काठमाडौं– सरकारले विद्यमान लोडसेडिङ हटाउँदै ऊर्जा क्षेत्रको विकास गर्न ऊर्जा संकट निवारणकाल तथा विद्युत विकास दशक घोषणा गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले ऊर्जा मन्त्रालयले तयार पारी प्रस्ताव गरेको संकट निवारणकाल अवधारणापत्र स्वीकृत गरेको हो।
सरकारले २०६२/६३ पछि ऊर्जा संकट निवारणकाल घोषणा गरेको यो चौथो पटक हो। यसअघि २०६५ मा विद्युत संकट निरुपण कार्ययोना घोषणा भएको थियो भने २०६८ र २०६९ सालमा विद्युत संकट न्यूनीकरण कार्ययोजना ल्याइएको थियो। सरकारले एक वर्षभित्र सर्वसाधारणले अनुभूति गर्न सक्ने गरी लोडसेडिङ घटाउने र अर्को दुई वर्षभित्र भारतबाट विद्युत आयात गरेर पूर्णरुपमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेको छ।
मन्त्रिपरिषद्ले तीन वर्षमा पूर्णरुपमा लोडसेडिङ अन्त्य गर्ने गरी कार्ययोजना ल्याउन पनि ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ। लोडसेडिङ कम गर्न सरकारले आगामी एक वर्षभित्र नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयात गरी विद्युत्को माग र आपूर्ति व्यवस्थापन गर्ने जनाएको छ। अर्को वर्षको हिउँदसम्म भारतबाट मात्र ६ सय मेगावाट विद्युत आयात गर्ने लक्ष्य सरकारको छ। सरकारले ३ वर्षसम्म स्वदेशी उत्पादनबाटै ऊर्जा संकट निवारण गर्ने लक्ष्य राखेको छ।
प्राधिकरणका अनुसार आगामी तीन वर्षभित्र विद्युतको माग १ हजार ८ सय ३७ पुग्ने र आपूर्ति करिब २ हजार २ सय मेगावाट पुग्ने हुँदा सजिलै लोडसेडिङ हट्ने ऊर्जा मन्त्रालयको दाबी छ। तीन वर्षमा पूर्णरुपमा लोडसेडिङ हटाएर बाँकी ७ वर्षमा विद्युत क्षेत्रको समग्र विकास गर्ने लक्ष्य राखिएको छ।
आगामी १० वर्षमा विद्युतको माग करिब १० हजार मेगावाट पुग्ने र यही लक्ष्य पूरा गर्न १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य उक्त कार्ययोजनाको छ। उक्त अवधिमा जलविद्युत उत्पादन गर्न निजी क्षेत्रलाई विशेष सुविधाको घोषणासमेत गरिएको छ।