पाइपलाइन फेर्न 'आलटाल'
०१ फागुन २०७२
•
६ मिनेट पाठ
पाइपलाइन फेर्न 'आलटाल'
काठमाडौ- मेलम्ची खानेपानी आयोजनाले चाबहिलदेखि कालोपुल क्षेत्रका ३ हजार घरधुरीलाई एकैचोटि पानी वितरण गर्न सकिनेगरी पाइपलाइन तयार गरेको ६ महिना बितिसकेको छ। तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीको स्वार्थका कारण उपभोक्ताले सुविधा लिन नपाएको मात्र होइन, नियन्त्रण गर्न सकिने झन्डै एक चौथाइ पानी चुहिएर खेर गइरहेको छ।केयुकेएलले चाहने हो भने उक्त क्षेत्रमा एकै दिन पुरानो पाइपलाइन हटाउन सक्छ। नयाँ पाइपबाट सबै घरधुरीमा समान ढंगले पानी वितरण गर्न सकिन्छ, उपभोक्ताले मोटर नचलाइकनै पानी थाप्न सक्छन्।

नयाँ वितरण प्रणालीले केयुकेएलको चुहावट पनि ४० प्रतिशतबाट १५ प्रतिशत घटेर उपभोक्ताले ठूलो राहत पाउँथे। तर, त्यसो गर्न केयुकेएलका कर्मचारी र प्रशासन चाहँदैनन्।

यो पद्धति सुरुवातसँगै अरु २१ हजार घरधुरीमा केही महिनाभित्रै पानी वितरण गर्न सकिने प्राविधिक बताउँछन्। तर, केयुकेएलका कर्मचारी पुरानै पाइपलाइन छाड्न तयार छैनन्। स्रोतका अनुसार मर्मतसम्भार र खरिदबाट हुने काम र आम्दानी गुम्ने डर एकातिर छ भने अर्कातिर केयुकेएलका पाँच कर्मचारी युनियनको ठूलो लबिङ छ। आर्थिक तथ्यांकअनुसार वार्षिक करिब आठ करोड रुपैयाँ घाटामा चलिरहेको केयुकेएलले ज्यालादारी मजदुर र मर्मत सम्भार सामग्रीमा मात्र वार्षिक ९ करोड खर्च गर्दै आएको छ।

यो पुरानो वितरण प्रणाली हटिसक्दा केयुकेएलले छिट्टै नाफा आर्जन गर्नसक्ने मात्र होइन, थप राजस्व पनि संकलन गरी राम्रो मुनाफा कमाउन सक्नेछ। केयुकेएलका कर्मचारीको स्वार्थका कारण उपभोक्ताले चुहिएर खेर जाने पानी उपभोग गर्न पाउने छैनन्। कुल दैनिक १५ करोड लिटरमध्ये चुहिएर जाने २५ प्रतिशत अर्थात् ३ करोड ७५ लाख लिटर पानी उपभोक्ताको घरमा पुग्नसक्ने तथ्यांकले देखाउँछ।

तत्कालै पानी जोड्न सम्भव भएका क्षेत्र ओम हस्पिटल, चाबहिल गणेशस्थानदेखि लिएर मित्रपार्क जयवागेश्वरीदेखि भत्केको पुल र कालो पुलसम्म पर्छन्, त्यस क्षेत्रका तीन हजार घरमा कम्तीमा केही घन्टा मात्रै पानी पठाउन सकिए उपभोक्ताले राहत महसुस गर्ने थिए। नयाँ प्रणालीबाट वितरण गर्दा कम्तीमा १० मिटर अग्लो वा दुर्ईतले घरसम्म सजिलैसँग पानी चढ्ने, अग्लो–होचो स्थान विशेषले गर्दा पानी नआउने समस्या टर्ने र होचो भूभागमा मात्र पानी आउने समस्या हटेर जाने केयुकेएलकै कर्मचारी बताउँछन्।

आयोजनाअन्तर्गत मेलम्ची खानेपानी उपआयोजना– २ ले उपत्यकाभित्र २१ हजार ६ सय ९६ घरधुरीमा आधुनिक वितरण प्रणालीको पाइप बिछ्याइसकेको छ। यो संख्या उपत्यकामा पहिलो चरणमा भइरहेको विस्तारमध्ये करिब २६ प्रतिशत हो। उपआयोजनाले क्षेत्रविशेषलाई छुट्याएर डिस्ट्रिक्ट मिटरिङ एरिया –डिएमए) तोकी वितरण प्रणाली जोडिसकेको छ। ती स्थानमा ज्ञानेश्वर, सिनामंगल, गौशाला, हाँडीगाउँ, कालोपुल, कोटेश्वर, नरेफाँट, ग्वार्को, मानभवन, लगनखेल, मैतीदेव, रातोपुल, घट्टेकुलो, डिल्लीबजार, सेतोपुल, पुरानो बानेश्वर, अनामनगर, बबरमहल, सोह्रखुट्टे, सानेपा, कुपन्डोल, सुविधानगर, सहयोगीनगर, वनस्थली, शोभाभगवती र चमती प्लानिङ क्षेत्र पर्छन्। उपआयोजनाका कर्मचारी ती क्षेत्रमा पनि केयुकेएलले क्रमशः पानी जोड्दै जानसक्ने बताउँछन्।

सार्कका बेला गरिएको सडक विस्तारले पाइपमा क्षति पुगेपछि बानेश्वर क्षेत्रबाट नयाँ पाइपमा पानी वितरण सुरु गर्ने भनिए पनि सम्भव भएको थिएन। मेलम्ची आयोजना निर्धारित समय २०७३ वैशाख १ सम्ममा मेलम्चीको पानी नआउने भए पनि उपआयोजनाले उपत्यकामा झन्डै ४२ प्रतिशत क्षेत्रमा पाइपलाइन विस्तार गर्ने काम सकिसकेको छ। काठमाडौं र ललितपुरको सहरी क्षेत्रमा ६ वटा रिजर्भायर ट्यांक निर्माण भइराखेको छ।

केयुकेेएलका प्रवक्ता मिलनकुमार शाक्यले नागरिकसँग भने, 'चुहिएर खेर जाने पानी नियन्त्रण हुनु भनेको त्यति नै थप स्रोत वा मूल भेट्नुसरह हो।' शाक्य भने मर्मत–सम्भार र खरिदको कारणले नयाँ पाइपमा पानी वितरण नगरेको भन्ने कुरा अस्वीकार गर्छन्। उक्त विषयमा उपआयोजनासँग छलफल भइरहेको तर ठेकेदारले विस्तारित लाइन हस्तान्तरण नगरी लाइन जोड्ने प्रक्रिया सुरु हुन नसक्ने उनले बताए।

उपआयोजनाका प्रवक्ता लीलाप्रसाद ढकालले नयाँ प्रणालीबाटै केयुकेएलको विद्यमान खानेपानी सम्भव भएसम्मका ठाउँमा वितरण गर्न छलफल भइरहेको बताए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस