काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम
२३ माघ २०७२
•
११ मिनेट पाठ
काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम
काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च विवरणअनुुसार संकलित रकम ३१ करोड ७७ लाख रुपैयाँमध्ये विभिन्न शीर्षकमा २८ करोड २९ लाख रुपैयाँ खर्च भइसकेको र कम्पनीको खातामा दुई करोड १० लाख रुपैयाँमात्र बाँकी छ।कम्पनीले तीन वर्षअघि नेपाली पुँजी र नेपालीकै सीपमा ५८ किमी सुरुङमार्ग निर्माण गर्ने गरी सरकारबाट लाइसेन्स लिएर सर्वसाधारणलाई कम्पनीमा लगानीको आह्वान गरेको थियो । यसबीचमा कम्पनीले मकवानपुर र काठमाडौंका करिब एक हजार दुई सय सर्वसाधारण नागरिक र गरिब किसानको समेत गरी कुल एक हजार आठ सय जनाबाट उक्त लगानी संकलन गरेको हो । खर्चमध्ये विस्तृत प्रोजेक्ट रिपोर्ट (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्न फुलब्राइट कन्सल्टेन्सीलाई नौ करोड सात लाख रुपैयाँ भुक्तान भइसकेको छ । उक्त कन्सल्टेन्सीमा कम्पनीकै स्वतन्त्र प्राविधिक सञ्चालक लालकृष्ण केसीको पनि स्वामित्व छ ।

कुल ३५ अर्ब रुपैयाँ सुरु लागत अनुमान गरिएको परियोजनामा ऋण लगानी गर्न इच्छुक क्यानेडियन कम्पनी इन्फ्राबैक्स कर्पोरेससन र उक्त कर्पोरेसनले नियुक्त गरेको कम्पनीलाई कुल चार करोड २३ लाख रुपैयाँ पेस्की भुक्तानी दिइएको छ । उक्त रकम कन्सल्टेन्सीले गरेको अध्ययनको पुनरावलोकन गर्न खर्च भएको कम्पनीका कर्पोरेट प्रमुख सुवर्ण राजबज्राचार्यले नागरिकलाई बताए । तर त्यसको हिसाबकिताब मिलान भएको छैन ।

नाम उल्लेख गर्न नचाहने र परियोजनामा सुरुमै १० लाख रुपैयाँ लगानी गरेका एक लगनीकर्ताले भने, 'अन्तर्राष्ट्रिय प्रचलनमा साझेदार बन्न आउने ऋण लगानीकर्ताले नै त्यस्तो खर्च गर्ने गरिन्छ ।' तर यस कम्पनीमा भने जथाभावी खर्च गर्न यस्तो गरिएको आरोप उनले लगाए ।

यसैगरी कम्पनीले दुई ठेकेदार महादेव खिम्ती र हाई हिमालयन जेभीलाई कुल दुई करोड चार लाख रुपैयाँं परियोजना क्षेत्रमा बाटो खन्न पेस्की दिएको आर्थिक विवरणमा उल्लेख भए पनि उक्त हिसाब पनि मिलान गरिएको छैन । शिलान्यास गर्ने बेला हाई हिमालयन जेभीले कुलेखानीमा एक किमी बाटोको ट्र्याक खोलेकोबाहेक अरु कुनै पनि बाटो खन्ने कार्य नभएको स्रोतको दाबी छ । हाई हिमालयन जेभीमा कम्पनीका सञ्चालक शकुन्तलाल हिराचनको लगानी छ ।

तीन वर्षमा कर्मचारी तलबभत्तामा दुई करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । सुरुमा कर्मचारी संख्या १७ भए पनि हाल १० मात्र रहेको बज्राचार्यले बताए । अध्यक्ष कुशकुमार जोशीले खास काम नै नेताका आफ्ना मान्छे भर्ती गरेको पनि विभिन्न स्रोतको दाबी छ ।

कम्पनीले तीन वर्षमा अफिस भाडा तिर्न मात्र ९० लाख आठ हजार रुपैयाँ खर्चेको छ । भूकम्पअघि थापाथलीको ट्रेड टावरमा रहेको कम्पनीको अफिसको मासिक भाडा दुई लाख ५० हजार रुपैयाँ रहेको र भूकम्पपछि अफिस ज्वागल, ललितपुर सारिएको छ । अहिलेको अफिसको मासिक भाडा एक लाख ५० हजार रुपैयाँ छ ।

कम्पनीको खातामा हाल जम्मा दुई करोड १० लाख रुपैयाँमात्र छ भने यसको तिर्नुपर्ने रकम २९ लाख ४४ हजार रुपैयाँ छ । बज्राचार्यले सुरुका दुई वर्षमा लगानी जुटाउन अध्यक्ष कुशकुमार जोशीले युरोप, पूर्वी एसिया र अमेरिका भ्रमण गर्दा लागेको खर्च भने कम्पनीमा खर्चमा नराखिएको र अध्यक्षले उक्त भ्रमण निजी खर्चमा गरेको नागरिकलाई बताए ।

तीन वर्षअघि एक वर्षमा वित्तीय व्यवस्थापन गर्ने र चार वर्षभित्र निर्माण सक्ने भनी सरकारसँग सम्झौता गरेको कम्पनीले हालसम्म इक्विटीका लागि आवश्यक न्यूनतम रकम सात अर्ब रुपैयाँ जुटाउन सकेको छैन ।

इन्फ्राबैक्स कर्पोेरेसनसँग कम्पनीले सन् २०१४ अगस्टमा २८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने एमओयु गरेको तर इक्विटी जुटाउन नसकेकाले उक्त लगानीको टुंगो नलागेको बज्राचार्यले बताए ।

कम्पनीका एक पूर्वसञ्चालक राजुमान महर्जन नेतृत्वको संघर्ष समितिको आन्दोलन र राजनीतिक दबाबबीच अध्यक्ष जोशीले गत आइतबार राजीनामा दिएका थिए । संघर्ष समितिले जोशीको कार्यशैली पारदर्शी नभएको र तीन वर्ष बितिसक्दा पनि लगानी जुटाउन नसकेको आरोप लगाउँदै एक महिनादेखि ज्वागलको कार्यालयमा धर्ना दिँंदै आएको थियो । महर्जनले मंगलबार पत्रकार सम्मेलन गरी जोशी नेतृत्वले स्वदेशी तथा विदेशी लगानीकर्तालाई विश्वासमा लिन नसकेको र उनले अध्यक्ष पद छाडेपछि यो आयोजना बन्ने विश्वास व्यक्त गरे ।

जोशीले लगानी आउने टुंगो लाग्न लागेका बेला केही सञ्चालकले नै लगानीकर्तासमक्ष भ्रमपूर्ण सूचना पठाएर कुरा बिगार्न खोजेको आरोप लगाए । विज्ञप्तिमा टिबिआई होल्डिङले थप लगानी गर्दै जाने प्रतिबद्धता पनि कायमै रहेको जनाएको छ । गैरआवासीय नेपाली भवन भट्ट प्रवद्र्धक रहेको उक्त कम्पनीले करिब साढे नौ करोड रुपैयाँ लगानी गरिसकेको र कुल एक अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको हो । यो हालसम्म सबैभन्दा बढी लगानी गर्ने समूह हो ।

कम्पनीले विज्ञप्ति जारी गर्दै बुधबार जोशीले महर्जन नेतृत्वको समूहको दबाब र भौतिक आक्रमण गर्ने धम्कीका बीच राजीनामा दिएको जनाएको छ । राजीनामाबारे माघ २७ गते बस्ने सञ्चालक समितिको बैठकले निर्णय लिने बताइएको छ । बज्राचार्यद्वारा जारी विज्ञप्तिमा कम्पनीले स्वतन्त्र विज्ञ सञ्चालक लालकृष्ण केसी र अर्का सञ्चालक सुभासचन्द्र ठकुरीले अभिप्रेरित गरी आन्दोलन चलाइएको बताएको छ ।

जोशीले आफ्नो कार्यशैली पारदर्शी भएको र सबै हरहिसाब लेखापरीक्षण हुने गरेको बताए ।

यसैबीच फुलब्राइट कन्सल्टेन्सीलाई कम्पनीले विस्तृत इन्जिनियरिङ डिजाइन, सर्भेका लागि करिब २० करोड रुपैयाँ भुक्तान गर्न बाँकी रहेको भन्ने केसीको दाबीलाई कम्पनीले विज्ञप्तिमा खण्डन गरेको छ । विज्ञप्तिमा कन्सल्टेन्सीलाई कुल नौ करोड सात लाख (भ्याटबाहेक) भुक्तान भइसकेको र अन्य कुनै पनि वित्तीय दायित्व नभएको उल्लेख छ । यी दुई दाबीले थप विवाद बढ्न सक्ने पनि देखिएको छ । केसीले कम्पनीको उक्त थप दायित्वबारे गत वर्षको दोस्रो साधारण सभाबाट पारित लेखापरीक्षण प्रतिवेदनमा पनि उल्लेख भइसकेकाले उक्त रकम कल्सल्टेन्सीलाई दिनुपर्ने जिकिर गरे ।

आफ्नै कन्सल्टेन्सीलाई काम गर्न दिँदा स्वार्थ बाझिएको र बिनाप्रतिस्पर्धा काम गर्न दिँदा कम्पनीलाई नोक्सान भएन र (?) भन्ने प्रश्न गर्दा केसीले कन्सल्टेन्सी कम्पनीको एक मुख्य साझेदार भएको र कन्सल्टेन्सीको सिस्टमले काम गर्ने भएको हुँदा स्वार्थ नबाझिएको जिकिर गरे । केसीले सुरुमा कम्पनीले काम गराउँदा उधारोमा गर्नुपर्ने भएको कन्सल्टेन्सीले गरेको बताए । कम्पनीको विज्ञप्तिमा केसीको कुनै पनि लगानी नरहेको उल्लेख भएकोमा केसीले भने, 'मलाई स्वतन्त्र विज्ञ निर्देशक राखिएको र लगानी गर्ने इच्छा देखाउँदा पनि लगानी गर्न नदिएको हो । कम्पनीमा रकम नहँुदा सुरुमा अध्ययन लगायत काम गरेको छु ।' केसीले कन्सल्टेन्सीले पाउनुपर्ने रकम सेयरमा बदल्न तयार रहेको बताए ।

कर्पोरेट संस्कृति अभाव र फुलब्राइट लगायत अन्य पार्टीलाई भुक्तान गर्नुपर्ने रकममा स्पष्टता नभएको भन्दै दुई वर्षअघि कालिका कन्सट्रक्सन कम्पनीका बिक्रम पाण्डेले कम्पनीको बोर्ड सदस्य छचाडेका थिए ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस