पञ्चेश्वरमा अझै भारतको तगारो
१२ माघ २०७२
•
१३ मिनेट पाठ
पञ्चेश्वरमा अझै भारतको तगारो
काठमाडौं-नेपालमा भारतअनुकूल गतिविधि नभएपछि सम्झौताअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण प्रक्रिया अघि बढाउन अहिले भारत तयार देखिएको छैन। नयाँ संविधान जारी भएलगत्तै यहाँ नाकाबन्दी सुरु गरेर दुःख दिँदै आएको भारतले आफ्नो इशारामा यहाँ काम नहुने देखेपछि आयोजना अघि बढाउन चासो नदेखाएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै द्विपक्षीय लगानीमा आयोजना छिटो निर्माण गर्ने घोषणा गरे पनि उनकै कारण लक्ष्यअनुसार काम नभएको पञ्चेश्वरका एक उच्च अधिकारीले बताए।

गत वर्ष साउनमा मोदी नेपालको औपचारिक भ्रमणमा आउँदा आयोजना बनाउन तय गरिएको कार्यविधि (टिओआर) पूर्वप्रधानमन्त्री सुशील कोइराला र उनले अनुमोदन गरेका थिए । पञ्चेश्वर अगाडि बढाउन दुवै देशले तत्काल काम सुरु गर्नुपर्ने उनको उद्घोष थियो । तर, अहिले आयोजना नबनाउने मनसायले 'पञ्चेश्वर विकास प्राधिकरण (पिडिए) गठनको झन्डै नौ महिना हुँदासम्म आफ्नातर्फबाट कार्यसमितिमा अधिकारी पठाएको छैन ।

प्राधिकरण कार्यसमितिमा दुवै देशका ४/४ अधिकारी रहने प्रावधान छ । कार्यसमितिले पूर्णता नपाउँदा प्रभावकारी रुपमा काम अघि बढ्न नसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङले बताए ।

'नेपालका तर्फबाट कार्यसमितिमा ६ महिनाअघि नै ४ जना नियुक्त भइसकेका छन्, तर अहिलेसम्म भारतका तर्फबाट सिफारिस गर्नुपर्ने अधिकारी आएका छैनन्,' उनले आइतबार नागरिकसँग भने, 'कार्यसमितिले पूर्णता नपाउँदा लक्ष्यअनुसार काम हुँदैन । दुवै पक्षको सहकार्यमा काम हुँदै आएको छ, तर कामको गति बढेको छैन ।'

भारतकै कारण 'गभर्निङ बडी' को तेस्रो बैठक बस्न समय लागेको गुरुङले बताए । 'नेपाल र भारतकै सहमतिमा पुस ७ र ८ मा काठमाडौंमा बैठक राख्ने सहमति भएको हो, तर भारतीय जलस्रोत सचिव प्रधानमन्त्री मोदीसँग अस्टे«ेलिया जानुपर्ने भन्दै बैठक सारियो,' उनले भने ।

बैठक सर्दा लक्ष्यअनुसारको काम १ महिना ढिला भएको र यसले निर्माण प्रक्रियालाई लम्याएको पनि उनले बताए । नेपालले निरन्तर दबाब दिएपछि आउँदो माघ २० र २१ गते गभर्निङ बडीको तेस्रो बैठक काठमाडौंमा हुने तय भएको छ ।

नेपालका लागि भारतीय राजदूत रन्जित रेले भने सार्वजनिक रुपमै नेपालभित्र बढ्दै गएको राजनीतिक अस्थिरताका कारण आयोजना अघि बढ्न नसकेको तर्क गर्ने गरेका छन् । 'करिब २ खर्ब रुपैयाँमा बन्नुपर्ने आयोजना अबको ५/७ वर्षमा बन्यो भने पनि लागत १० खर्ब रुपैयाँसम्म पुग्न सक्छ,' राजधानीमा आयोजित नेपाल–भारत सम्बन्ध र चुनौती विषयक कार्यक्रममा बोल्दै उनले भने, '२० वर्षअघि नै आयोजना बनेको भए दुई देशलाई धेरै फाइदा हुने थियो ।'

