पाँच वर्षभित्र उत्तर-दक्षिण जोड्ने ४ सडक
१३ माघ २०७२
•
८ मिनेट पाठ
पाँच वर्षभित्र उत्तर-दक्षिण जोड्ने ४ सडक
काठमाडौं- उत्तरका विकट हिमाली तथा पहाडी क्षेत्रलाई तराईसँग जोड्दै आर्थिक गतिविधि बढाउन सरकारले उत्तर–दक्षिण जोड्ने ४ रणनीतिक सडक ५ वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ।भारतले नाकाबन्दी गरेका बेला उत्तरका सडक निर्माणमा जोड दिएको सरकारले आन्तरिक अर्थतन्त्र विकास गर्दै चीनसम्म व्यापार विस्तार गर्ने उद्देश्यले यस्तो योजना बनाएको हो। पूर्वमा कोसी करिडोर, कोदारी राजमार्ग (बनेपा–तातोपानी), गल्छी–रसुवागढी र बेनी–जोमसोम–कोरला सडक आउँदो ५ वर्षभित्र २ लेनमा निर्माण तथा स्तरोन्नति गर्ने योजना तय गरिएको छ।




सडक निर्माणको ५ वर्षे 'भिजन पेपर' तयार गर्दै तीसहित अन्य सडक विस्तार एवं सुधार गर्ने योजना अघि सारिएको सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले बताए। 'सडक निर्माणमा सधैं परम्परागत पद्दती अपनाइयो, यसरी मुलुकको दु्रत विकास सम्भव छैन,' उनले नागरिकसँग भने, '५ वर्षभित्र काम गरेर के उपलब्धि हुन्छ भन्ने भिजन पेपरको निचोड हो।'

समाज रुपान्तरण तथा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने गरी अबका सडक विकास तथा विस्तार गर्नुको विकल्प नरहेको कार्कीले बताए। 'सरकारको यही योजनाअनुसार नै विभागले भिजन पेपर तयार गरेको छ,' उनले भने। सडक निर्माण तथा स्तरोन्नती कार्ययोजना सहितको उक्त भिजन पेपर २ साताभित्र मन्त्रिपरिषदबाट पास गर्ने तयारी भइरहेको छ।

पूर्वाधार आयोजना विकास र अनुगमन गर्न सरकारले उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा उच्चस्तरीय निर्देशक कमिटीसमेत गठन गरेको छ। सरकारले गत मंसिर दोस्रो साता ऊर्जा र परराष्ट्र मन्त्रालयसमेत सम्हालेका टोपबहादुर रायमाझी र कमल थापासहित अर्थमन्त्री, अर्थसचिव, सूचना तथा सञ्चार सचिव सम्मिलित 'उच्चस्तरीय भौतिक पूर्वाधार अनुगमन तथा निर्देशक समिति' गठन गरेको थियो।

कार्कीका अनुसार उक्त समितिले पूर्वाधार आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधान गर्ने र कामको अनुगमन गर्नेछ। भिजन पेपरअनुसार काम भए ५ वर्षपछि मुलुकको आर्थिक विकासले नयाँ गति लिने उनले दाबी गरे।

विभागले तयार गरेको सोचपत्रमा ५ वर्षभित्र पूर्व–पश्चिम राजमार्गको करिब हजार किलोमिटर ४ लेन बनाउने, २ हजार किलोमिटर सडक २ लेनमा विस्तार गर्ने लगायत कार्ययोजना समेटिएको छ। उक्त योजना तयार गर्नेबारे विभाग र भौतिक मन्त्रालयबीच औपचारिक छलफल सकिएको छ।

उच्चस्तरीय निर्देशक समितिमा अन्तिम छलफल गरेर राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा भिजन पेपर पेस गरिनेछ। दुवै निकायबीच भएको छलफलको निष्कर्षका आधारमा एकदेखि एक/दुई साताभित्र भिजन पेपर मन्त्रिपरिषदबाट पास हुने विभागका उपमहानिर्देशक केशवकुमार शर्माले बताए।

'मन्त्रिपरिषदले पास गरेको कार्ययोजना आउँदो आर्थिक वर्ष (२०७३/७४) देखि ५ वर्षसम्म कार्यान्वयन हुन्छ,' उनले भने, 'यस अवधिभित्र मुख्य रणनीतिक सडक निर्माण तथा स्तरोन्नति गर्नुका साथै ६ सय पुल र थानकोट–धादिङसम्मको २ किलोमिटर सुरुङमार्गको निर्माण पूरा हुन्छ।'

राष्ट्रिय गौरव आयोजनाको सूचीमा रहेको लामो समयदेखि चर्चा र विवादित काठमाडौं–तराई फास्ट ट्र्याकसमेत विभागअन्तर्गत नै राखेर निर्माण गर्नेबारे पनि छलफल भएको शर्माले जानकारी दिए। '५ वर्षभित्र २ लेनका सडक ४ लेनमा, सिंगल लेनलाई २ लेन र ग्राभेल सडक कालोपत्रे गर्ने योजना छ,' उनले भने।

पहाडी तथा हिमाली क्षेत्रमा जीर्ण बन्दै गएका सडक तथा पुल १२ महिना यातायात सुचारु हुने गरी मर्मत तथा स्तरोन्नति गर्ने योजनासमेत भिजन पेपरमा समावेश गरिएको छ। राजमार्गलाई दक्षिण एसियाली मापदण्डअनुसार स्तरोन्नती गर्नुका साथै अन्य सडक मर्मतमा समेत आधुनिक प्रविधि प्रयोग गरेर उच्च गुणस्तरीय बनाउने योजना छ।

५ वर्षे भिजन पेपर अर्थात कार्ययोजना कार्यान्वयन गर्न विभागले करिब ६ खर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ। यसमा दातृ निकायबाट कति सहयोग लिने र सरकारबाट कति खर्च गर्ने भन्नेबारे निर्क्योल नभएको शर्माले बताए।

अतिकम विकसित मुलुकबाट माथि उठ्दै गएको र बजेट खर्च क्षमता बढेकाले पछिल्ला दुई वर्षदेखि एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकले नेपाललाई दिने अनुदान कटौती गरेर ऋणमात्र दिँदै आएका छन्। सडक निर्माण तथा विभागका लागि छुट्याइने बजेटमध्ये अहिले सरकार र दातृ निकायको हिस्सा ७०/३० प्रतिशत हुने गरेको छ। ५ वर्षे कार्ययोजनाका लागि पनि यही अनुपातमा बजेट आउने अपेक्षा गरिएकेा छ।

विभागले विगतदेखि न्यूनतम आधारभूत यातायात सडक सञ्जाल निर्माण, निश्चित सेवा प्राप्त हुने गरी सडक मर्मत र पैदल यात्रुलगायत सडक प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्ने गरी सडक निर्माण गर्दै आएको थियो। आधारभूत सडक विकासको लक्ष्य पूरा भएकाले अब यसको सुधार, मर्मत र स्तरोन्नति गर्न जरुरी रहेको शर्माले बताए।

सडक विभाग र स्थानीय विकसा तथा कृषि सडक विभागले गरी अहिलेसम्म करिब ६६ हजार किलोमिटर सडक निर्माण भइसकेको छ। यसमध्ये १५ हजार किलोमिटरभन्दा बढी रणनीतिक सडक निर्माण भएको छ। यस्तै, जनसंख्याको आधारमा एक किलोमिटर सडकबराबर २ हजार एक सय ३१ व्यक्तिमा सडकको पहुँच पुगेको छ। विभागका अनुसार देशभर २१ मुख्य र दुई सय ८ सहायक राजमार्ग निर्माण भएका छन्। यस्तै, ६ हजार ३ सय ६९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस