काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी एक कार्यक्रममा सहभागी हुन बुधबार काठमाडौंबाट पोखरा पुगिन्। कार्यक्रम थियो– विश्व शान्ति पूजा तथा सालिक अनावरण। कार्यक्रम उद्घाटन १ बजे तय भए पनि एक घन्टाअघिबाटै पोखराका सडकमा सुरक्षाकर्मी बाक्लै उभ्याइए।
एक बजे कारगेडसहित कार्यक्रमस्थल पुगेकी राष्ट्रपति भण्डारीले नेपालको पर्वतीय पर्यटनमा योगदान पुर्यााएको भन्दै संग्रहालयको प्रांगणमा ठडिएको पूर्वराजा ज्ञानेन्द्रका भिनाजु खड्गविक्रम शाहको सालिक अनावरण गरिन्।
उनी करिब डेढ घन्टा कार्यक्रमस्थलमा बसिन्। अति विशिष्ट व्यक्ति सकेसम्म आफ्नो निवास बाहिर बस्न नहुने सुरक्षा रणनीतिका कारण उनी बुधबारै सेनाको हेलिकप्टरबाट काठमाडौं उत्रिइन्।
राष्ट्रपतिमा निर्वाचित भएयता तीन महिनाबीच राष्ट्रपति भण्डारीको बुधबारको भ्रमण १९ औं हो। उनी पुगेका १० वटा कार्यक्रम त धार्मिक हुन् भने अन्यमा ट्रेड युनियन सम्मेलनदेखि गीतगजलका कार्यक्रम उद्घाटनसम्म छन्।
प्रथम राष्ट्रपति डा. रामवरण यादवको पालामा सहभागी हुने कार्यक्रमबारे अन्योल बढेपछि कस्तो कार्यक्रममा सहभागी हुने, कस्तोमा नहुने मापदण्ड नै बनाइएको थियो। राष्ट्रपति भण्डारीको पालामा भने न नयाँ मापदण्ड बन्यो न पुरानो कार्यान्वयनै। पहुँचका आधारमा राष्ट्रपतिलाई कार्यक्रममा तान्ने होडै चलिरहेको छ।
'कस्तो कार्यक्रममा जाने, कस्तोमा नजाने भन्ने कुनै मापदण्ड छैन,' राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले नागरिकसँग भने, 'अहिलेसम्म मौखिक रुपमै तय भइरहेको छ, लिखित बनाउने तयारीमै छौं।' उनले अहिलेसम्म सहभागी सबै कार्यक्रम राष्ट्रिय महत्वका भएको पनि जिकिर गरे।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भण्डारीले सहिदलाई माल्यार्पणबाट भ्रमण सुरु गरेकी थिइन्। यसबीचमा उनी कास्की, हेटौंडा, इलाम, कैलाली, भोजपुर, जनकपुर र नवलपरासीसम्म पुगिसकेकी छन्। जानकारका अनुसार राष्ट्रपति एक जिल्लाको भ्रमणमा जाँदा १० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ।
राष्ट्रपतिको भ्रमणका लागि कहीँकतैबाट पूर्वस्वीकृति लिनुपर्दैन। आएका निमन्त्रणाअनुसार कुनमा सहभागी हुने, कुनमा नहुने निर्क्याेल राष्ट्रपतिकै विवेकमा भर पर्छ। निमन्त्रण स्विकारेपछि सचिवालयले सुरक्षा अधिकारीलाई जानकारी दिन्छ, भ्रमण तय हुन्छ।
मर्यादाक्रममा सबैभन्दा माथिल्लो ओहदा विशिष्ट भएकाले राज्यले राष्ट्रपतिको आन्तरिक आवागमनमा समेत क श्रेणिको विशिष्ट प्रकृतीकै भ्रमण प्रवन्ध गर्ने गरेको छ। तर, राष्ट्रपति सहभागी भएका कार्यक्रमको प्रकृती हेर्ने हो भने अधिकांश सामान्य छन्।
पदीय मर्यादाअनुसारको कार्यक्रम चयन नगरी निमन्त्रणा आए जस्तोसुकै कार्यक्रममा पनि सहभागी हुँदा राज्यको साधनस्रोतको दुरुपयोग भइरहेको छ। सुरक्षा जनशक्तिको धपेडी र स्थलमार्गको प्रयोगमा सडक खाली गराउनैपर्ने सुरक्षा नीतिका कारण सर्वसाधारणले हैरानी बेहोर्दै आएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएर कात्तिक १२ गते शीतल निवास प्रवेश गरेकै भोलिपल्ट भण्डारीले लैनचौर र सहिदगेट पुगेर सहिद स्मारकमा माल्यार्पण गरिन्। त्यही दिन उनी बल्खुमा रहेको एमाले केन्द्रीय कार्यालय परिसर पुगेर एमाले पूर्व महासचिव तथा आफ्ना श्रीमान मदन भण्डारीको प्रतिमामा मार्ल्यापण गरेकी थिइन्।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार पहिलो भ्रमणको एक सातासम्म राष्ट्रपति भण्डारी बाहिर निस्किइनन्। कात्तिक २४ गते उनी उपराष्ट्रपतिको कार्यालयमा आयोजित चियापान समारोहमा सहभागी भइन्। सोही दिन रानीपोखरीमा आयोजित कांग्रेस नेता गणेशमान सिंह जन्मशताब्दी समारोहमा सहभागी भइन्।
मंसिर १ मा गुह्ेश्वरी, गौरीघाट र कमलपोखरीमा आयोजित छठ पर्व, १६ गते दशरथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको दीक्षान्त, १७ गते ह्यात होटलमा स्पाइनल कर्ड नेटवर्कको कार्यशाला उद्घाटन, २३ गते प्रज्ञा प्रतिष्ठानमा मानवअधिकार राष्ट्र महामेला, २४ मा प्रधानमन्त्री कार्यालयमा आयोजित विश्व मानवअधिकार दिवसको चियापान, २६ मा जनज्योति नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटनका लागि नवलपरासी र पुस १ मा विवाहपञ्चमीको पूजामा सहभागी हुन जनकपुर पुगिन्।
यस्तै, पुस ६ मा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको वार्षिक सम्मेलन उद्घाटन सभागृह, ७ मा कीर्तिपुरमा भूकम्प क्षतिको अवलोकन, ८ मा भोजपुर क्याम्पसको स्वर्णमहोत्सव उद्घाटन, १३ मा पशुपति मन्दिर दर्शन, ३० मा गोदावरी अमृत महास्नान दिव्य सहस्र कुम्भ दर्शन मेला, माघ ५ मा उभौली पर्वको कार्यक्रम उद्घाटनका लागि इलाम, ११ मा भारतीय दूतावास लैनचौरमा आयोजित संगीत तथा गजल कार्यक्रमको उद्घाटन र २० गते पोखरामा विश्व शान्ती पुजा तथा सालिक अनावरण कार्यक्रममा राष्ट्रपति भन्डारी औपचारिक भ्रमण गरेकी छिन्।
एक सुरक्षा अधिकारीका अनुसार राष्ट्रपतिको भ्रमण क्रममा सडक खाली गराउँदा सर्वसाधारण मर्कामा पर्ने विषय मात्रै चर्चामा आउने गरेका छन्। भ्रमण संख्या बढ्दा सुरक्षा संगठनको धपेडी उत्तिकै बढाउँछ।
पूर्व सुरक्षा तयारीबिना राष्ट्रपति आफ्नो निवास र कार्यालयबाट बाहिर निस्कन सम्भव हुन्न। भ्रमणस्थलको सुरक्षा अवस्थापूर्व अवलोकन, आउनसक्ने सुरक्षा चुनौती विश्लेशण र तयारी, विकल्पसहितको हवाई स्थल सुरक्षा रुट, कारकेडको प्रबन्धपछि मात्रै राष्ट्रपतिको भ्रमण चल्छ।
राष्ट्रपतिको भ्रमणमा कारकेडको व्यवस्था अनिवार्य छ। कार्यक्रम जस्तोसुकै भए पनि राष्ट्रपतिको भ्रमणमा निकट, भित्री र मध्य सुरक्षा योजना बनेका हुन्छन्। सुरक्षा प्रबन्ध सेनाको पूर्ण नियन्त्रणमा रहे पनि सेनासँगै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका गरी हजारभन्दा बढी सुरक्षा जनशक्ति परिचालित हुन्छन्, एउटै भ्रमणमा। पूर्वतयारी, सवारीसाधनसँगै सुरक्षाको जोखिम भन्दै सडक मार्ग कम्तीमा आधा घन्टाअघि नै पूरै खाली गराइन्छ।
त्यति मात्र होइन, संयुक्त सुरक्षा कमान्ड पोस्ट गठन पनि अनिवार्य हुन्छ। सुरक्षामा प्रत्यक्ष खटिने सुरक्षाकर्मीसँगै उद्धार टोली, जगेडा टोली, स्नाइपर टोली, बम डिस्पोजल टोलीको प्रबन्ध अनिवार्य छ।
'अरूजस्तो राष्ट्रपति फुत्त निवासबाट निस्किएर कार्यक्रममा सहभागी हुन मिल्दैन,' ती अधिकारीले भने, 'निवास–कार्यालयबाट बाहिरिए र पुन निवास नभित्रिएसम्म सुरक्षा प्रबन्ध हाई अलर्टमा रहनु अनिवार्य हुँदा जति भ्रमण बढ्यो, चाप उत्तिकै बढ्छ।'
पूर्व राष्ट्रपतिका पालामा राष्ट्रिय समारोहबाहेकका कार्यक्रममा सहभागिताबारे मापदण्ड बनाइएको थियो। विद्यालय तहका स्वर्णजयन्ती, क्षेत्रीय र अञ्चलस्तरीय राष्ट्रिय महत्वको कार्यक्रम, अन्तर्राष्ट्रिय सभासमारोह उद्घाटन, राष्ट्रिय जीवनमा महत्व राखेका नेताका नाममा स्थापना भएका समारोहमा मात्र सहभागी हुने मापदण्डमा उल्लेख थियो।
पारिवारिक कार्यक्रममा सहभागी हुन आउने निम्ताको संख्या बढेपछि अन्तर्राष्ट्रिय प्रचलनको अध्ययन गरी कस्ता पारिवारिक कार्यक्रममा सहभागी हुने त्यसको समेत मापदण्ड बनेको थियो। उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको पारिवारिक निमन्त्रणा स्वीकार गर्ने, सेनाको परमाधिपति भएकाले प्रधानसेनापति र प्रमुख प्रतिपक्षी दलको नेताको पारिवारिक समारोहमा मात्र डा. यादव सहभागी भएका थिए।