा देखिएको समस्याले अहिलेको समस्या उत्पन्न भएको ऊर्जा सचिव सुमनप्रसाद शर्माले बताए ।
'यो समस्या अहिले मात्र देखिएको होइन, बहुदलपछि योजना कार्यान्वयनमा समस्या देखिएकै हो,' उनले मंगलबार नागरिकसँग भने, 'त्यसयता निजी क्षेत्रलाई जलविद्युत उत्पादनमा सहभागी गराइयो तर उसले पनि लक्षित काम गर्न सकेन ।' अस्थिर सरकार र समन्वय अभावमा पनि यो क्षेत्रमा निजी कम्पनीले लक्षित काम गर्न नसकेको उनको तर्क छ ।
आवधिक योजना सुरु हुनुपूर्व (१९६८–२०१२) मुलुकमा करिब ४ मेगावाटको डिजेल प्लान्टसहित २ मेगावाट मात्र जलविद्युत उत्पादन भएको थियो । प्रजातन्त्र स्थापनापछि अर्थात् २०१३ देखि सुरु भएको पहिलो पञ्चवर्षीय योजनामा २० मेगावाट जलविद्युत उत्पादनको लक्ष्य राखियो । तर, १ मेगावााट पनि उत्पादन हुन नसकेको राष्ट्रिय योजना आयोगले तयार पारेको पहिलो योजनाको समीक्षामा उल्लेख छ ।
प्रजातान्त्रिक कालमा राजनीतिक दल र राजाबीचको सत्ता टकरावका कारण पनि लक्षित आयोजना बन्न नसकेको यो क्षेत्रका जानकारको बुझाइ छ ।
तत्कालीन राजा महेन्द्रले २०१७ मा सत्ता हत्याएपछि सुरु भएको दोस्रो पाँच वर्षे योजनामा २२ मेगावाट उत्पादन लक्ष्य राखिए पनि उपलब्धि २.४ मेगावाट मात्र भयो । ३० वर्षे पञ्चायतकालमा लक्षित कुनै पनि योजना पूरा भएनन् ।
जलविद्युत उत्पादनमा पञ्चायतदेखि सुरु भएको काम नहुने परिपाटी बहुदलपछि पनि निरन्तर रह्यो । यद्यपि, पाँचौं र छैटौं योजनामा कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) दुई वटा जलाशययुक्त आयोजना बने । यी दुई आयोजना नै अहिले लोडसेडिङ धान्ने मेरुदण्ड भएका छन् । ती आयोजना पनि नबनेको भए विद्युत संकट भयावह हुने थियो ।
कुलेखानी निर्माणपछि जलाशय आयोजना निर्माणमा सरकारको ध्यान नजाँदा पनि वर्तमान अवस्था उत्पन्न भएको सचिव शर्माले बताए । 'तोकिएका प्रसारण लाइन नबन्दा धेरै आयोजना आउन सकेनन्,' उनले भने, 'अनुमतिपत्र बाँड्दै गए पनि सोहीअनुसार निजी क्षेत्रले काम गर्न सकेनन्, एउटा मात्र कारणले आयोजना बन्न नसकेको भन्न सकिन्न ।'
योजनाका ठेली सार्ने तर काम नगर्ने सरकारी परिपाटीका कारण आजको अवस्था उत्पन्न भएको जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बताए । 'योजना तर्जुमा र कार्यान्वयनबीच समन्वय नहुँदा योजनामा तोकिएको बिजुली उत्पादन भएन,' उनले नागरिकसँग भने, 'कर्मचारीतन्त्र सहजीकरण गर्नुभन्दा रोक्न खोज्छ, यही कारण बजेट खर्च हुँदैन ।'
जलविद्युत आयोजना निर्माणको जिम्मा निजी क्षेत्रको टाउकोमा राखेर समस्या समाधान नहुने प्रधानको भनाइ छ । 'अनुमति दिँदैमा आयोजना निर्माण निजी क्षेत्रलाई छाडेर काम भएन भन्नु गलत हो,' उनले भने, 'निजी क्षेत्रले काम गरेन भन्ने हो भने सरकारले कति काम गर्न सक्यो ?' निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाइदिनुपर्छ भन्नेमा सरकारको ध्यान नगएको उनको तर्क छ ।
सरकारले योजना तय गरे पनि त्यहीअनुसार बजेट व्यवस्था नगर्दा लक्षित बिजुली उत्पादन हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्टले बताए ।
'बहुदलपछि निजीकरणका धेरै कुरा भए, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अरुण तेस्रो, माथिल्लो कर्णाली अध्ययन भए,' उनले भने, 'त्यसलाई बजेटले सहयोग गरेन, राजनीतिक दल र गैरसरकारी निकायको विरोधमा आयोजना तुहिए ।' यहीँबाट जलविद्युत उत्पादनले गति लिन नसकेको उनको तर्क छ ।
नेपाल विद्युत प्राधिकरणको गठन तथा सातौं योजना (२०४३–२०४७) अवधिमै सरकारले अरुण र कर्णालीसहित कर्णाली चिसापानी (१०,८०० मेगावाट, बहुद्देश्यीय पञ्चेश्वरलगायत आयोजना अध्ययन गरी निर्माण योजना तय गरिएको थियो । तर, अहिलेसम्म ती आयोजना निर्माणमा जान सकेका छैनन् ।
सरकारले योजनाअनुसार काम गर्न त सकेन नै, माग र आपूर्तिको सही प्रक्षेपण पनि गरेन । पाँचौं योजनामै विद्युतको माग १५.८ प्रतिशतले बढेको थियो । छैटौं योजनामा त्यो १६ प्रतिशतले बढ्ने प्रक्षेपण थियो । तर, नेपाल विद्युत प्राधिकरणले भने अहिलेसम्म वर्षको १० प्रतिशतले मात्र माग बढ्ने परम्परागत प्रक्षेपण अघि सार्दै आएको छ ।
'माग र आपूर्तिको सही आँकलन गरेर त्यहीअनुसार काम भएको भए आजसम्म जलविद्युत उत्पादनले फड्को मार्न सक्थ्यो,' प्रधानले भने । २०४९ देखि २०५४ सम्मको आठौं योजनामा यस क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यसहित विद्युतसम्बन्धी ऐन नियम जारी गरिएको थियो । तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यले जलविद्युत उत्पादनमा निजी क्षेत्र भिœयाउने र आवश्यक कानुन बनाउने काम गरेकी थिइन् । यही योजनामा ठूला आयोजना बनाएर बिजुली भारत बेच्ने गरी दुई देशबीच पहिलोपटक विद्युत व्यापार सम्झौता भएको थियो ।
आठौं योजनासम्म लक्षित आयोजना नबने पनि नवौं योजनापछि विद्युत माग पूरा हुने अपेक्षा गरिएको थियो । प्राधिकरण सुधारसहित २५ प्रतिशतसम्म रहेको चुहावट नवौं योजनाको अन्त्यसम्म २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको योजनामा उल्लेख छ । तर, आजसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।
निजी क्षेत्रले खिम्ती–भोटेकोसी बनाएपछि यसको विरोध र माओवादी युद्ध एकसाथ हुँदा पनि जलविद्युत विकासको लक्ष्य पूरा हुन नसकेको विष्टको भनाइ छ ।
सरकारले योजना बनाउन भने छाडेन । २०६२/६३ को आन्दोलनपछि संविधानसभा चुनाव नहुँदासम्म सरकारमा रहेको गिरिजाप्रसाद कोइराला सरकारले ५ वर्षमा ५ हजार मेगावाट बिजुली उत्पादन योजना अघि सारेको थियो ।
कोइराला सरकारले तय गरेको योजना त्यसपछिको पुष्पकमल दाहाल सरकारले निरन्तरता दिएन, बरु १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको योजना नयाँ बनायो । ९ महिनामै दाहाल सरकार ढल्यो । त्यसपछि बनेको माधवकुमार नेपाल सरकारले उक्त योजना कार्यान्वयन गरेन । नेपाल नेतृत्व सरकारले पुनः २० वर्षमा २५ हजार मेगावाट बिजुली उत्पादन लक्ष्य निर्धारण गरेको थियो ।
अघिल्ला सरकारले बनाएका योजना कार्यान्वयन नगर्ने र एकपछि अर्को योजना थुपार्ने परिपाटीका कारण पनि समस्या थपिँदै गयो ।
स्वदेशको माग पूरा नगर्ने तर भारतमा बिजुली बेचेर धनी हुने सपना देखेकाले आजको समस्या निम्तिएको पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीको टिप्पणी छ ।