काठमाडौं- नेपालको विकास साझेदारका रुपमा आधा शताब्दीदेखि सहभागी एसियाली विकास बैंक (एडिबी) ले अहिलेसम्म आफ्नो लगानी ५ खर्ब १ अर्ब (४.६ अर्ब अमेरिकी डलर) रुपैयाँ पुर्या्एको छ। अनुदान र ऋणसमेतको उक्त रकममध्ये १ खर्ब ८५ अर्ब रुपैयाँ (१.७३ अर्ब अमेरिकी डलर) अहिले विभिन्न ३३ आयोजनामा लगानी भइरहेको छ। निर्माणाधीन आयोजनामा गरिएको लगानीमध्ये २३ वटा ऋण र २२ वटा अनुदान रहेको एडिबीले जानकारी दिएको छ।
एडिबीका अनुसार सक्रिय अवस्थाको (एक्टिभ पोर्टफोलियो) करिब १ खर्ब ८५ अर्बमध्ये करिब ८५ अर्ब रुपैयाँ बराबरको रकम सरकारसँग सम्झौता भएको र ५२ अर्ब ८ करोड रुपैयाँ सम्झौता हुन बाँकी छ। एडिबीले २०२६ (सन् १९६९) देखि विकास साझेदारका रुपमा लगानी गर्दै आएको छ।
सुरुमा ग्रामीण सडक, खानेपानी, सिँचाइ लगायत क्षेत्रमा लगानी गर्दै आए पनि पछिल्लो दशकमा ठूला पूर्वाधार आयोजनामा समेत लगानी बढाएको छ। लगानी सुरु गरेको वर्षदेखि हालसम्म नेपालमा वर्षको औसत १० अर्ब रुपैयाँ लगानी गर्दै आए पनि ठूला तथा पूर्वाधार आयोजनामा त्यसको ठोस उपलब्धि देखिएको छैन। पछिल्लो समय उसले लगानीको आकार बढाउँदै वार्षिक करिब ३३ अर्ब (३० करोड अमेरिकी डलर) सम्म पुर्याँएको छ।
मेलम्ची खानेपानी आयोजनामा १५ वर्षदेखि लगानी गर्दै आए पनि यो अझै पूरा हुन सकेको छैन। यस्तै, एडिबीले लगानी गरेका जलविद्युत तथा अन्य पूर्वाधार आयोजना विवादित हुँदै आएका छन्।
१४ करोड अमेरिकी डलर लगानी गरेको १ सय ४० मेगावाटको तनहुँ सेती जलविद्युत आयोजनाको परामर्शदाता छनोट क्रममा निकै विवादित भयो। मेलम्ची आयोजना निर्माणमा अहिले प्रतिकूल अवस्था देखिए पनि समयमा काम नहुनुमा केही हदसम्म एडिबी पनि जिम्मेवार रहेको आयोजनाका उच्च अधिकारी बताउँछन्।
दुर्गम तथा ग्रामीण क्षेत्रमा सञ्चालित साना सिँचाइ, खानेपानी र सडकमा गरिएको एडिबीको लगानी भने सफल देखिएको छ। गत आर्थिक वर्षमा यहाँ गरेको लगानीको कार्यमूल्यांकनको बिहीबार समीक्षा गर्दै थप लगानी बढाउन तयार रहेको एडिबीका उच्च अधिकारीले बताए।
लगानीका लागि प्रशस्त बजेट रहेको उल्लेख गर्दै एडिबीका दक्षिण एसियाली क्षेत्रीय निर्देशक हुन किमले ठूला सडक आयोजना, विमानस्थल, जलविद्युत लगायत आयोजनामा लगानी गर्न तयार रहेको बताए। 'सबै क्षेत्रका ठूला आयोजनामा हामी लगानी गर्न सक्छौं,' उनले भने, तर, यहाँ खर्च क्षमतामा ठूलो चुनौती छ।' पछिल्ला वर्षको खर्च अवस्था मूल्यांकन गर्दा कुल प्रतिबद्धताको ५० प्रतिशत रकम मुश्किलले खर्च भएको उनले बताए।
नेपाल विद्युत प्राधिकरणको आन्तरिक समस्याका कारण ऊर्जा क्षेत्रमा छुट्ट्याइएको रकम खर्च हुन नसकेको उनको भनाइ छ। 'प्राधिकरणको आन्तरिक व्यवस्थापन र अन्य प्रक्रियामा सुधार आउने हो भने ठेक्का लगायत अन्य काममा देखिएको ५० प्रतिशत समस्या समाधान हुने देखिन्छ,' उनले भने।
मुलुकको विकासमा एडिबीको भूमिका उल्लेखनीय रहेको बताउने अर्थसचिव लोकदर्शन रेग्मीले लगानीअनुसार खर्च हुन नसकेको स्विकारे। 'एडिबीले लगानी बढाउँदै लगे पनि खर्च गर्ने हाम्रो क्षमता सन्तोषजनक छैन, हामीले वर्षको करिब १५ करोड अमेरिकी डलरसम्म खर्च गर्न सकेका छौं,' उनले भने, 'हामीसँग तयारी अवस्थाका आयोजना पनि प्रशस्त छैनन् भने दक्ष जनशक्ति अभाव पनि उस्तै छ।'
गत वर्ष यहाँ लगानी गरेको बजेट खर्च सन्तोषजनक नरहेको एडिबीले समेत स्विकारेको छ। काम गर्ने प्रतिकूल वातावरण अभाव र प्रक्रियागत झन्झटका कारण क्षेत्रमा छुट्ट्याइएको रकम खर्च हुन नसकेको एडिबीको कार्यमूल्यांकन प्रतिवेदनमा उल्लेख छ।
प्रक्रियागत झन्झट र सरकारी निकायबीच समन्वय नहुँदा सन् २०१५ को अन्त्यसम्म सञ्चालित आयोजनामा छुट्ट्याइएको ५५ प्रतिशत (९५ करोड ५४ लाख अमेरिकी डलर) बजेट अझैसम्म सम्झौता भएको छैन। यस्तै, सम्झौता भइसकेको ७२ प्रतिशत (१ अर्ब २५ करोड अमेरिकी डलर) बजेट खर्च हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनका अनुसार पछिल्लो ३ वर्षमा स्वीकृत भएका जलविद्युत र सहरी पूर्वाधार आयोजनाका लागि छुट्ट्याइएको बजेट खर्च हुन सकेको छैन। ऊर्जा क्षेत्रमा लगानी गर्न तयारी आयोजनाको ठूलो अभाव रहेको एडिबी अधिकारीको तर्क छ। ठेकेदार र परामर्शदाताभन्दा कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा विकेन्द्रीकरण गरिएका साना आयोजनामा समेत नेपालले चुनौती सामना गर्नुपरेको छ।
निर्माणाधीन आयोजनाका लागि छुट्ट्याइएको करिब १ खर्ब ८५ अर्ब रुपैयाँबराबर लगानीको उपलब्धि सन्तोषजनक छैन। भूकम्पपछि तत्काल खर्च गर्न एडिबीले छुट्ट्याएको १९ करोड ८७ लाख अमेरिकी डलरमध्ये अहिलेसम्म १ करोड ३ लाख अमेरिकी डलर मात्र खर्च भएको छ। यस्तै, तनहुँ हाइड्रो, प्रसारण लाइन विस्तारलगायत ६ वटा ऊर्जासँग सम्बन्धित आयोजनाको प्रगति निराशाजनक देखाएको छ।
सन् २०१५ मा लगानी प्रतिबद्धता जनाएको बजेटअनुसार काम नभए पनि केही प्रगति देखिएको एडिबीका आवासीय प्रतिनिधि केनिची योकोआमाले बताए।
'समग्र आयोजनाको मूल्यांकन गर्दा प्रगति निराशाजनक छैन, ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणभित्रको समस्या समाधान गर्ने प्रयास गरेको छ,' उनले भने, 'यसले ऊर्जा क्षेत्रका आयोजनाको उपलब्धि बढाउँदै लैजानुका साथै यो क्षेत्रको सुधारसमेत हुनेछ।'