गाँजाको जुत्ता, चरेसको सोल
२० माघ २०७२
•
१० मिनेट पाठ
गाँजाको जुत्ता, चरेसको सोल
काठमाडौं- विदेशीमाझ प्रिय गाँजाका बोटको रेसाबाट बनेका खैरा जुत्ता। अनि त्यही जुत्ताको कालो सोल। स्थलमार्गबाट भारत पठाएर त्यहाँबाट समुन्द्री मार्ग हुँदै युरोपेली मुलुक पुर्याखउन तयारी अवस्थामा रहेको जुत्ताको चाङ अहिले लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको गोदाममा छ। गाँजाको रेसाबाट बनेको जुत्ता ब्युरो कार्यालय पुग्नुको कारण हो– त्यसमा हालिएको कालो सोल त चरेसको पो रहेछ।




युरोपेली मुलुकमा माग हुने काँस, ढलोटका हस्तनिर्मित सामग्रीमा लुकाएर चरेस तस्करी गर्दा सहजै प्रहरीले चाल पाउन थालेपछि कहलिएका चरेस तस्कर दिलबहादुर गुरुङले नयाँ उपाय अपनाउँदै गाँजाको रेसाबाट तयारी हुनै लागेका जुत्ता खरिद गरी त्यसको सोल चरेसको बनाई इटली, क्यानडा, हङकङ र चीनतिर तस्करी गर्दै आएका रहेछन्।

ब्युरोका डिआइजी केशरीराज घिमिरेका अनुसार उनले चरेस लुकाउन बुद्धसम्बन्धी धार्मिक किताबलाई समेत उपयोग गरेका थिए। बूढानीलकण्ठ–१२, नारायणचोकमा रहेको एक घरमा चरेस प्याकिङको काम हुने सुराकी पाएको ब्युरोको टोलीले माघ १८ मा अक्कलबहादुर तामाङको फ्ल्याट पुग्दा त्यहाँ धमाधम चरेस पेलेर जुत्तामा सोलका रुपमा टाँस्ने अनि धार्मिक पुस्तकको कभरमा लुकाउने काम भइरहेको फेला पार्यो्।

प्रहरीले ९० किलो चरेस, दुई बोरा जुत्ता अनि धार्मिक पुस्तकको डुंगुरसहित अक्कलबहादुर र उनीसँगै रहेका धनबहादुर गुरुङलाई पक्राउ गर्योि। लगत्तै प्रहरीले धनबहादुर गुरुङ र नरबहादुर गुरुङलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा ती सामान २०२७ सालदेखि चरेसको धन्दामा सक्रिय कहलिएका तस्कर दिलबहादुरको रहेको खुलेपछि प्रहरीले सोही दिन समूहका अर्का सदस्य नरबहादुर गुरुङ र त्यसको दोस्रो दिन दिलबहादुरलाई लाजिम्पाटको पानीपोखरीबाट पक्राउ परे।

प्रहरीले उनीहरुको साथबाट चरेससँगै, चरेस पेल्न प्रयोग हुने सामग्री, चिनियाँ मुद्रा, अमेरिकी र हङकङ डलर, हङकङको सिमकार्ड र भारतीय रुपैयाँसमेत बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका अन्य तीन गुरुङका सहयोगी हुन्। उनले सहयोगी परिचालन गरी धादिङ, मकवानपुरमा गाँजा पेलेर चरेस बनाएर थोरै परिमाणमा काठमाडौं भिœयाएर मेसिनले पेली हस्तकलाका सामग्री, जुत्तामा लुकाएर विदेश पठाउँदै आएका थिए।

पक्राउ परेका मध्ये धनबहादुर र नरबहादुर भरिया हुन्। उनीहरुले प्रतिखेप ५० देखि ७० हजार रुपैयाँसम्म लिएर विभिन्न हस्तकलामा लुकाइएको सामग्री स्थलमार्गबाट भारत पुर्यातउने गरेका थिए। धादिङ, मकवानपुरबाट गाँजा संकलन गरी काठमाडौंमा ल्याउन नरबहादुर सक्रिय थिए। उनले ल्याएको सामग्री अन्यले प्रतिकिलो ५ हजार लिने गरी मेसिन प्रयोग गरेर पेलेर विभिन्न सामानमा प्याकिङ गर्ने गरेका थिए।

प्रहरीका अनुसार दिलबहादुर भारत गएर त्यहाँ पुगेको सामान समुन्द्रीमार्गहुँदै युरोप र हङकङ पठाउन सक्रिय थिए। 'दिलबहादुरले सबै काम नरबहादुरमार्फत गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,' ब्युरोका एक अधिकारीले भने, 'चरेस युरोपसम्म पुर्या्उने, चरेस खरिदकर्ता खोजी गर्ने काममा उनी आफैं संलग्न देखिएका छन्।'

पक्राउ पर्दै, धरौटीमा निस्कँदै

ब्युरोका प्रहरी अधिकारीका अनुसार दिलबहादुर अर्का कहलिएका चरेस तस्कर देवेन्द्र छपाली मगरकै समकालीन हुन्। २०२७ देखि निरन्तर लागुऔषधको कारोबारमा संलग्न मगर २०३३ मा गाँजा–चरेस कारोबार प्रतिबन्धित भएपछि पनि सक्रिय थिए। २०३६ सालबाट पटक–पटक पक्राउ पर्दै छुट्टै आएका थिए। क्यानडामा सिरक निर्यातको आवरणमा उनले चरेस तस्करी गर्दै आएको अवस्थामा उनलाई ब्युरोले २ वर्षअगाडि सितापाइलामा रहेको एक घरमा छापा मारेर सहयोगीसहित पक्राउ गरेको थियो।

२०५४ मा प्रहरीको राडरमा आएका दिलबहादुर पनि पहिलोपटक पक्राउ परेका होइनन्। उनी पनि मगरझैँ पटक–पटक पक्राउ पर्दै अदालतबाट धरौटीमा छुट्दै पुनः धन्दामा सक्रिय भइरहेका तस्कर हुन्। छपाली मगर पक्राउ परेर कारागार चलान भएपछि उनी चरेस तस्करीमा थप सक्रिय भएका थिए।

'गुरुङ नेपालमा सक्रिय चरेस तस्करमध्ये सबैभन्दा बलियो र संगठित समूहमध्येकै हुन्,' ब्युरोका एसएसपी गणेश केसीले भने, 'उनलाई पक्राउ गर्नसक्नु ब्युरोको ठूलै उपलब्धि हो।'

प्रहरी रेकर्डअनुसार गुरुङ सबैभन्दा पहिले २०५४ मा प्रहरीको नोटिसमा आएका थिए। त्यो वर्ष प्रहरीले थानकोट बसपार्कबाट ना.अ.ख.३११५ नम्बरको ट्याक्सीबाट ५० किलो चरेससहित दीपेन्द्र मगर र रामबहादुर हमाललाई पक्राउ गरेको थियो।

घिमिरेका अनुसार अनुसन्धानमा उक्त समूहका सञ्चालक गुरुङ रहेको खुले पनि उनी तत्काल पक्राउ परेनन्। २०५९ जेठ १८ मा धापासीमा रहेको गुरुङकै घर छापा मारेर १० किलो चरेससहित उनलाई पक्राउ गर्यो । मुद्दा जिल्ला अदालत पुगेपछि उनी ३० हजार धरौटीमा रिहा भए। धरौटीमा छुटेलगत्तै उनले पुनः आफ्नो समूह संगठित गरेर चरेसधन्दा सुरु गरे।

तत्कालीन लागुऔषध नियन्त्रण इकाइले २०६० फागुन ८ मा सेरामिक भाँडामा चरेस लुकाएर क्यानडा पठाउन लागेको अवस्थामा अशोककुमार सुवेदीलाई पक्राउ गर्यो०। सेरामिक कप, कचौरा, गमलामा लुकाइएको चरेसको तौल ६ सय ६९ किलो थियो। प्रहरीले सुवेदी र मोहनकृष्ण रिसाललाई पक्राउ गरी अनुसन्धान गर्दा बरामद चरेस दिलबहादुरकै रहेको खुलेपछि २०६१ पुस २६ मा उनलाई पनि पक्राउ गर्यो्।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि पुनरावेदन अदालत हुँदै मुद्दा सर्वोच्च पुगेपछि त्यहाँको आदेशमा उनी एक वर्षपछि ९ लाख धरौटी राखेर तारेखमा छुटे। सोही मुद्दामा २०६३ चैत २६ मा जिल्ला अदालतले अन्तिम फैसला गर्दै ८ वर्ष कैद ८० हजार जरिवाना गरेपछि उनी २०६४ साउन २२ मा पुनः पक्राउ गरी चलान भए।

कैद भुक्तान गरेर २०७० साउनमा निस्केका दिलबहादुरलाई ब्युरोले २०७२ जेठ २८ मा २०५४ को मुद्दामा पक्राउ गरी जिल्ला अदालतमा बुझायो। अदालतले २ लाख धरौटी लिएर छाडिदियो। ब्युरोका एसएसपी केसीका अनुसार प्रारम्भिक बयानमा जेठमा धरौटीमा छुटेपछि उनले यसरी नै दुईपटक चरेस इटली पठाएको खुलेको छ।

पछिल्लो समय उनी चरेसको 'डिल' गर्न हङकङ पुगेका थिए। भारत हुँदै समुद्री मार्गबाट चरेस हङकङ भिœयाएर त्यहाँबाट क्यानडा र इटली पुर्यालउन 'डिल' गरेर उनी तीन दिनअघि मात्र नेपाल फर्किएका थिए।

नेपाल फर्किएर डेलिभरी गर्ने सामान मिलाउँदै गर्दा उनी ९० किलो चरेससहित पक्राउ परे।

'दिलबहादुरको नेपालमा रहेका अन्य सहयोगी र अन्तर्राष्ट्रिय नेटवर्क पहिल्याउनु हाम्रो मुख्य प्राथमिकता हो,' ब्युरोका डिआइजी घिमिरेले भने, 'यसका लागि हङकङ, क्यानडा र इटलीका प्रहरीसँग समन्वय गरिरहेका छौं।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस