काठमाडौं- पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण गर्न गठित 'पञ्चेश्वर विकास प्राधिकरण' 'गभर्निङ बडी' को तेस्रो बैठक फेरि रोकिएको छ। भारतले विशेष कारण देखाउँदै सहभागी हुन नसक्ने जानकारी दिएपछि बैठक रोकिएको हो।
बैठकको अध्यक्षता नेपालका ऊर्जा सचिव र भारतका जलस्रोत सचिवले गर्ने प्रावधान छ। गत पुस ७ र ८ गते काठमाडौंमा हुने भनिएको बैठक भारतीय जलस्रोत सचिव प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्टे्रेलिया जानुपर्ने भन्दै दुवै देशको सहमतिमा यही माघ २० र २१ गतेका लागि सारिएको थियो।
नेपाल–भारत सचिवस्तरीय दोस्रो ऊर्जा बैठक शुक्रबार सकिएकै दिन भारतले जलस्रोत सचिव शशि शेखर उपस्थित हुन नसक्ने जानकारी दिए पनि अर्को बैठकका लागि भने मिति तोकिएको छैन। सचिव शेखर लखनऊ जानुपर्ने हुँदा बैठक एक/दुई दिनपछि सार्न भनिएको प्राधिकरणका एक उच्च अधिकारीले नागरिकलाई जानकारी दिए।
बैठकबारे ऊर्जा सचिव सुमनप्रसाद शर्मासँग जानकारी लिँदा तत्कालका लागि रोकिएको अनौपचारिक जानकारी आएको बताए। 'रोकिएको भन्ने अनौपचारिक कुराकानी भयो, औपचारिक जानकारी आएको छैन,' उनले शनिबार नागरिकसँग भने, 'कहिले हुने भन्ने टुंगो छैन।'
आपसी सहमतिमा यसअघि मिति तय गरिए पनि दुई पटक नै भारतकै कारण बैठक सरेको हो। यसले आयोजना कार्यान्वयनमा शंका बढ्दै गएको छ। 'एक/दुई दिन सार्न भनिएको छ, तर बैठकको मिति कहिले तोक्ने भन्ने टुंगो लागेको छैन,' प्राधिकरणका एक अधिकारीले भने, 'मिति तय नभएसम्म बैठक अनिश्चित नै भयो।'
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङले अर्को बैठकका विषयमा निरन्तर छलफल भइरहेको बताए। 'मिति तय भइसकेको छैन, भएपछि तपाईंलाई जानकारी हुन्छ,' उनले मोबाइलमा पठाएको एसएमएसको जवाफ दिँदै भने।
महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने गरी २०५२ साल माघ २९ गते दुई सरकारबीच महाकाली सन्धि भएको थियो। पञ्चेश्वरमा भारतको चासो बढी भएकाले नेपालको मात्र प्रयासले आयोजना निर्माण सम्भव थिएन।
आयोजना बन्ने कि नबन्ने भन्ने विवादमै २० वर्ष बित्यो। यो आयोजना नेपालभन्दा भारतले चाहेको खण्डमा मात्र निर्माण हुने यस क्षेत्रका जानकारले बताउँदै आएका छन्। २०७१ साउन १८ मा भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानसभा बैठकमा आवश्यक काम पूरा गरेर एक वर्षभित्र निर्माण सुरु हुने उद्घोष गरेका थिए।
मोदी उद्घोषको केही समयभित्रै प्राधिकरण गठन भयो र त्यसको कार्यसमितिमा चार नेपाली र दुई भारतीय अधिकारी नियुक्त भए। गभर्निङ बडीको दिल्लीमा भएको बैठकले वापकोस लिमिटेडलाई ६ महिनाभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने जिम्मा पनि दियो।