भारतसँग कुनै आयोजना निर्माणका विषयमा कुरा हुँदा त्यहाँ अतिराजनीतिक हुने र त्यसले समस्या उत्पन्न गर्ने राजदूत रेले बताए । 'अति राजनीतिक हुँदा छलफल जटिल हुँदै जान्छ र परिणाम आउँदैन वा आयो भने पनि कार्यान्वयन हुन सक्दैन,' उनले भने, 'यसको उदाहरण पञ्चेश्वर हो ।' आयोजनाका विषयमा हुने विवाद राजनीतिक तहबाट समाधान हुनुपर्नेमा उनले जोड दिएका थिए ।

गभर्निङ बडीको बैठकमा भारतीय परामर्शदाता वापकोस लिमिटेडले तयार पारिरहेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को हालसम्मको प्रगति समीक्षा, प्राधिकरणको संरचना विस्तार स्वीकृत र नयाँ आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने गुरुङले जानकारी दिए । उनका अनुसार आयोजनाको कामका लागि ५० करोड रुपैयाँ छुट्याउने तयारी भएको छ ।

पञ्चेश्वर विकास कोषमा अहिलेसम्म दुवै पक्षले ३२ करोड रुपैयाँ जम्मा गरेका छन् । यही कोषमा नयाँ आवका लागि थप बजेट राखिनेछ । आन्तरिक एवं कागजी काम भए पनि दुवै पक्षको सहकार्यमा जुन रुपमा काम हुनुपर्ने हो, त्यो नभएको 'पञ्चेश्वर बहुउद्देश्यीय आयोजना' का प्रमुख नवीनराज सिंहले बताए ।

नेपालले निर्माण प्रक्रिया अघि बढाउन प्रयास गरे पनि भारतले नचाहँदासम्म पञ्चेश्वर बन्ने सम्भावना छैन । यसैको परिणाम हो, दिल्लीमा दोस्रो बैठक भएको झन्डै १ वर्षसम्म तेस्रो बैठक बस्न नसक्नु । गभर्निङ बडीले दबाब दिन नसक्दा वापकोसले पनि लक्ष्यअनुसार काम गरेको छैन ।

पञ्चेश्वरका बारेमा दुवै देशले छुट्टा–छुट्टै तयार पारेको डिपिआर अद्यावधिक गर्दै पूर्णता दिने जिम्मा पाएको उक्त कम्पनीले गत भदौ दोस्रो साताभित्रै काम सक्नुपथ्र्यो । तर, तीन महिना समय थप गरेर पनि उसले अझै काम सकेको छैन । तोकिएको काम नसकेकाले थप समय मागेको र समय थप्ने तयारी भएको गुरुङले बताए ।

गभर्निङ बडीको सहअध्यक्षमा नेपालका तर्फबाट ऊर्जा सचिव र भारतका जलस्रोत सचिव रहने प्रावधान छ । नेपालका लागि भारतीय राजदूतले समेत बैठक राख्नेबारे चासो नदिएकाले समय लम्बिएको विद्युत विकास विभागका अधिकारीको तर्क छ ।

प्राधिकरणमा सुरुको तीन वर्ष नेपालको प्रमुख कार्यकारी अधिकृत नेपाल र सहायक प्रमुख कार्यकारी अधिकृत भारतको हुने व्यवस्था गरिएको छ । साउन दोस्रो साता भारतले सहायक प्रमुख कार्यकारी अधिकृत एचके साहु र प्राविधिक सञ्चालक एके खार्यालाई पठाएको थियो ।

सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा विभागका पूर्वमहानिर्देशक गुरुङसहित अन्य तीन पदाधिकारी नियुक्त गरिसकेको छ । नेपालले भन्दाअघि नै प्राधिकरणमा दुई पदाधिकारी पठाएको भारतले अहिलेसम्म अर्थ र पुनःस्थापनासँग सम्बन्धित कार्यकारी निर्देशक सिफारिस गरेको छैन । दिल्लीमा भएको गभर्निङ बडीको दोस्रो बैठकले डिपिआर पूर्णता गर्ने जिम्मा उक्त कम्पनीलाई दिएको थियो ।

