काठमाडौं- इन्धन कालोबजारीमा सघाएको भन्दै विवादमा तानिएको नेपाल आयल निगमले अवैध पम्पलाई तेल दिइरहेको खुलेको छ। अघोषित नाकाबन्दीपछि पाँच महिनायता बिनादर्ता सञ्चालनमा रहेको कीर्तिपुरस्थित आरती सप्लायर्सलाई निगमले तेल उपलब्ध गराउँदै आएको खुलासा भएको हो।महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पम्प सञ्चालक दिनेश महर्जनलाई पक्राउ गरेपछि इन्धन कालोबजारीमा निगम पदाधिकारीको मिलेमतो छर्लंग भएको छ।
महर्जनमाथि अवैध प्रक्रियामार्फत भिœयाएको तेल घरमा भण्डारण गरी नोजल नै राखेर महँगो मूल्यमा बेचेको अभियोग छ। प्रहरीले उनको घरबाट कालोबजारी गर्न राखिएको १५ सय लिटर पेट्रोलसमेत बरामद गरेको छ।
नाकाबन्दीसँगै अभाव चुलिएको मौका छोपी महँगो मूल्यमा इन्धन बेच्ने नियतले खोलिएको उक्त सप्लायर्सलाई सञ्चालकसँगको मिलेमतोमा निगम पदाधिकारीबाटै तेल उपलब्ध गराइँदै आएको महाशाखास्रोतले जनाएको छ।
महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार सुरुमा चितवन, ठोरीबाट तस्करीको पेट्रोल ल्याएर प्रतिलिटर ५ सय रुपैयाँसम्ममा बिक्री गरेका महर्जनले निगमको थानकोट डिपोबाटसमेत तेल लिएको बयान दिएका छन्।
'प्रारम्भिक अनुसन्धानमा आयल निगमबाट समेत तेल ल्याउने गरेको देखिएको छ, उनले कुन आधारमा तेल पाए, अनुसन्धान सुरु गरेका छौं,' उनले भने।
आरती सप्लायर्सले महँगो मूल्यमा इन्धन बेचेको गोप्य सूचना पाएपछि महाशाखाले छापा मारेको थियो। महाशाखाको टोली बुधबार सप्लायर्स पुग्दा नोजलबाटै धमाधम इन्धन बिक्री भइरहेको थियो।
नोजलबाटै इन्धन बेचेकाले उक्त पम्प अनुमतिप्राप्त रहेको आँकलन गरेको प्रहरी सञ्चालकको बयानपछि भने अचम्ममा पर्योा। सञ्चालक महर्जनले बयानमा आफूखुसी नोजल किनेर पाँच महिनादेखि पम्प सञ्चालन गरेको बताए।
महाशाखाका प्रवक्ता एसपी सहकुल थापाका अनुसार महर्जनले घरमा पानी राख्न बनाइएको १६ हजार लिटर क्षमताको भूमिगत ट्यांकीमा इन्धन भण्डारण गरेका थिए। 'त्यही ट्यांकीमार्फत आफैं नोजल राखेर उनले अनुमतिप्राप्त अन्य पम्पले झैं सहजै इन्धन बिक्री गर्दै आएका रहेछन्,' उनले भने।
एसपी थापाका अनुसार महर्जनले प्रारम्भमा प्रतिलिटर ५ सयसम्म लिएर पेट्रोल बिक्री गरेका थिए। वीरगन्जलगायत सबै नाका खुले पनि उनको पम्पबाट प्रतिलिटर १ सय ४० रुपैयाँमा पेट्रोल बिक्री भइरहेको थियो। प्रारम्भिक अनुसन्धानमा बिनाअनुमति पम्प सञ्चालन गरेको खुलेकाले महर्जनमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।