काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता गरेको उक्त कम्पनीले लगानी जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका जोशीले चौतर्फी दबाब थेग्न नसकी आइतबार पद छाडेका हुन्।
कम्पनीमा बुझाइएको राजीनामापत्रमा 'व्यक्तिगत कारण' पद त्यागेको उल्लेख गरिए पनि स्थानीय लगानीकर्तासहितको डेढ महिना लामो धर्नालगायत दबाबमूलक आन्दोलनपछि उनको राजीनामा आएको हो।
विगत एक महिनायता जोशीको राजीनामा माग्दै कम्पनीकै पूर्व बोर्ड सदस्य राजुमान महर्जनले शृंखलाबद्ध विरोध कार्यक्रम गर्दै आएका थिए। कम्पनीका अधिकांश बोर्ड सदस्यले समेत जोशीमाथि आफूखुसी खर्च गर्ने र पारदर्शिता नभएको आरोप लगाउँदै आएका छन्। यही कारण परियोजना अघि बढ्न नसकेको जनाउँदै उनीहरुले जोशीको बहिर्गमनपछि पनि ५८ किलोमिटरको उक्त परियोजना पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन्। परियोजनाको सुरु लागत ३४.८७ अर्ब भनिए पनि उल्लेख्य रुपमा बढ्न सक्ने बताइन्छ।
परियोजनामा हालसम्म विभिन्न स्थानीय तथा राष्ट्रिय उद्योगपति, हेटौंडा, कुलेखानीलगायत गाविसका न्यून आय भएका स्थानीयसहित १७ सय बढीले गरी ३० करोड रुपैयाँ लगानी गरिसकेका छन्। कम्पनीमा जोशीको लगानी भने १० लाख रुपैयाँ मात्र हो।
महर्जन अगुवाइको संघर्ष समितिले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी जोशीलाई हटाउन दबाब दिएका थिए।
अध्यक्ष दाहालले उक्त परियोजनामा सरकारले समेत लगानी गर्नुपर्ने धारणा हेटौंडामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरे पनि सरकारी पक्षले आयोजनाबारे कुनै टिप्पणी गरेको छैन।
महर्जनले जोशीको राजीनामा सोमबार कम्पनीको कार्यालय ललितपुरस्थित ज्वागलमा दर्ता भएको जानकारी दिए। 'जोशीले स्थानीय लगानीकर्ता, जिल्लास्थित उद्योग वाणिज्य संघका सदस्य, गैरआवासीय नेपालीसँगै वैदेशिक लगानीसमेत जुटाउन सकेनन्,' कुलेखानी गाविसका पूर्व अध्यक्षसमेत रहेका महर्जनले नागरिकसँग भने।
सञ्चालक समिति र व्यवस्थापनले जम्मा भएको रकमको बैंकको ब्याज चलाएर अफिस सञ्चालन गरे पनि हुनेमा संकलित रकम नै खर्च गरिसिध्याएको महर्जनको आरोप छ।
टिबिआई ग्रुपका अध्यक्ष भवन भट्टले १ अर्ब लगानीसहित उक्त कम्पनी प्रवेश गर्ने भएपछि महर्जनसहित अन्य दुई जनाले बोर्ड सदस्य पद छाडी भट्टलाई बोर्डमा भिœयाएका थिए।
आइतबार जोशीले राजीनामा बुझाएको पुष्टि गर्दै नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक सदस्यले अर्को बोर्ड बैठकले नयाँ नेतृत्व चयन गर्ने जनाए। दुई साताअघि अन्नपूर्ण होटलमा आयोजित बोर्ड बैठकले जोशीलाई राजीनामा दिन दबाब दिएको थियो।
बोर्डका एक सदस्यले तत्कालका लागि बोर्ड सदस्य तथा प्राविधिक निर्देशक लालकृष्ण केसी नयाँ अध्यक्ष बन्ने सम्भावना औंल्याउँदै ठूलो रकम लगानी गर्नेमध्येबाटै कम्पनीको भावी अध्यक्ष चयन गरिने दाबी गरे।
निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडालिटीमा आधारित उक्त परियोजना सञ्चालन गर्न सरकारले तीन वर्षअघि जोशी नेतृत्वको टोलीलाई अनुमति दिएको थियो। जसअनुसार कम्पनीले परियोजना चार वर्षभित्र निर्माण गरी ३० वर्ष सञ्चालन गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने हो।
कम्पनीले सुरुङमार्ग भई आवतजावत गर्ने सवारीसाधनबाट सरकारले पछि तोकेबमोजिम टोल (शुल्क) उठाउन पाउने सम्झौतामा छ।
कम्पनीलाई निजी क्षेत्रले ठूलो परियोजना विकास गर्न लागेकाले विभिन्न शुल्क र करहरुमा छुटको व्यवस्था समेत गरेको छ। उक्त परियोजनामा लगानी गरेको रकमको स्रोत नखोजिनेसमेत सरकारले सम्झौतामार्फत प्रत्याभूत गराएको छ। यस्ता सुविधा निजी क्षेत्रलाई प्रोत्साहित गर्न राखिए पनि प्रतिबद्धता बमोजिम काम गर्न नसकेकामा सरकारी अधिकारी असन्तुष्ट छन्।
जोशीले तीन वर्षसम्म खासै काम गर्न नसके पनि डेढ महिनाअघिसम्म कोही पनि उनीविरुद्ध खुलेका थिएनन्। नेपालीकै लगानी र नेपाली ठेकेदारमार्फत उक्त महŒवाकांक्षी परियोजना निर्माण गर्ने भन्दै कम्पनीले सर्वसाधारणलाई लगानी गर्न आग्रह गरेको थियो। पछि जोशी आफैँले नेपालीले लगानी गर्न नचाहेको र विद्यमान कानुनले पनि इक्विटीमा सर्वसाधारणबाट धेरै लगानी लिन सक्ने व्यवस्था नरहेकाले विदेशी लगानी जुटाउन भन्दै विभिन्न देशको भ्रमण गरेका थिए।
राजिनामाबारे जोशीको धारणा एसएमएसमार्फत जान्न खोज्दा उनले कुनै प्रतिक्रिया दिएनन्।
विभिन्न देशका लगानीकर्ताबीच परियोजनाबारे छलफल गरी फर्केपछि जोशीले सन् २०१४ मा क्यानेडेली कम्पनी इन्फ्राब्यांक्स कर्पोरेसनसँग परियोजनामा कर्पोरेसनले २८ अर्ब बढीको वित्तीय व्यवस्थापन गर्ने सम्झौता गरेको जनाएका थिए तर उक्त सम्झौता वित्तीय व्यवस्थापन सम्झौता नभई सामान्य सहमति मात्रै भएको खुलेको थियो। जुन सम्झौतामा त्यसपछि कुनै प्रगति भएन।
कम्पनीका अधिकारीका अनुसार परियोजनाको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार रहेको र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि सरकारद्वारा अनुमोदन हुने अन्तिम चरणमा रहेको छ। यसैगरी परियोजना क्षेत्रको रुख काट्ने अनुमति लिइसकिएको र जग्गाधनीको मुआब्जा तोक्ने सम्बन्धमा र बोलपत्र कागजात, विस्तृत सर्भे लगायतका अन्य कामहरु अन्तिम चरणमा छन्।