स्थानीय क्षेत्रको तथ्यांक संकलनमा समय लागेको भन्दै कम्पनीले समय मागेकाले फागुन दोस्रो सातासम्म डिपिआरले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको गुरुङको भनाइ छ । गत वर्ष साउन १८ मा संविधानसभा बैठकमा बोल्दै मोदीले एक वर्षभित्र आयोजनाको निर्माण सुरु गर्न सकिने र यसका लागि भारतले पूर्ण सहयोग गर्ने आशा देखाएका थिए ।

आयोजना वर्षौं पहिले निर्माण हुनुपर्ने तर्क गर्दै त्यतिबेला उनले हिन्दुस्तानको अध्यारो नेपालको बिजुलीले हटाउने बताएका थिए । यसको सुरुआत पञ्चेश्वरबाट सुरु हुने पनि उनको धारणा थियो । तर, अहिले उनकै नेतृत्वको भारत सरकारले नेपालमा अघोषित नाकाबन्दी सुरु गर्दै सामान्य जीवनदेखि पूर्वाधार निर्माणसमेत रोकेको छ ।

आयोजनाको कार्यविधि दुई देशका सचिवस्तरीय तहमा सन् २००९ मै पारित भएको थियो । दुवै सरकारबाट अनुमोदन हुन भने झन्डै पाँच वर्ष लागेको थियो । पानी उपयोग र क्षमता निर्धारणबारे दुवै देशबीच विवाद हुँदै आएकाले पनि लामो समयदेखि संयुक्त डिपिआर बन्न सकेको थिएन ।

स्थायी ड्याम रुपालीगाढमा बनाउँदा ६ हजार ४ सय ८० मेगावाट बिजुली उत्पादन हुने र त्यसभन्दा केही तल बन्ने रि–रेगुलेटिङ ड्यामबाट थप २ सय ४० मेगावाट बिजुली उत्पादन हुने अध्ययनमा उल्लेख छ ।

पूर्णागिरिमा ड्याम बनाउँदा नेपालतर्फ (बैतडीमा) को धेरै खेतीयोग्य जग्गा डुबानमा पर्ने हुँदा रुपालीगाढमै बनाउनुपर्ने ऊर्जा मन्त्रालयको जोड छ । उच्च ड्यामबाट आउने पानी २४ सै घन्टा समानरुपमा छोड्न रि–रेगुलेटिङ ड्याम आवश्यक पर्छ । नेपालले तयार पारेको डिपिआरमा आयोजना ६ हजार ७ सय २० मेगावाट र भारतीय अध्ययनले यसको क्षमता ५ हजार ६ सय मेगावाट उचित हुने उल्लेख छ ।

सचिवस्तरीय दोस्रो बैठक हुने


नेपाल–भारत सचिवस्तरीय संयुक्त 'स्टेयरिङ' कमिटी दोस्रो बैठक आगामी फागुन १६ र १७ गते काठमाडौंमा हुने भएको छ ।

१६ गते बस्ने सहसचिवस्तरको संयुक्त कार्य समूहले निर्णय गरेका विषयलाई सचिवस्तरको बैठकले अन्तिम रुप दिनेछ । बैठकले नेपाल–भारत प्रसारण लाइन गुरुयोजना, अन्तरदेशीय प्रसारण कनेक्सनमा अहिलेसम्म भएका कामको समीक्षा गर्नेछ ।

नेपाल–भारतबीच भएको विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन प्रक्रियामा सचिवस्तरीय समितिले सहयोग पु¥याउँदै आएको छ । पहिलो बैठक भारतमा भएको थियो ।

बैठकमा ढल्केबर–मुजफ्फरपुर र कुशाह–कटैया र रक्सोल–परवानीपुर प्रसारण लाइन निर्माणको अवस्थाका बारेमा पनि समीक्षा गर्ने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना प्रमुख नविनराज सिंहले बताए । 'उक्त प्रसारण लाइनबाट अर्को हिउँदसम्म कति बिजुली ल्याउन सकिन्छ, यसबारे पनि छलफल हुन्छ,' उनले भेन ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस