काठमाडौं- 'लौ, भूकम्प त तराई पो झर्योक!' सिराहाको समथर भू–भागमा बुधबार बिहान ४.२ म्याग्निच्युड स्केलको भूकम्प गएपछि राजधानीवासीले टिप्पणी गरिहाले। वैशाख १२ को अनुकम्पनले हैरान सर्वसाधारणमा सिरहा भूकम्पले अनौठो जिज्ञासा पैदा गरिदियो। बुधबार दिनभर यो विषय सामाजिक सञ्जाल र चिया–चर्चाको विषय बन्यो।भूकम्पविद भने यस्तो मान्न तयार छैनन्। चुरे र तराई क्षेत्रको भूकम्पको अध्ययन गरिसकेका भूकम्पविद डा. सोमनाथ सापकोटा भन्छन्, 'वैशाख १२ पछिका शक्तिशालीदेखि स–साना भूकम्पस"ग यसको कुनै सम्बन्ध छैन। सिरहा भूकम्पको स्रोत बेग्लै हो।'
उनका अनुसार वैशाखयताका भूकम्पस"ग यसको सम्बन्ध नभए पनि विसं १९९० र २०४५ का भूकम्पस"ग यसको सम्बन्ध छ। 'त्यतिबेलाका यी शक्तिशाली भूकम्पको शक्तिको स्रोत र सिरहाको भूकम्पको शक्तिको स्रोत एउटै हो। यस क्षेत्रमा एक/दुई वर्षको अन्तरालमा यस्ता भूकम्प गइरहेका छन्।'
डा. सापकोटाले दुई वर्षअघि तिब्बतियन प्लेटो र भारतीय प्लेटोको मिलनबिन्दु मानिने चुरे क्षेत्रका नदीकिनारको अध्ययन गरेका थिए। उनले सिंगापुरका प्राध्यापकस"ग मिलेर जमिनबाट पा"च/सय मिटर गहिराइमा रहेको प्लेटो र चट्टानको अवस्थाको अध्ययन गरेका थिए।
भूकम्पमापन केन्द्रका अर्का भूकम्पविद लोकविजय अधिकारीका अनुसार विसं १९९० मा संखुवासभामा ८.३ म्याग्निच्युड स्केल र २०४५ मा उदयपुरमा ६.७ म्याग्निच्युड स्केलको भूकम्प गएको थियो।
'त्यतिबेलाको भूकम्पले बनाएको फल्ट जोनमै अहिले भूकम्प गएको हो, त्यसैले पनि यसको सम्बन्ध अघिल्ला यी दुई भूकम्पस"ग छ,' उनले भने।
डा. सापकोटाका अनुसार उच्च पहाडी, हिमाली क्षेत्रमा जाने भूकम्प र तराई/चुरे क्षेत्रमा जाने भूकम्पको प्रकृतिबीच त्यत्तिकै भिन्नता छ। 'उच्च क्षेत्रमा जाने भूकम्पको गहिराइ १५ देखि २० किलोमिटर हुन्छ। समथर क्षेत्र वा चुरे/तराई क्षेत्रमा जाने भूकम्पको गहिराइ ५५/६० किलोमिटर हुन्छ,' उनले भने, 'भौगर्भिक बनावटअनुसार गहिराइ फरकफरक पर्छ।'
केन्द्रका अर्का भूकम्पविद मुकुन्द भट्टराईका अनुसार सिरहा पनि विगतमा गएका ठूला भूकम्पले असर पारेको स्थानमा पर्छ। 'त्यतिबेलाको भूकम्पले त्यस क्षेत्रको जमिनमा धा"जा पारेको थियो। त्यस क्षेत्रमा थुप्रै दरार पारेको थियो। त्यसैले पनि यसको सम्बन्ध विगतका ठूला भूकम्पस"ग छ,' उनले भने।
वैशाख १२ को गोरखा, बारपाक केन्द्र रहेको शक्तिशाली भूकम्पको दरार सिरहासम्म नपुगेको उनले जानकारी दिए। 'यो भूकम्पले गोरखादेखि दोलखा, रामेछाप र सिन्धुलीसम्म असर गरेको थियो। दरार पनि यी क्षेत्रमा मात्र सीमित छन्। यी स्थानबाट सिरहा धेरै टाढा पर्छ। त्यसैले पनि यो भूकम्पको सम्बन्ध वैशाख १२ र त्यसपछिका अनुकम्पनस"ग छैन,' उनले भने, 'त्यसैले गर्दा स्रोत पनि बेग्लाबेग्लै हुन्।'
पूर्व–पश्चिम राजमार्गको सिरहा खण्डबाट १८ किलोमिटर दक्षिण/पूर्वमा रहेको गौरीपुरनजिकै बुधबार बिहान ६ः१७ बजे ४.२ म्याग्निच्युड स्केलको भूकम्प गएको थियो।
स्थानीयले आवाजसहितको झट्का महसुस गरेको जानकारी लहानस्थित नागरिक संवाददाता मिथिलेश यादवले दिए।
बिहान भूकम्पको झट्कापछि गाउँलेहरु जमिनै हल्लाउने गरी कति ठूलो र कस्तो गाडी आयो भनेर घरबाहिर निस्केको जानकारी मलाई आएको थियो,' नागरिककर्मी यादवले भने, 'स्थानीयले आवाज सुनेको जानकारी दिएका थिए।'
अधिकारीका अनुसार वैशाख १२ यता दाङ–देउखुरीको नेपाल–भारत सीमानजिक कोइलाबास पारी भारतको भूभागमा अर्को नया" भूकम्प गएको थियो। यससहित वैशाख १२ यता तराईमा दोस्रोपटक नया" भूकम्प गएको हो।
पहाडी क्षेत्रमा भने यसअघि बाजुरा, पा"चथर र म्याग्दीमा नया" भूकम्प गएका थिए। वैशाख १२ यता शुक्रबार नुवाकोट केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युड स्केलको गोरखाको अनुकम्पन गएको थियो।
वैशाख १२ को भूकम्पपछि ४ म्याग्निच्युड स्केलमाथिका ४ सय २७ अनुकम्पन गएका छन्।
वैशाख १२ को शक्तिशाली भूकम्प र अनुकम्पनमा करिब ९ हजारले ज्यान गुमाएका थिए। ६ लाखभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको थियो।