दस वर्षसम्म डलरमा पिपिए
१८ माघ २०७२
•
८ मिनेट पाठ
दस वर्षसम्म डलरमा पिपिए
काठमाडौं- सरकारले विदेशी लगानीमा बन्ने जलविद्युत आयोजनाका लागि कम्तीमा १० वर्ष अमेरिकी डलरमा भुक्तानी दिन मिल्ने गरी नयाँ मापदण्ड तय गर्ने भएको छ। आगामी साता घोषणा गरिने 'ऊर्जा संकट निवारण दशक' अवधारणामार्फत यस्तो मापदण्ड ल्याउन लागिएको हो।




विदेशी लगानीका आयोजनामा अहिलेसम्म डलरमा विद्युत खरिद सम्झौता (पिपिए) गर्ने/नगर्ने भन्ने विवाद छ। यही विवादले आधा दर्जन आयोजना निर्माण सुरु हुनसकेका छैनन्। नयाँ मापदण्डपछि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज हुने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।

ठूला जलाशययुक्त आयोजना निर्माणमा विदेशी लगानी आवश्यक रहेकाले संकटकाल घोषणाबाट यस्तो मापदण्ड बनाउन लागिएको उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताए। 'लगानीकर्ताले ऋण नतिर्दासम्म १० वर्ष वा त्योभन्दा कम अवधिसम्म डलरमा पिपिए गर्ने व्यवस्था हुनेछ,' उनले सोमबार नागरिकसँग भने।

नेपाली मुद्रा कमजोर हुँदा वा डलरमा भुक्तानी दिँदा हुने जोखिम नेपाल विद्युत प्राधिकरण र लगानीकर्ता वा आयोजना प्रवर्द्धकले समान रुपले बेहोर्नुपर्ने कार्ययोजनामा उल्लेख छ। मन्त्रालयले बनाउने विस्तृत मापदण्डका आधारमा लगानीकर्ताको विदेशी लगानी फिर्ता नभएसम्म १० वर्ष समयसीमा राखी विदेशी लगानीको अनुपातमा परिवर्त्य मुद्रामा पिपिए गर्ने उल्लेख छ।

'साना आयोजनाबाट उत्पादित विद्युतले ऊर्जा संकट निवारण नहुने हुँदा ठूला आयोजनामा लगानी जरुरी छ,' ऊर्जा मन्त्रालय कार्यक्रम महाशाखा प्रमुख दिनेशकुमार घिमिरेले भने, 'नयाँ व्यवस्थाले विगतदेखि डलरमा पिपिए गर्दा हुने विवाद कम गर्नेछ।'

नयाँ अवधारणाअनुसार डलर वा विदेशी मुद्रामा पिपिए गर्दा हुने विनिमय जोखिम प्रवर्द्धक र विद्युत खरिदकर्ता दुवैले न्यायोचित रुपमा बेहोर्ने नीति अवलम्बन गरिनेछ। मन्त्रालयले यस्तो मापदण्ड संकटकाल निवारण घोषणा भएको मितिले तीन महिनाभित्र तयार पार्नुपर्नेछ।

प्रसारण लाइन निर्माण नभएर उत्पादित बिजुली प्रवाह हुन नसके यसको क्षतिपूर्ति वा विद्युत ऊर्जाबापत भुक्तानीको प्रत्याभूति सरकारले गरिदिने व्यवस्था मिलाइएको छ। प्राधिकरणले निजी क्षेत्रका आयोजनाबाट उत्पादित बिजुली खरिद गर्दा पोस्टेड रेट (हिउँदमा ८.४० र बर्खामा ४.८० रुपैयाँ) २५ मेगावाट (५ पटक) र २५ देखि १ सय मेगावाट (८ पटक) सम्म फरक–फरक वार्षिक वृद्धिदर तोकेको छ।

पिपिएमा एकरुपता ल्याउन सरकारले संकटकाल निवारणकाल मार्फत यसमा समान व्यवस्था गर्दै वार्षिक वृद्धिदर आठपटक कायम गर्न लागेको छ। प्राधिकरण सञ्चालक समितिले १ सय मेगावाटसम्मका नेपाली लगानीका आयोजनाका हकमा पिपिए वृद्धिदर ८ पटक दिने निर्णय गरेको थियो। सरकारले प्राधिकरणको उक्त निर्णयलाई नै निरन्तरता दिँदै अवधारणापत्रमा समेटेको छ।

सरकारले तोकेको १० वर्षसम्म जुनसुकै आयोजनाको पिपिए 'लेऊ या तिर' (टेक अर पे) का आधारमा गरिने अवधारणापत्रमा उल्लेख छ। संकट निवारणकाल घोषणा गरेको तीन वर्षमै ऊर्जा संकट हट्ने घिमिरेले दाबी गरे। त्यसपछि आयोजना विकासक्रम पनि सुरु हुने उनको भनाइ छ।

मन्त्रालयले तयार पारेको अवधारणापत्र सोमबार मन्त्रिपरिषदद्वारा गठित पूर्वाधार आयोजना अनुगमन तथा निर्देशक समितिमा प्रस्तुत गरिएको थियो। 'समितिले केही बुँदामा संशोधन गर्नुपर्ने औंल्याउँदै संकट निवारणकाल कार्ययोजना खाकासमेत तयार गर्न सुझाव दिएको छ,' उनले भने। उनका अनुसार समितिको आगामी आइतबार बस्ने बैठकमा संशोधित अवधारणा पेस गरिनेछ।

संकटकाल निवारण क्रममा थर्मल प्लान्टबाट उत्पादित र भारतबाट आयातित बिजुलीमा प्राधिकरणलाई पर्ने घाटा रकम सरकारले शोधभर्ना दिने भएको छ। सरकारले यसअघि घोषणा गरेका ऊर्जा संकटकालमा समेत यस्तो व्यवस्था गरेको थियो, तर त्यसको पूर्ण कार्यान्वयन भने भएको छैन।

आयोजना विकासमा लगानी वृद्धि गर्न र प्राधिकरणको वित्तीय अवस्थामा सुधार ल्याउनका साथै माग व्यवस्थापन गर्न मौसम र समयअनुसार विद्युत महसुल दर निर्धारण/समायोजन गर्ने व्यवस्था गर्न लागिएको छ। अर्धजलाशय र जलाशय आयोजनाको निर्माण गर्ने परिस्थिति बनाउन मौसमी र समयअनुसार पिपिए दर निर्धारण गरिने अवधारणापत्रमा उल्लेख छ। यस्तै, उत्पादकले प्रसारण लाइन प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क (ह्विलिङ चार्ज) निर्धारण गर्ने व्यवस्था संकटकाल घोषणा भएको मितिले ६ मिहनाभित्र मिलाइनेछ।

अवधारणापत्रमा उल्लेख भएअनुसार आयोजना अध्ययन, विकास तथा निर्माणमा बाधा अड्चन गर्ने व्यक्ति वा संस्थालाई सार्वजनिक अपराध सरहको कसुर मानी कानुनी कारबाही गर्ने व्यवस्था गरिएको छ। साथै आयोजनास्थललाई बन्द निषेधित क्षेत्र घोषणासमेत गर्ने तयारी छ।

भविष्यमा जलाशय आयोजना बन्न सक्ने भनी यकिन भएका र नदी बेसिन गुरु योजनामा परेका आयोजना क्षेत्रमा असर नपर्ने सुनिश्चित गरेर मात्र दीर्घकालीन पूर्वाधार र बस्ती विकासको योजनाबद्ध कार्यक्रम अघि बढाइनेछ। वन क्षेत्र अधिग्रहण गर्दा त्यस बराबरको जग्गा किनेर दिनुपर्ने यसअघिको प्रावधान पनि हटाइनेछ।

ऊर्जा संकट निवारण गर्दै दिगो आर्थिक विकास गर्न ५० प्रतिशत जलाशय, २० प्रतिशत अर्धजलाशय र ३० प्रतिशत नदी प्रवाही तथा वैकल्पिक ऊर्जा उत्पादन गरी ऊर्जा सुरक्षा मिलाउने अवधारणापत्रमा योजना छ। आयोजनाको अनुमतिपत्र जारी गर्ने अहिलेको प्रक्रियाकै कारण उत्पादित बिजुली प्रसारण लाइनमा जोडिन नसकेको ठहर गर्दै मन्त्रालयले यसलाई सहज बनाउन नयाँ अवधारणा ल्याउन लागेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस