किन लगिएन अस्पताल ?
२६ माघ २०७२
•
८ मिनेट पाठ
किन लगिएन अस्पताल ?
काठमाडौं-कांग्रेस सभापति सुशील कोइरालालाई तीनदेखि हल्का ज्वरो आइरहेको थियो । खोकी र खकारको मात्रा बढिरहेको थियो। सोमबार बिहान उनका निजी चिकित्सक डा. करवीरनाथ योगीले त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बरको भिभिआइपी क्याबिनसमेत बुक गरेका थिए।




दिनभर अस्पतालबाट सोधनी भइरह्यो, कति बेला ल्याउने ? तर दिउँसो कोइरालाले केही जाउलो खाए । चिकित्सक र आफन्तलाई लाग्यो, अब ठिकै होला तर साँझ परेपछि खस्किन थालेको स्वास्थ्य अवस्था रात छिप्पिँदै जाँदा संकटतर्फ उन्मुख भयो र १२:५० मा उनको निधन भयो ।

मुलुककै सबैभन्दा ठूलो पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका कोइरालालाई तीन दिनदेखि नै स्वास्थ्यमा समस्या देखिँदा पनि किन अस्पताल लगिएन त ? भन्ने जिज्ञासामा योगीले भने, 'उपचार त घरमै पनि भइरहेको थियो, तर दिउँसो खाएको जाउलोले झुक्यायो,' डा. योगीलेले 'दिउँसो खाना र राति अबेर पनि सुप खाएसँगै योगीले नजाने भए म क्याबिन क्यान्सिल गरिदिन्छु' भन्दै रद्द गरेको बताए ।

अहिलेको अवस्थामा देशका सबैभन्दा महत्वपूर्ण व्यक्तिमध्येका कोइरालालाई अस्पताल नलगिनु, पछि एम्बुलेन्स आउन ढिला भएको भनिनु र सहयोगीसमेत नभएको अवस्था देखिनुलाई कतिपयले लापरबाहीका रुपमा हेरेका छन् । प्रतिरोधात्मक क्षमता कमजोर भएका कोइरालामा निमोनियाजन्य लक्षण देखिइसकेपछि उपचारका लागि आइसियुयुक्त सुविधासम्पन्न अस्पतालमा लान ढिला गर्न हुँदैनथ्यो भन्ने कतिपय चिकित्सकको भनाइ छ । घरमै राख्नुपर्दा पनि उमेर र अन्य अवस्था हेरेर चिकित्सक र नर्सिङ टिमसहित तत्काल गर्न सकिने सबै विकल्प राख्नुपथ्र्यो भन्ने उनीहरुको तर्क छ ।

'७८ वर्षको मान्छे जसलाई फोक्सोको क्यान्सर भइसकेको छ । त्यस्तो मान्छेलाई निमोनियाको लक्षण देखिनासाथ सुविधासम्पन्न र बहुविशेषज्ञको निगरानीमा उपचार गर्ने प्रबन्ध गरिनुपथ्र्यो,' कोइरालाको उपचारमा संलग्न नभएका एक छातीरोग विशेषज्ञले भने ।

'कमजोर फोक्सो भएका कोइरालामा निमोनिया विकास भइसकेपछि हामीले लानुपर्ने नदेखेरै अस्पताल नलगेका हौं,' डा. योगीले नागरिकसँग थपे, 'तर साँझदेखि अवस्था थप बिग्रन थाल्यो, राति अबेरसम्म पुग्दा हामीले अस्पताल लान पनि सकेनौं ।'

पछिल्लोपटक राति ११ बजेतिर शरीरमा अक्सिजनको मात्रा एकदमै घटेको भन्दै निवासबाट योगीलाई फोन गरेका थिए । योगीले अक्सिजनको मात्रा बढाउँदै गर्नू, म आइपुग्छु भनेर कोइराला निवास पुग्दा कोइरालाको अवस्था निकै बिग्रिसकेको थियो ।

पारिवारिक स्रोतका अनुसार डा. योगी र केही सहयोगीले बारम्बार फोन गरे पनि त्रिवि शिक्षण अस्पतालकै एम्बुलेन्सको फोन उठेन । 'गाडीमा लैजाऊभन्दा अक्सिजन छुटाउनै नहुने अवस्था थियो,' एक सहयोगीले भने, 'पछि डा. सापले अब केही काम छैन भन्नुभयो ।' सहयोगीका अनुसार त्यसपछि डा. योगीले एक्लै सिपिआर (कार्डियोपल्मोनरी रिसाइटेसन) गरेका थिए ।

त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स सेवामा भएको ढिलाइबारे जानकारी माग्दा निर्देशक महरा सम्पर्कमै आउन चाहेनन् ।

मौसम परिवर्तनसँगै रुघाखोकी सुरु भएपछि गत बिहीबार उनी गंगालाल हृदयरोग केन्द्र पुगेका थिए । गंगालालमा उनको मुटुको एक्स–रे इको गर्दा कुनै समस्यासमेत थिए । गंगालाल पुग्दा उनको खुट्टा भने केही सुन्निएको थियो । गाडी पार्किङ गरे पनि इको गर्ने कोठासम्म आफँै हिँडेर गएका थिए । तर तीन दिनदेखि हल्का ज्वरोसमेत देखिएपछि उनलाई तीन प्रकारका एन्टिबायोटिक्स चलाइएको भनाइ डा. योगीको छ । 'रुघाखोकी हो, तीन प्रकारको एन्टिबायोटिक्स चलाइरहिएको छ, निको भइहाल्छ नि भन्ने लाग्यो,' उनले भने ।

योगीका अनुसार उनले क्याबिन बुक गरेको कुरा सुरुमा सशांक कोइराला र अतुल कोइरालालाई समेत भनेका थिए । दिउँसो जाउलो खाएपछि भने 'मैले बुक गरेको थिएँ क्यान्सिल गरिदिन्छु' भन्दै सशांकलाई सुनाएको योगी बताउँछन् । आइतबार बिहानै पनि श्वासप्रश्वासमा समस्या परेको जानकारी दिएपछि योगी बिहान पाँच बजेतिरै निवास पुगेका थिए । सोमबार पनि आफू बिहानै निवास पुगेको योगीको भनाइ छ ।

'बिहान ८ देखि १० बजेसम्म थिएँ, फेरि ११ बजेतिर गएर साढे ३ बजेतिर निस्किएँ' उनले थपे, 'राति पनि १० बजेसम्म बसेरै फर्किएको हुँ ।' उनले घर आएको केही समयपछि ११ बजे अक्सिजन 'स्याचुरेट' भो भनेपछि आफू जाँदा अवस्था गम्भीर भइसकेको बताए ।

चिकित्सकका अनुसार सुरुमा घाँटी र पछि फोक्सोको क्यान्सरसमेतलाई जितेको कोइरालामा फोक्सोमा पुरानो समस्या बोङकाइटिस थियो । 'चेन्जिङ मौसमका कारण पुरानो बोङकाइटिसमा निमोनिया विकास भयो,' उनले थपे, 'कमजोर इम्युनसिस्टम र स्टेरोइडसमेत खाइरहेकाले पनि निमोनिया ¥यापिड्ली ग्रो ग¥यो, नियन्त्रणै भएन,' योगीले भने । उनले मृत्युको कारण 'टाइप २ रेस्पोरेटोरी फेलियर' भएको बताए ।

योगीका अनुसार चिसो बढेसँगै एक महिनादेखि नै अक्सिजनको मात्रा बढाउनुपरेको थियो । पछिल्लोपटक उनको क्यान्सर भने नियन्त्रणमा थियो । सामान्य खोकी, रुघा जारी रहे पनि आइतबार पनि भेटघाट जारी नै राखेका थिए । कांग्रेस, काठमाडौंको १३औं जिल्ला अधिवेशन उद्घाटनका लागि बिहान ९ बजे प्रज्ञाभवन जाने कार्यक्रम रहेका कारण कोइरालाले सोमबारको भेटघाट नराख्न सुझाएका थिए तर उनी अप्ठेरो भयो भन्दै कार्यक्रममा जान सकेनन् । राति पानी परेको र मौसम पनि चिसो भएको भन्दै कोइराला त्यस दिन रोकिएका थिए । उनले सोमबार बिहान बेलुकै सामान्य नरम जाउलो खाएका थिए । त्यसपछि खाना खाएपछि समस्या नहुने भन्दै चिकित्सक योगी बाहिरिएको सहयोगीहरु बताउँछन् ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस