काठमाडौं– सार्वजनिक संस्थान निर्देशन बोर्डको कार्य सम्पादनको अवस्था, बोर्डको वर्तमान कानुनी, संरचनात्मकलगायतको प्रभावकारिता सम्बन्धमा सुझाव दिन गठित समितिले तयार गरेको प्रतिवेदन शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पेस गरेको छ।समितिका संयोजक बालानन्द पौडेलसमेतको टोलीले अर्थमन्त्री पौडेललाई उनकै कार्यकक्षमा उतm प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन ग्रहण गरेपछि अर्थमन्त्री पौडेलले आवश्यक प्रक्रिया पूरा गरी शीघ्र कार्यान्वयनमा लैजाने बताए। अर्थमन्त्री पौडेलले समितिको प्रतिवेदन बुझेपछि संस्थानहरुको क्षमताबृद्धि र चुस्त बनाउनका निम्ति आएका सुझावहरु प्रक्रिया पु¥याएर कार्यान्वनमा लैजाने र त्यसका लागि निर्णय लिने बताए। प्रतिवेदनमा संस्थानको कार्यकारी नियुक्त तथा सिफारिस गर्दा योग्यता र दक्षताका आधारलाई विशेष ध्यान दिनुपर्ने तथा नीतिगत पक्षहरुमा जोड दिइएको छ।
समितिको सदस्यसचिव अर्थमन्त्रालयका सहसचिव बालकृष्ण अधिकारी र सदस्यमा नेपाल राष्ट्र बैंकका तात्कालिक डेपुटी गभर्नर महाप्रसाद अधिकारी थिए। सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका ३७ संस्थानमध्ये कम्पनी ऐन अन्तर्गन २३, संस्थान ऐन अन्तर्गत दुई, सम्बन्धित संस्थानअनुसार सात र सञ्चार संस्थानअनुसार दुई र बैंक तथा वित्तीय संस्था ऐनअनुसार तीनवटा संस्थान सञ्चालनमा छन्।