भारतका तर्फबाट प्राधिकरण कार्यसमितिमा दुई अधिकारी नियुक्त नहुनु, गभर्निङ बडीको बैठक सर्दै जानु र तोकिएको समयमा विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) तयार नहुनुले आयोजना निर्माण अघि बढ्नेमा प्रशस्त शंका उब्जाएको छ। तर, राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भारतीय विद्युत सचिव प्रदीपकुमार पूजारीले वापकोसले डिपिआरको काम तयार गरिसकेकेा जानकारी दिए।
प्राधिकरण कार्यसमितिमा दुवै देशका चार/चार अधिकारी रहने प्रावधान छ। नेपालका तर्फबाट कार्यसमितिमा आवश्यक सञ्चालक वा अधिकारी नियुक्त भएको ६ महिनासम्म भारतले आफ्ना तर्फबाट कुनै व्यक्ति सिफारिस नगर्दा लक्ष्यअनुसार काम अघि बढेको छैन।
कार्यसमितिले पूर्णता नपाउँदा निर्माणअघिको काम तोकिएअनुसार हुन नसकेको प्रमुख कार्यकारी अधिकृत गुरुङले समेत स्विकार गरेका छन्। पहिलो पटक बैठक सर्दा काम गर्ने समय एक महिना ढिला भएको र यसले निर्माण प्रक्रियालाई लम्ब्याउँदै लगेको उनले बताए।
राजधानीमा शुक्रबार नेपाल–भारत उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तर्क्रियामा नेपालका लागि भारतीय राजदूत रणजित रेले समेत फागुन पहिलो सातामै गभर्निङ बडीको बैठक बस्ने दोहोर्यातए।
बैठकमा वापकोसले तयार गरिरहेको डिपिआरको प्रगति समीक्षा, प्राधिकरणको संरचना विस्तार र नयाँ आर्थिक वर्षको बजेट स्वीकृत गर्ने एजेन्डा छन्। आयोजनामा आउँदो आर्थिक वर्षका लागि ५० करोड रुपैयाँ छुट्ट्याउने तयारी भएको छ। पञ्चेश्वर विकास कोषमा अहिलेसम्म दुवै पक्षले ३२ करोड रुपैयाँ जम्मा गरेका छन्।
पञ्चेश्वरबारे दुई देशले छुट्टाछुट्टै तयार पारेको डिपिआर अद्यावधिक गर्दै पूर्णता दिने जिम्मा पाएको कम्पनीले गत भदौ दोस्रो साताभित्रै काम सक्नुपर्थ्यो। तर, तीन महिना समय थप गरेर पनि उसले अझै काम सकेको छैन। तोकिएको काम नसकेकाले थप समय मागेको र समय थपिँदै छ।
आयोजनाको कार्यविधि दुवै सचिवस्तरीय बैठकले सन् २००९ मै पारित गरेको थियो, तर दुवै सरकारबाट अनुमोदन हुन झन्डै पाँच वर्ष लाग्यो। पानी उपयोग र क्षमता निर्धारणबारे विवाद हुँदै आएकाले पनि लामो समयदेखि संयुक्त डिपिआर बन्न सकेको थिएन।
स्थायी ड्याम रुपालीगाढमा बनाउँदा ६ हजार ४ सय ८० मेगावाट बिजुली उत्पादन हुने र त्यसभन्दा केही तल बन्ने रि–रेगुलेटिङ ड्यामबाट थप २ सय ४० मेगावाट बिजुली उत्पादन हुने अध्ययनमा उल्लेख छ।
पूर्णागिरिमा ड्याम बनाउँदा नेपालतर्फ (बैतडी) को धेरै खेतीयोग्य जग्गा डुबानमा पर्ने हुँदा रुपालीगाढमै बनाउनुपर्ने ऊर्जा मन्त्रालयको जोड छ। उच्च ड्यामबाट आउने पानी २४ सै घन्टा समानरुपमा छोड्न रि–रेगुलेटिङ ड्याम आवश्यक पर्छ। नेपालले तयार पारेको डिपिआरमा आयोजना ६ हजार ७ सय २० मेगावाट र भारतीय अध्ययनले यसको क्षमता ५ हजार ६ सय मेगावाट उचित हुने उल्लेख छ।