चितवन- भारतको अघोषित नाकाबन्दी सकिएर मुख्य नाका वीरगन्जसमेत पुरानै अवस्थामा फर्के पनि ठोरी नाकाबाट अवैध रुपमा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका सिलिन्डर ल्याउने क्रम जारी छ। नाकाबन्दीको बेला ठोरी नाकाबाट अवैध रुपमा ठूलो मात्रामा इन्धन आयात भएको थियो। पहिलेको तुलामा कम भए पनि रोकिएको छैन।चितवन सदरमुकाम भरतपुरबाट दक्षिणमा लगभग ८२ किलोमिटर टाढाको ठोरी पर्सा जिल्लामा पर्छ। भरतपुरबाट हुलाकी मार्ग हुँदै पुगिने ठोरीमा पहाडी समुदायको बसोबास भएका कारण मधेस आन्दोलनको प्रभाव थिएन। भारतसँग जोडिएको ठोरी वीरगन्जभन्दा पुरानो नाका भए पनि अरु बेला सुनसान रहन्थ्यो। नाकाबन्दीका बेला यो निकै चम्केको थियो।
संकट चर्केका बेला ठोरीबाट दिनमा सरदर डेढ लाख लिटर इन्धन अवैध रुपमा आउँथ्यो। त्यो इन्धन चितवनमात्रै नभएर पोखरा, काठमाडौं जस्ता मुख्य सहरसम्म पुगेको थियो। 'अचेल पारिबाट त आउँदैन, तर पहिल्यै ल्याएर राखेको पेट्रोल, डिजेल लैजान अहिले पनि फाट्टफुट्ट मान्छे आएको देखिन्छ,' इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी नायब निरीक्षक (सई) खेमबहादुर तमाङले भने।
ठोरीमा इन्धन लिन अझै पनि काठमाडौंबाट मोटरसाइकल र ठूला–साना गाडी आइरहन्छन्। इन्धन लिन आउनेहरु भारतबाट पनि ल्याउन पाएको बताउँछन्। इन्धन लिन जानेको संख्या र मूल्य भने स्वाट्टै घटेको छ।
कुनै बेला ठोरीमै पेट्रोललाई लिटरको दुई सय रुपैयाँसम्म तिर्नुपर्थ्यो। शनिबार सय रुपैयाँ लिटरमा डिजेल र एक सय २५ रुपैयाँ लिटरमा पेट्रोल पाइएको किनेर आएकाले जानकारी दिए। नाका सहज भई वीरगन्जबाट धमाधम इन्धन आए पनि पेट्रोल पम्पबाट अझै सहज रुपमा पाइँदैन। लाइनमा बस्न अल्छी मान्नेले ठोरीबाट आउने कालोबजारको तेल किनेर काम चलाउने गरेका छन्।
स्थानीय बजारमा उपभोक्ताले लिटरको एक सय ६० देखि एक सय ७५ रुपैयाँसम्म तिरेर अवैध पेट्रोल किन्छन्। यातायात व्यवसायी र कलकारखानाले पनि ठोरीकै इन्धन किनिरहेका छन। बजारमा इन्धन सर्वसुलभ नहुँदा कालोबजारियाले फाइदा उठाइरहेको उपभोक्ताको गुनासो छ।
'इन्धन आउन सुरु भएको भर्खर हो। धेरै ठाउँबाट दिन सुरु भए पनि पहिलेको झैं सहज हुन अलि सकेको छैन। चाँडै नै पम्पबाट सजिलै इन्धन पाइन्छ,' चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने। उनले ठोरीबाट इन्धन ल्याउनेलाई पक्रन सुरु गरेको र एक–दुई दिनभित्रै त्यहाँबाट तेल आउन ठप्प हुने बताए।
ठोरी जान दुई ठाउँमा गरेर चितवन निकुञ्जको लगभग ४० किलोमिटर जंगल क्षेत्र पार गर्नुपर्छ। सो बाटो भएर ठोरी, माडी, भरतपुर आवतजावत गर्ने गाडीले निकुञ्जलाई निश्चित राजस्व बुझाउनुपर्ने नियम छ। ठोरी नाकामा इन्धन लिन जाने गाडीको चाप बढ्दा निकुञ्जको राजस्वसमेत निकै बढेको थियो।
चितवन निकुञ्ज कार्यालयबाट प्राप्त जानकारी अनुसार भरतपुर, माडी, ठोरी हुलाकी सडक खण्डमा गुड्ने गाडीबाट सुविधा प्राप्त बाटो प्रयोग गरेरबापत शुल्क उठाइन्छ। सो शीर्षकमा गत आर्थिक वर्षमा २६ लाख रुपैयाँ शुल्क उठेको थियो। यो वर्ष साउनदेखि पुससम्ममै २० लाख रुपैयाँ उठेको छ।
निकुञ्जको समग्र आम्दानी गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षको ६ महिनामा ७० प्रतिशत घटेको छ। सुविधाप्राप्त बाटोको शुल्कमा वृद्धिले इन्धन लिन जानेको चाप प्रस्ट पार्छ। सो बाटोमा हिँड्दा मोटरसाइकलले १० र अरु गाडीले ५० रुपैयाँ शुल्क तिर्नुपर्छ। जाँदा आउँदा दुवैपटक शुल्क लाग्छ।