काठमाडौं–नेपाल आयल निगमले हवाई इन्धनको मूल्य समायोजन गरेको छ। मंगलबार बसेको निगम संचालक समितिको बैठकले आन्तरिकतर्फ १६४ दशमलव ८८ रुपैयाँ प्रति लिटरबाट घटाएर १०९ रुपैयाँ कामय गरेकाे छ। यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ १५३० डलर प्रतिकिलो लिटरबाट घटाएर ९८१ प्रति किलोटिर कायम गरेको निगमका प्रवक्ता मुलुन्द घिमिरेले जानकारी दिए।अन्तर्राष्ट्रिय वजारमा इन्धनको भाउ घटेपनि नेपालमा मूल्य समायोजन नभएको भन्दै निगमको चर्को आलोचना भइरहेको बेला निगमले मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल र डिजलमा भने तत्काल मूल्य समायोजन हुने संभावना नरहेको बताएको छ।
अर्को समाचार
हवाई इन्धनको भाउ घट्यो
अर्को समाचार
हवाई इन्धनको भाउ एक तिहाई घट्यो
काठमाडौं–मुलुकमा पेट्रोलियम पदार्थ बिक्रीवितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले पाँच गुणा महँगोमा हवाई इन्धन बेचिरहको सार्वजनिक भएको भोलिपल्टै एक तिहाईले मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले हवाई इन्धनको भाउ अन्तर्राष्ट्रिय उडानका जहाजलाई ३५.८८ प्रतिशत र आन्तरिकतर्फ ३३.८९ प्रतिशतले घटाउने निर्णय गरेको हो।निगमले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई प्रतिकिलोलिटर (एक हजार लिटर) मा पाँच सय ४९ डलर (५९ हजार आठ सय ४१ रुपैयाँ) घटाएको हो । सोमबारसम्म प्रतिकिलोलिटर एक हजार पाँच सय ३० अमेरिकी डलर (एक लाख ६६ हजार सात सय ७० रुपैयाँ) पर्ने इन्धन अब नौ सय ८१ डलर (एक लाख ६ हजार नौ सय २९ रुपैयाँ) मा खरिद गर्न पाइन्छ ।
निगमले भारतका नयाँदिल्ली, मुम्बई, बैंगलोर र कोलकाता, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र कतारको दोहामा भन्दा हवाई इन्धन पाँच गुणा महँगोमा बिक्री गर्दै आएको थियो । निगमले प्रतिलिटर १.५३ डलर (एक सय ६६ रुपैयाँ ७७ पैसा) मा बेचिरहेको इन्धन अब प्रतिलिटर एक सय ६ रुपैयाँ नौ पैसामा बेच्ने छ ।
भारतले नाकाबन्दी लगाउनुअघि निगमले एक किलोलिटरको एक हजार तीन सय ५० डलर (एक लाख ४७ हजार तीन सय ५० रुपैयाँ) मा बिक्री गथ्र्यो । यो भनेको प्रतिलिटर १.३५ डलर (एक सय ४७ रुपैयाँ १५ पैसा) हो ।
त्यसैगरी आन्तरिक वायुसेवा कम्पनीका जहाजलाई प्रतिलिटर एक सय ६४.८८ रुपैयाँबाट ५५.८८ घटाएर एक सय नौ रुपैयाँ बनाएको छ । नाकाबन्दीअघि भने प्रतिलिटर एक सय १८ रुपैयाँमा बेच्थ्यो तर नाकाबन्दीको बीचमा एकैचोटि ९७ प्रतिशतले बढाएर लिटरको दुई सय ३४ रुपैयाँ कायम गरेको थियो । त्यसको केही समयपछि लिटरमा ६९ रुपैयाँ घटाएको थियो ।
निगमले यसलाई मूल्य समायोजन भने पनि अन्तर्राष्ट्रिय बजारमा यहाँको दाँजोमा पाँच गुणासम्म सस्तो रहेको भन्दै उसको तीव्र आलोचना भएपछि बाध्य भएर मूल्य घटाएको हो । हवाई इन्धनको भाउ अति महँगो भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित यहाँ उडान गरिरहेका साढे दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र आन्तरिक वायुसेवा कम्पनीले घटाउन आग्रह गर्दै आएका थिए ।
आयल निगमले सोमबारसम्म हवाई इन्धन प्रतिकिलोलिटरको एक लाख ६६ हजार सात सय ७० रुपैयाँमा बिक्री गर्दै आएको थियो । यति नै परिमाणको इन्धन भारतमा भने ३४ हजार चार सय २२ रुपैयाँमै खरिद गर्न पाइन्छ । निगमले तोकेको मूल्य सम्पूर्ण करसहित हो भने भारतमा पनि सबै कर जोडेपछि उक्त मूल्य तोकिएको हो । त्यसमाथि आयल निगमले बिक्री वितरण गर्ने इन्धनको 'गुणस्तर' मा सधैं प्रश्न उठ्ने गरेको छ ।
'हामीसहित सबै अन्तर्राष्ट्रिय र आन्तरिक वायुसेवा कम्पनीलाई यो खुसीको कुरा हो, इन्धनको भाउ घट्नु भनेको अन्तिममा त्यसको फाइदा यात्रुलाई नै हुन्छ किनभने हवाई भाडा कम हुने गर्छ,' नेपाल वायुसेवाका कर्पोरेट डाइेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, 'आयल निगमले अझै पनि इन्धनको भाउ कम गर्न सक्छ र अन्य देशको सरह ल्याउन सके उसलाई नै फाइदा हुन्छ ।'
आयल निगमले सधैं घाटा पूर्ति गर्ने भन्दै हवाई इन्धनसहित पेट्रोल, डिजेल, मट्टितेल लगायतमा अधिकतम नाफा खाँदै आएको छ । अहिले हवाई इन्धनको भाउ घटाउ पनि पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको भाउ भने यथावत राखेको छ ।
पेट्रोलियम पदार्थ आयात तथा बिक्रीवितरण गर्न पाउने एकलौटी अधिकार दुरुपयोग गर्दै निगमले पाँच गुणासम्म महँगो भाउ बनाएपछि यहाँ आइरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले सकेसम्म आफ्नै देशबाट ट्यांकी भरेर ल्याउने र यहाँ आएपछि कम परिमाणमा मात्र भर्ने गरिरहेका थिए ।
काठमाडौंबाट एक घन्टा हवाई दुरीमा रहेको भारत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोलिटर हवाई इन्धनको भाउ तीन सय ६३.७ डलर (३९ हजार ६ सय ४३ रुपैयाँ) मात्र पर्छ । यो भनेको प्रतिलिटर ०.३ डलर (३९ रुपैयाँ ६४ पैसा) हो ।
भारतकै मुम्बईमा प्रतिकिलोलिटर तीन सय ६१.७ डलर (३९ हजार चार सय २५ रुपैयाँ तीन पैसा), बैंगलोरमा तीन सय १५.८ डलर (३४ हजार चार सय २२ रुपैयाँ) र कोलकातामा पाँच सय ५९.४ डलर (६० हजार नौ सय ७४ रुपैयाँ) मात्र पर्छ ।
नेपाल वायुसेवाको नाफायोग्य सेक्टर (हाई यिल्ड) गन्तव्य मलेसियाको क्वालालम्पुरमा त झन् सबैभन्दा सस्तोमा हवाई इन्धन किन्न पाइन्छ । त्यहाँ प्रतिकिलोलिटर तीन सय ४.३ डलर (३३ हजार एक सय ६८ रुपैयाँ) मात्र पर्छ ।
त्यसैगरी, निगम जाने थाइल्यान्डको बैंककमा प्रतिकिलोलिटर ३ सय १३.५ डलर (३४ हजार एक सय ७१ रुपैयाँ), हङकङमा ३ सय ३०.१ डलर (३५ हजार नौ सय ८० रुपैयाँ) र कतारको दोहामा तीन सय ४०८ डलर (३७ हजार एक सय ४७ रुपैयाँ) मात्र पर्छ ।
नेपाल वायुसेवासहित अन्य विदेशी वायुसेवा कम्पनीले नेपालमा हवाई इन्धन महँगो भयो भन्दै घटाउन आग्रह गर्दा आयल निगमका निर्देशक दीपक बरालले 'हामीसँगै हवाई इन्धन किन किन्नुप¥यो ? जहाँ सस्तो छ र पायक पर्छ, उतै किने भइहाल्छ नि !' भन्ने गैरजिम्मेवार जवाफ दिएका थिए ।

ट्रेन्डिङ