कागजात लुटेर महिलालाई ठग्छन् दलालले
१८ माघ २०७२
•
७ मिनेट पाठ
कागजात लुटेर महिलालाई ठग्छन् दलालले
झापा- कुवेत जाने, मेहनत गर्ने, टन्न कमाउने र नेपाल फर्किएपछि चिटिक्क परेको घर बनाउने सपना सजाएकी थिइन्, मोरङ सुन्दर–दुलारीकी धर्मकुमारीले। उदयपुर ठोक्सीलाकी हरिमाया र कोसी–हरैंचा नगरपालिकाकी कृष्णकुमारीको सपना पनि उस्तै थियो। मनभरि सपनाको सुन्दर महल बनाउँदै माघको पहिलो साता ३ जना झापाको काँकाडभिट्टा आइपुगे। तर, उनीहरूको सपना काँकडभिट्टा आइनपुग्दै तोडियो।

३ जना इलाका प्रहरी कार्यालय काँकडभिट्टा र माइती नेपालको नजरमा परे। उनीहरूलाई पूर्वी नाकाबाट नियन्त्रणमा लिइयो। प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आवश्यक पर्ने कागजात माग्यो। उनीहरूसँग थिएन। र, प्रहरीले ३ जनालाई नै काँकडभिट्टास्थित माइती नेपालको कार्यालयमा राखेर अनुसन्धान गरी आफन्तको जिम्मा लगायो। उनीहरूसँग कुनै कागजात नभएको होइन तर भए जति सबै कागजात पहिल्यै दलालले हात पारिसकेको थियो।

माइती नेपालको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने कयौं नेपाली महिला दलालको लुटको चंगुलमा यसैगरी फसिरहेका छन्। कुवेत मात्रै होइन, वैदेशिक रोजगारीको आकर्षक गन्तव्य इजरायल जाने महिला पनि दलालको पञ्जामा परिरहेका छन्। भारतीय बाटो प्रयोग गरेर इजरायल पठाइदिने आश्वासन दिएर दलालले लाखौं कुम्ल्याउने र महिलालाई भारतका विभिन्न सहरमा पुर्यारएर अलपत्र पारेका घटना प्रशस्तै छन्। गत साता पनि इजरायल जान हिँडेका २ महिलालाई माइती नेपालले नियन्त्रणमा लियो। उनीहरूसँग राहदानी, नागरिकता र वैदेशिक रोजगारीमा जान चाहिने कागजात थिएन। यसरी नै मानव तस्करको सञ्जालले नेपाली महिलालाई ठगिरहेको छ।

माइती नेपाल काँकडभिट्टाको पछिल्लो १ महिनाको तथ्यांक अनुसार विनाकागजात खाडी मुलुक जाने महिलाको संख्या निरन्तर बढिरहेको छ। सन् २०१६ जनवरी १ देखि २९ तारिखसम्मको तथ्यांकअनुसार पूर्वी नाकाबाट खाडी मुलुक हिँडेका ३२ महिलालाई फिर्ता गरिएको छ। उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ।

माइती नेपालका अनुसार उनीहरूसँग कुनै कागजात थिएन। अवैध बाटोबाट विदेश लैजाने एजेन्टले कागजात नियन्त्रणमा लिएपछि मोटो रकम असुल्ने गरेका छन्। 'काम हुँदैछ भन्दै अल्मल्याउने गरेका छन्,' हरिमायाले भनिन्, 'बल्ल–बल्ल लैजान लागेको खबर गरे, तर यहाँ अर्को लफडामा फस्नुपर्योक।' उनले कागजात र रकम लिएपछि दलाल नै बेपत्ता हुने गरेको बताइन्।

पीडितसँग कागजात र रकम दिएको भर्पाइ पनि हुँदैन। जसका कारण न्याय पाउनबाट उनीहरू वञ्चित छन्। मानव तस्करको गिरोह कानुनी कारबाहीबाट बचिरहेको छ। 'पूर्वी नाका हुँदै खाडी मुलुक हिँडेका अधिकांश महिलासँग कागजात हुँदैन,' माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे भन्छन्, 'झुठो प्रलोभनमा परेर खाडी मुलुक पुगेका धेरै महिलाको उद्धार गरिएको छ।'

तर, राहदानी, फर्केर आउँदाको हवाइजहाजको टिकटलगायत कागजात नहुँदा मानव तस्करले छुटकारा पाउने उनले बताए। 'कतिले त दलाल पनि चिन्दैनन्,' घिमिरे भन्छन्, 'विभिन्न बहानामा एजेन्टले कागजात हत्याउँछन्।' उनका अनुसार एजेन्टले घरेलु कामदारको रोजगारी र राम्रो कमाइको लालच देखाएर महिलालाई भारतको बाटो प्रयोग गरिरहेका छन्। 'तीमध्ये ६५ देखि ७० प्रतिशतले एजेन्ट देखेकै हुँदैनन्,' उनी भन्छन् , '८० देखि ९५ प्रतिशतसँग कागजात हुँदैन।'

दलालको प्रलोभनमा परेर बिदेसिएका महिलालाई भारतीय यौन बजारमा पुर्यालइन्छ। पीडित महिला प्रमाण अभावकै कारण अन्याय सहेर बाँचिरहेका छन्। अवैध रूपमा विदेश पठाउनेविरुद्ध मुद्दा दर्ता भए पनि प्रमाण अभाव मुख्य समस्या हो। झापा प्रहरीका अनुसार दलालले कागजात जफत गरेपछि ठगीको प्रमाण जुटाउनै सकस हुने गरेको छ। 'काठमाडौं विमानस्थलबाटै हिँडेकासँग पनि कागजात हुँदैन,' झापा प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले भने, 'एयरपोर्टको गेटमा पुगेपछि मात्रै कागजात पाउँछन् कसले दिएको भन्ने पनि थाहा हुँदैन।'

एसपी ज्ञवालीका अनुसार समस्या नपरी उजुरी नआउने भएकाले दलाललाई कानुनी दायरामा ल्याउन सकिएको छैन। 'किटानी जाहेरी नदिएसम्म कारबाही गर्न मिल्दैन,' ज्ञवालीले भने, 'पीडितले जाहेरी दिन ढिला गरे अभियुक्त उम्किन्छन्, मुद्दा कमजोर हुन्छ।'

ठगिने आशंकाले बेलैमा उजुरी दिए धेरै अभियुक्तलाई कानुनी कठघरामा उभ्याउन सकिने माइती नेपालले जनाएको छ। 'पीडितको जाहेरीबिना कसैलाई कारबाही गर्न सकिँदैन,' घिमिरेले भने, 'पीडित पक्ष दलालको गिरोहविरुद्ध नलागेसम्म न्याय दिलाउन सकिँदैन।' मानव बेचबिखनजस्तो संवेदनशील मुद्दाको सुनुवाइमा प्रमाण नहुँदा न्याय दिन समस्या हुने कानुन व्यवसायी बताउँछन्। प्रमाण अभावमा मुद्दा असफल हुने र घटनामा संलग्न व्यक्तिले सफाइ पाउने भएकाले मानव तस्करीका घटना नियन्त्रण हुन नसकेको हो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस