काठमाडौं– नेपाल–भारत ऊर्जा व्यापार सम्झौता(पिटीए)लाई कार्यान्वयनमा लाने विषयमा छलफल गर्न दुबै देशका ऊर्जा अधिकारीहरुको दुर्इ दिने बैठक बिहीबारबाट काठमाडौंमा शुरु हुँदैछ।नेपाल भारतबीच २०७० सालको भदौ १९ गते भएको प्रारम्भिक सम्झौता र ०७० कात्तिक ४ गते भएको पिटीएको सचिवस्तरीय अन्तिम सम्झौताका प्रावधानहरुलाई व्यवहारिक कार्यान्वयमा लाने विषयमा बैठकमा छलफल हुने ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थले जानकारी दिए।
बिहीबार पिटीए–सम्झौताअनुसार दुबै देशका ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको जोइन्ट वर्किङ ग्रुपको बैठक हुने बताइएको छ। उक्त बैठकले गरेका निर्णयहरुका आधारमा शुक्रबार भने दुबै देशका सचिवस्तरमा रहेको स्टेरिङ कमिटिको बैठक बस्ने मन्त्रालयले जानकारी दिएको छ।
नेपाल–भारत विद्युत् व्यापारका लागि आवश्यक पूर्वाधारहरुको स्थिति र निर्माण गर्नुपर्ने पूर्वाधार, ऊर्जा खरिदबिक्रीको प्रक्रिया, ऊर्जा उत्पादनका लागि नेपालमा अघि बढाइएका ठूला माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतका जलविद्युत् अयोजनाहरुका विषयमा बैठकमा छलफल हुने बताइएको छ। त्यस्तै, नेपाल भातर–विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको ढल्केबर मुजफफ्रपुर ४ सय केभी प्रसारणलाइनका बिषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। छलफलका लागि भारतका ऊर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अधिकारीहरुको टोली काठमाडौं आएको र अहिले होटल सोल्टी क्राउन प्लाजामा बैठक चलिरहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।
विभिन्न ८ दफा र ११ उपदफाहरुमा समेटिएको ऊर्जा व्यापार सम्झौता(इलेक्ट्रिक पावर टे«ड, क्रसबोर्डर ट्रान्सिमिशन इन्टर कनेक्शन एण्ड ग्रिड कनेक्टिभिटी–पिटीए) कार्यान्वयनका लागि भारत दुई वर्षसम्म उदासिन देखिएको थियो। भारतकै पहलमा भइरहेको यस बैठकले ऊक्त सम्झौता कार्यान्वयमा लागि अघि बढाउन मद्दत पुग्ने विश्वास ऊर्जा अधिकारीहरुको विश्वास छ।