नेपालमा हवाई इन्धन पाँच गुणा महँगो
०२ फागुन २०७२
•
१० मिनेट पाठ
नेपालमा हवाई इन्धन पाँच गुणा महँगो
काठमाडौं- मुलुकमा पेट्रोलियम पदार्थ बिक्री वितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ। भारतमा प्रतिकिलोलिटर (१ हजार लिटर) को ३४ हजार ४ सय २२ रुपैयाँमात्र पर्ने हवाई इन्धन आयल निगमले भने १ लाख ६६ हजार ७ सय ७० रुपैयाँमा बिक्री गरिरहेको छ।भारतमा पनि सबै कर जोडेपछि उक्त मूल्य तोकिएको हो भने निगमले यहाँ पनि कर जोडेपछिको मूल्य हो। त्यसमाथि आयल निगमले बिक्री वितरण गर्ने इन्धनको 'गुणस्तर' मा सधैं प्रश्न उठ्ने गरेको छ।




आयल निगमले सधैं घाटा पूर्ति गर्ने भन्दै हवाई इन्धनसहित पेट्रोल, डिजेल, मट्टितेल लगायतमा अधिकतम नाफा खाँदै आएको छ भने हवाई इन्धनको भाउ अन्य देशको तुलनामा पाँच गुणा महँगोमा बिक्री गरी निगमले 'कीर्तिमान' कायम गरेको हो।

निगमले 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ उच्च बनाउँदाको प्रत्यक्ष सिकार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, आन्तरिक उडान गरिरहेका वायुसेवा कम्पनीसहित यहाँ उडान गरिरहेका करिब साढे दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमाथि परेको छ। वायुसेवा कम्पनीलाई इन्धन महँगो पर्नु भनेको अन्तिममा गएर त्यसको भार हवाई यात्रुमाथि पर्नु हो। यसले गर्दा हवाई टिकट महँगो हुने गर्छ।

पेट्रोलियम पदार्थ आयात तथा बिक्रीवितरण गर्न पाउने एकलौटी अधिकार दुरुपयोग गर्दै निगमले पाँच गुणासम्म महँगो भाउ बनाएपछि यहाँ आइरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू जसले ठूला आकार (वाइड बडी) जहाज ल्याउँछन्, तिनले सकेसम्म आफ्नै देशमा टं्याकीभरि तेल ल्याउने र नसके यहाँ आएपछि कम परिमाणमा मात्र भर्ने गरिरहेका छन्।

नेपाल वायुसेवासहित यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अनुसार हाल आयल निगमले एक किलोलिटर (प्रति १ हजार लिटर) को मूल्य १ हजार ५ सय ३० अमेरिकी डलर (१ लाख ६६ हजार ७ सय ७० रुपैयाँ) लिइरहेको छ। यो भनेको प्रतिलिटर १.५३ डलर (१ सय ६६ रुपैयाँ ७७ पैसा) हो।

भारतले नाकाबन्दी लगाउनुअघि निगमले एक किलोलिटरको १ हजार ३ सय ५० डलर (१ लाख ४७ हजार ३ सय ५० रुपैयाँ) थियो। यो भनेको प्रतिलिटर १.३५ डलर (१ सय ४७ रुपैयाँ १५ पैसा) हो। यी सबै भाउ सम्पूर्ण करसहित हो।

तर, अचम्म के छ भने एक घन्टा हवाई दुरीमा रहेको भारत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोलिटर हवाई इन्धनको भाउ ३ सय ६३ दशमलव ७ डलर (३९ हजार ६ सय ४३ रुपैयाँ) मात्र पर्छ। यो भनेको प्रतिलिटर शून्य दशमलव ३ डलर (३९ रुपैयाँ ६४ पैसा) हो।

भारतकै मुम्बईमा प्रतिकिलोलिटर ३ सय ६१ दशमलव ७ डलर (३९ हजार ४ सय २५ रुपैयाँ ३ पैसा), बैंगलोरमा ३ सय १५ दशमलव ८ डलर (३४ हजार ४ सय २२ रुपैयाँ) र कोलकातामा ५ सय ५९ दशमलव ४ डलर (६० हजार ९ सय ७४ रुपैयाँ) मात्र पर्छ।

वायुसेवा निगमको नाफायोग्य सेक्टर (हाइ यिल्ड) गन्तव्य मलेसियाको क्वालालम्पुरमा त झन् सबैभन्दा सस्तोमा हवाई इन्धन किन्न पाइन्छ। त्यहाँ प्रतिकिलोलिटर ३ सय ४ दशमलव ३ डलर (३३ हजार १ सय ६८ रुपैयाँ) मात्र पर्छ।

त्यसैगरी निगम जाने थाइल्यान्डको बैंककमा प्रतिकिलोलिटर ३ सय १३ दशमलव ५ डलर (३४ हजार १ सय ७१ रुपैयाँ), हङकङमा ३ सय ३० दशमलव १ डलर (३५ हजार ९ सय ८० रुपैयाँ) र कतारको दोहामा ३ सय ४० दशमलव ८ डलर (३७ हजार १ सय ४७ रुपैयाँ) मात्र पर्छ।

'नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त उतैबाट इन्धन बोकेर आउलान् तर हाम्रो आधार विमानस्थल यहिँ छ, अनि आयल निगमसँग खरिद गर्नुको विकल्प छैन,' नेपाल वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले आइतबार नागरिकसँग भने, 'यसरी पाँच–पाँच गुणा चर्को मूल्यमा इन्धन किनेर जहाज उडाउनु परेपछि अरू कम्पनीसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ?'

वायुसेवा कम्पनीहरूका अनुसार एक उडान गर्दा जति आम्दानी हुन्छ, त्यसको एक तिहाइ हिस्सा हवाई इन्धनमा खर्च हुने गर्छ। 'हामीलाई त काठमाडौंबाट उड्दाखेरि नै भरिट्यांकी तेल चाहिन्छ, त्यो आयल निगमसँग किन्नैपर्छ,' शर्माले भने, 'अनि पानीजस्तो सस्तोमा तेल पाउने देशबाट आउने वायुसेवासँग हामीले प्रतिस्पर्धा गर्नुपरिरहेको छ। यसलाई विडम्बना नै मान्नुपर्छ। सरकारले यसमा ध्यान दिनु आवश्यक छ।'

खाडी मुलुक ओमानबाट नेपाल आइरहेको ओमान एयर र हङकङबाट आइरहेको ड्रागन एयरको नेपाल व्यवस्थापन हेरिरहेको अमरावती ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत जुगेश श्रेष्ठले अन्य देशका दाँजोमा हवाई इन्धन नेपालमा महँगो हुँदा त्यसको प्रत्यक्ष मार यात्रुमाथि परेको बताए।

'त्यसमाथि हवाई इन्धन महँगो हुनु भनेको अन्तिममा हवाई भाडा महँगो हुन नै हो,' उनले भने, 'इन्धन सस्तो भयो भने भाडा पनि सस्तो बनाउन सकिन्छ। फेरि नेपालमा हवाई इन्धन महँगो हुँदा त्यसको असर यहाँ घुम्न आउने पर्यटकमा समेत पर्छ।'

उनका अनुसार ओमान र ड्रागनले काठमाडौंबाट केही परसम्म पुग्ने इन्धन लिएर आउँछन्। यहाँबाट उडेपछि ओमानले भारतको लखनऊ र ड्रागनले बंगलादेशको ढाका र थाइल्यान्डको बंंैककमा 'प्राविधिक अवतरण' गरी पुनः इन्धन भर्दै आएका छन्। 'यसो गर्दा हामीलाई पनि फाइदै छ, सस्तोमा इन्धन पाइन्छ,' श्रेष्ठले भने।

यता आयल निगमले भने वायुसेवा कम्पनीहरू कसैले पनि आफूसँगै हवाई इन्धन खरिद गर्नुपर्ने बाध्यकारी नियम नरहेको बताएको छ। 'हामीसँगै हवाई इन्धन किन किन्नुपर्योन? जहाँ सस्तो छ र पायक पर्छ, उतै किने भइहाल्छ नि,' निगमका प्रवक्ता दीपक बरालले भने, 'नेपाल वायुसेवा निगमले पनि दिल्लीमा सस्तो छ भने उतै गएर टन्न भरेर ल्याए हुन्छ।'

उनका अनुसार निगमको हालको ऋण १२ अर्ब रुपैयाँ छ। अन्य पेट्रोलियम पदार्थको घाटा पूर्ति गर्न र ऋण घटाउँदै लान हवाई इन्धनको भाउ उच्च बनाइएको बरालले बताए। त्यसमाथि नाकाबन्दीका बेला निजी कम्पनी पेट्रोलिम्याक्स र नेपाल वायुसेवा निगमका जहाजबाट ल्याइएको हवाई इन्धन महँगो भएका कारण अहिले बढी भाउ देखिएको उनको दाबी छ। तर बरालले जे दाबी गरे पनि नाकाबन्दीभन्दा अघि हवाई इन्धनको भाउ अहिलेभन्दा १ सय ८० डलरमात्र सस्तो (१ हजार ३ सय ५० डलर प्रतिकिलोलिटर) थियो।

'पेट्रोलिम्याक्स र वायुसेवा निगमसँग लिएको इन्धन सकिनासाथ भाउ केही कम हुन्छ,' बरालले भने, 'तर, छिमेकी भारत र अन्य देशको जति सस्तो चाहिँ कहिल्यै पनि हुँदैन।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस