अघि बढ्यो बुढीगण्डकी, माघभित्र जग्गापहिचान सक्ने तयारी
२५ माघ २०७२
•
८ मिनेट पाठ
अघि बढ्यो बुढीगण्डकी, माघभित्र जग्गापहिचान सक्ने तयारी
काठमाडौं– राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेको बहुप्रतिक्षित बहुउद्देश्यीय बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गाको पहिचान माघ महिनाभित्र सक्ने गरी काम भइरहेको आयोजनाले जानकारी दिएको छ।




bbbbbbbbbbbbb.jpg

धादिङकाे बेनिघाटदेखि दुर्इ किलाेमिटर उत्तरमा पर्ने बुढीगण्डकी अायाेजनाकाे अपस्ट्रिम क्षेत्र।

हाल आयोजनाका लागि आश्यक डुवानमा पर्ने, बस्ती स्थानान्तरणका लागि आवश्यक, बन, व्यक्तिगत जमीन, जमिनको किसिमलगायतका प्रकारहरु पहिचान गर्ने काम भइरहेको बुढीगण्डकी आयोजना विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले जानकारी दिए। यस कार्यका लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको समन्वयमा मातहतका धादिङ र गोरखा जिल्लाका नापी तथा मालपोत कार्यालयहरुले सहयोग गरिहेको उनले बताए।
budhi.jpg

उच्च बाँधपछि अायाेजनाकाे जलाशय फैलने क्षेत्रकाे नक्सा। स्राेतः बुढीगण्डकी अायाेजना विकास समिति।
'आवश्यक जग्गा माघ महिनाभित्र पहिचान गरिसक्ने तयारीका साथ काम भइरहको छ,' उनले भने, 'जग्गाको पहिचान सकिएपछि लालपूर्जामा रहेको क्षेत्रफल र जमीनको वास्तविक क्षेत्रफललगायत नमिलेका विषयहरु मिलाएर जग्गा अधिग्रहणको काम शुरु हुन्छ।' आयोजनको अध्ययनका लागि नियुक्त गरिएको कन्सल्ट्यान्ट फ्रान्सको ट्रक्टवेल कम्पनीले हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन रिपोर्ट, विस्तृत आयोजना प्रतिवेदन(डिपिआर), आयोजना निर्माणका लागि कम्पनी छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र कागजात बुझाइसकेको उनले जनकारी दिए। 'आउँदो फेब्रुअरी २८ भित्रमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(ईआईए रिपोर्ट) पनि बुझाइसक्ने कार्यतालिका छ,' उनले भने।

कन्सल्ट्यान्टले उक्त आयोजनालाई १ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको रुपमा निर्माण गर्न सकिने गरी डिजाइन गरेको छ। कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदनले उक्त आयोजना निर्माण पूरा गर्न करिब २ खर्ब ५० अर्ब लगानी लाग्ने अनुमान पेश गरेको छ।

गोरखा र धादिङ जिल्लामा पर्ने बुढीगण्डकी नदीमा उच्च बाँध बाँधेर जलाशययूक्त आयोजना निर्माण गरी बार्षिक ३ हजार ३ सय ३८ गिगावाट आवर(३ सय ३८ करोड युनिट)विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदनले देखाएको छ। आयोजनाबाट सुख्खा याममा मात्र १ सय ४० करोड युनिट विद्युत् उत्पादन हुने देखिएकोले यस आयोजना मुलुकको लोडसेडिङ अन्त्यका लागि महत्वपूर्ण हुने देखिएको छ। हालसम्मको कुल उत्पादन करिब ७ सय ५० मेगावाट रहेकोमा उक्त एउटै आयोजनाबाट १ हजार २ सय मेगावाट विद्युत् हिउँद वर्षा दुबै मौसममा उत्पादन हुन सक्ने देखिएकोले पनि देशको ऊर्जा संकट निवारणमा यो आयोजना प्रभावकारी हुने ऊर्जाक्षेत्रका जानकारहरु बताउँदै आएका छन्।

आयोजना दक्षिण एसियामै दोस्रो ठूलो मानव निर्मित जलाशय निर्माण हुने र नेपालको पर्यटन प्रवद्र्धन गर्ने, उक्त जलाशयमा माछा पालन गर्ने, सिँचाई आयोजना निर्माण गर्ने जस्ता बहुउद्देश्यीय बनाउन सकिने विकास समितिको परिकल्पना रहँदै आएको छ। आयोजनाबाट विस्थापित हुने स्थानीयहरुको आवकासका लागि गोरखाको निउरेनीटारमा नयाँ आवास योजनासहितको शहर निर्माण गर्ने तथा आयोजनाको वरीपरी चक्रपथ निर्माण गरी स्थानीयलाई पुनर्वास गराउने जस्ता विषय पनि छललफलकै क्रममा छन्।

निर्माण शुरु गरेको करिब ७ वर्षमा निर्माण पूरा गर्न सकिने उक्त आयोजनामा सरकारले प्रत्येक वर्ष १० अर्बका दरले रकम विनियोजन गर्ने, स्थानीयबासीबाट शेयर उठाउने र सरकारले शुन्य ब्याजदरमा वा सहुलियत ऋण खोजेर लगानी गर्ने हो भने लगानी सजिलै जुट्ने देखिन्छ । तर सरकारले यस आयोजनामा लगानीको स्रोतबारे अझै निर्णय गरिसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका नेपाललाई दिने भनिएको १ खर्ब सहुलियत ऋण मध्येको धेरै रकम यसै आयोजनामा लगानी गर्ने अधिव्यक्ति तत्कालिन अर्थमन्त्री रामशरण महतले दिएका थिए। तर, कहाँ लगानी गर्ने भन्ने ठोस कार्ययोजनासहितको खाका पेश गर्न नसक्दा उक्त घोषित सहयोग पनि नेपालले दुईवर्ष हुन लाग्दासमेत हात पार्न सकेको छैन।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६९–७० मा राष्ट्रिय गौरवका बुढीगण्डकी र ४ सय १० मेगावाट क्षमताको नलसिङगाड जलविद्युत् आयोजनालाई विकास समितिमार्फत निर्माण गर्न दुई विकास समिति निर्माण गरिएको थियो। तर, ऊर्जा मन्त्री राधा ज्ञवालीको पालामा विकास समितिका अध्यक्षले काम गर्न नसकेको भन्दै अध्यक्षको कार्यकारी अघिकार कटौति गरी कार्यकारी निर्देशक भन्ने नयाँ पद खडागरी प्रत्योजन हुने गरी नयाँ गठन आदेश लागू गरिएको थियो। तर यो आयोजनालाई विकास समितिमार्फत नै अघि बढाउने वा स्थानीय तथा सर्वसाधारणलाई शेयर जारी गरी पब्लिक कम्पनीका रुपमा अघि बढाउने भन्ने विषयमा मन्त्रालयले नै ठोस निर्णय लिन सकेको छैन।

विकास समितिका अधिकारीहरु भने यस आयोजनालाई विकाससमितिभन्दा अझ माथि उठेर बुढीगण्डकीकै अन्य सहायक आयोजनाहरु निर्माण गर्दै बुढीगण्डकी वेशिनस्तरीय प्राधिकरण नै बनाएर अघि बढ्नुपर्ने धारणा राख्छन्। 'सम्भाव्यताहरुको त हामीले भरपूर दोहन गर्नु पर्ने हो, यस आयोजनालाई १२ सयमै नखुम्च्याई यसलाई बहुउद्देश्यी बनाउँदै अन्य थप आयोजना पनि यही नदीबाट विकास गर्ने गरी बेशिनस्तरीय प्राधिकरणकै रुपमा पनि आयोजनालाई अघि बढाउन सकिने थियो,' अध्यक्ष देवकोटाले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस